मुख्य समाचार

२० राजनीतिक सङ्गठनद्वारा नेकपामाथि लगाएको प्रतिबन्ध अविलम्ब हटाउन माग

काठमाडौं । २० राजनीतिक सङ्गठनहरुले नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले लगाएको प्रतिबन्धको विरोध गर्दै उक्त प्रतिबन्ध अविलम्ब हटाउन जोडदार माग गरेको छ । हालै बसेको २० राजनीतिक सङ्गठनहरुको संयुक्त बैठकले बिभिन्न समसामयिक बिषयमा निर्णय गर्दै सो माग गरेको हो । उक्त संयुक्त बैठकको निर्णय सार्बजनिक गर्दै २० राजनीतिक सङ्गठनहरुको तर्फबाट सी.पी. गजुरेलले जारी गरेको बिज्ञप्ति यस […]

२०७७ आश्विन २५ गते, आईतवार

सत्ताधारी नेकपामा भागबण्डाको किचलो :सरकार असफल र पार्टी कोमामा

काठमाडौँ । सत्ताधारी नेकपामा भागबण्डाको किचलो दिन प्रतिदिन बढ्दै गएपछि सरकार असफल र पार्टी लगभग कोमामा पुगेको छ । सत्ताधारी पार्टी र सरकारबीचको किचलोका कारण देशभर कोरोना संक्रमितको संख्या एक लाख नाघेर संघीय राजधानीकै अस्पतालहरूमा आइसोलेसन र आइसियु बेड अभाव हुन थालिसक्दा पनि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समिति र मन्त्रिपरिषद्को ध्यान संक्रमण रोकथाममा […]

२०७७ आश्विन २५ गते, आईतवार

‘ओली, देउवा र प्रचण्डले नौं अर्ब भ्रष्टाचार गरे’

काठमाडौँ । पूर्वप्रधानमन्त्री एबम् जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले हालका प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी जलविद्युत आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएका छन् । पालुङ्टार नगरपालिका–६ पौवाटारमा आयोजित राजनीतिक कार्यक्रममा बोल्दै उनले तीन प्रधानमन्त्रीले अर्बौंको भ्रष्टाचार गरेको प्रमाण पेस गर्न आपूm तयार रहेको समेत बताएका छन् […]

२०७७ आश्विन २४ गते, शनिबार

नेकपाका नेता वीरजङ्गलाई बेपत्ता बनाइयो !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ लाई प्रहरीले बेपत्ता बनाएको छ । कोरोनालगायत गम्भीर स्वास्थ्य समस्या झेलिरहेका नेता वीरजङ्गलाई उपचार नगराई आठौँपटक गिरफ्तार गरेर बेपत्ता पारिएको हो । नेता वीरजङ्गलाई जिल्ला अदालत काठमाडौँले मङ्गलबार रिहा गर्न आदेश दिएको थियो तर रिहा हुनासाथ अदालतको आदेश लत्याउँदै प्रहरीले बेपत्ता बनाएको जानकारी पारिवारिक स्रोतले दिएको […]

२०७७ आश्विन २१ गते, बुधबार

नेकपाका नेता वीरजङ्ग पुन : गिरफ्तार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ लाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । जिल्ला अदालत ललितपुरको आदेशमा सोमबार रिहा हुनेबित्तिकै उनलाई प्रहरीले सातौँपटक गिरफ्तार गरेको हो ।रिहा हुनेबित्तिकै नेता वीरजङ्गलाई गिरफ्तार गरेर पुनः काठमाडौँको कमलपोखरी प्रहरीमा राखिएको छ । कोरोना भाइरस सङ्क्रमणलगायत विभिन्न रोगले पीडित नेता वीरजङ्गको स्वास्थ्य अवस्था निकै नाजुक रहेको […]

२०७७ आश्विन २० गते, मंगलवार

सत्ताधारी नेकपाभित्र पदको लुछाचुँडी

काठमाडौँ । सत्ताधारी नेकपाको साम्य भएको भनिएको करिब छ महिना लामो आन्तरिक विवाद पदको लुछाचुँडीका कारण एक महिना पनि नपुग्दै पुनः बल्झिएको छ । सरकारले बिहीबार मुख्यसचिव र दुई देशको राजदूत नियुक्तिको लागि सिफारिस गरेपछि पार्टीभित्र पुनः विवाद चुलिएको हो । गत भदौ २९ पार्टीको आन्तरिक एकताको लागि स्थायी कमिटी बैठकले जारी गरेको १५ बुँदे […]

२०७७ आश्विन १८ गते, आईतवार

ट्रेड युनियन महासङ्घको उपत्यका भेला सम्पन्न

काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घअन्तर्गत उपत्यका विशेष क्षेत्रीय समन्वय समितिको प्रथम भेला काठमाडौँमा सम्पन्न भएको छ । भेलाले शिशिर थापामगरको संयोजकत्वमा ३ सदस्यीय महासङ्घको संयोजक तथा १२ सदस्यीय पेसागत क्षेत्रीय संयोजक चयन गरेको छ । त्यसमा काठमाडौँ, ललितपुर भक्तपुर र जिल्ला महासङ्घका संयोजक र तथा अध्यक्षमा नारायण तोलाङ्गी, राजकुमार मगर सुमन बस्नेतलाई […]

२०७७ आश्विन १७ गते, शनिबार

एमसीसी सम्झौता खारेज गर्न माग

काठमाडौँ । संयुक्त ट्रेड युनियन सङ्घर्ष समितिले राष्ट्रघाती एमसीसी सम्झौता संशोधन गरेर पारित गर्ने षड्यन्त्र भइरहेको भन्दै त्यसलाई खारेज नै गर्नुपर्ने निष्कर्ष निकालेको छ । सङ्घर्ष समितिद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा सरकार कोभिड १९ को कारण देखाई निरपेक्ष लकडाउनमा सक्रिय भएको र लकडाउनले मजदुर वर्गको जीवनमा आइपरेको सङ्कटलाई सम्बोधन गर्न असफल भएको पनि जनाइएको छ […]

२०७७ आश्विन १४ गते, बुधबार

अदालतको आदेशको अबज्ञा : नेकपाका नेता पुन: गिरफ्तार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेताहरूलाई अदालतले रिहा गर्ने र प्रहरीले गिरफ्तार गर्ने क्रम रोकिएको छैन । यसै क्रममा नेपाल कम्युनिस्ट पार्टीका नेता अनिल शर्मा ‘विरही’ लाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । मङ्गलबार जिल्ला अदालत सुनसरीले रिहा गरेलगत्तै विरहीलाई प्रहरीले पुनः गिरफ्तार गरी सुनसरीबाट भोजपुर लगेको जनाइएको छ ।यस्तै नेकपाका अर्का केन्द्रीय सदस्य चन्द्रबहादुर […]

२०७७ आश्विन १३ गते, मंगलवार

सत्ताधारी नेकपाभित्र भागवण्डाको किचलो

काठमाडौँ । सत्ताधारी नेकपाभित्र लामो विवादपछि सुल्झिएको भनिएका विषयमा पुनः उल्झन थालेका छन् । पार्टीभित्रको लामो अन्तरविरोध र विवाद अन्त्य गर्दै केही समय अघि स्थायी कमिटी बैठक टुङ्गिएको थियो । स्थायी कमिटीको बैठकको म्यान्डेटअनुसार ‘सरकार पार्टीको नीतिगत मार्गदर्शनमा सञ्चालन हुने स्थापित मान्यतालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने’ छ । यही बुँदाको बलमा सत्ताधारी नेकपाका नेताहरु अहिले प्रधानमन्त्री […]

२०७७ आश्विन ११ गते, आईतवार