मुख्य समाचार

विप्लवको ‘सपनाका यात्रीहरु’ सार्बजनिक

काठमाडौँ , २५ जेठ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले लेखेको सपनाका यात्रीहरु नामक गित यूटुबमार्फत् सार्बजनिक भएको छ । सपनाका यात्रीहरु सपना जोगाउनु पर्छ बोलको उक्त गीतको संगीतकार नेकपाका नेता चिरन पुन रहेको छन् भने उक्त गीतको गायककार योगेश काजी रहेका छन । प्रस्तुत छ – सपनाका यात्रीहरु सपना जोगाउनु पर्छ…

२०७७ जेष्ठ २५ गते, आईतवार

सर्वोच्चद्वारा अखिल क्रान्तिकारीका अध्यक्ष तथा अधिवक्ता ढकाललाई जेठ २५ गते उपस्थित गराउन आदेश

काठमाडौँ , २३ जेठ । सर्वोच्च अदालतले अखिल क्रान्तिकारीका अध्यक्षसमेत रहेका अधिवक्ता चिरञ्जीवी ढकाललाई यही जेठ २५ गते सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले शुक्रबार यस्तो आदेश दिएको हो । अधिवक्ता कान्तिराम ढुङ्गानाले महानगरीय प्रहरी परिसर टेकुलाईसमेत विपक्षी बनाई सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए । […]

२०७७ जेष्ठ २४ गते, शनिबार

एमसीसीविरुद्ध पर्चा वितरण र मशाल जुलुस

काठमाडौँ , २३ जेठ । नेपाल कम्युनिस्ट पार्टीले एमसीसी सम्झौताविरुद्ध बिहिबार देशभर पर्चा वितरण र मशाल जुलुस गरेको छ । यसैक्रममा सो पार्टीको केन्द्रीय संघर्षका कार्यक्रमअन्तर्गत काठमाडौँका विभिन्न ठाउँमा एमसीसीका विरुद्ध पर्चा छर्नुका साथै मशाल जुलुस निकालिएको थियो । जेठ १९ र २० गते देशैभरि सम्झौता जलाउने, २१ गते प्रधानमन्त्री केपी वली र काङ्ग्रेस सभापति […]

२०७७ जेष्ठ २३ गते, शुक्रबार

जनअधिकार अभियान नेपालद्वारा अधिवक्ता चिरञ्जीवी ढकाललाई तत्काल रिहा गर्न माग

काठमाडौँ, २२ जेठ । जनअधिकार अभियान नेपालले अधिवक्ता चिरञ्जीवी ढकाललाई प्रहरीले बुधबार काठमाण्डौको माइतीघरमण्डलाबाट गिरफ्तार गरेकोमा आपत्ति जनाएको छ । अभियानका अध्यक्ष वरिष्ठ अधिवक्ता एकराज भण्डारीले वक्तव्य जारी गर्दै कानुन ब्याबसायको शिलसिलामा आबश्यक कागजातको नक्कल लिनको लागि भक्तपुर जिल्ला अदालत तर्फ जादै गर्दा कालो कोट , कानुन ब्याबसायिको लोगो मुद्दा संगै सम्बधित कागजात , कानुनका […]

२०७७ जेष्ठ २२ गते, बिहीबार

अध्यक्ष ढकालको गैरन्यायिक गिरफ्तारीबिरुद्ध अखिल क्रान्तिकारीद्वारा चरणबद्ध संघर्षका कार्यक्रमको घोषणा

काठमाडौँ, २२ जेठ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाललाई सरकारले बुधबार बिनाकारण गिरफ्तार गरेको भन्दै चरणबद्ध संघर्षका कार्यक्रमको घोषणा गरेको छ । उक्त विधार्थी संगठनका केन्द्रिय उपाध्यक्ष रुद्र भट्टले विज्ञप्ति जारी गर्दै ओली नेतृत्वको सामाजिक फासिवादी दलाल सरकारको आगमन पश्चात देशभक्त क्रान्तिकारी शक्तिहरुलाई प्रतिबन्धित गर्ने, छानीछानी गिरफ्तार गर्ने यातना दिने र जबर्जस्त […]

२०७७ जेष्ठ २२ गते, बिहीबार

अखिल क्रान्तिकारीका अध्यक्ष तथा अधिवक्ता चिरञ्जीवी ढकाल गिरफतार : दश बिद्यार्थी संगठनद्वारा तत्काल रिहा गर्न माग

काठमाडौँ , २१ जेठ । अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष तथा अधिवक्ता चिरञ्जीवी ढकाललाई प्रहरीले बुधबार काठमाण्डौको माइतीघरमण्डलाबाट गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनका केन्द्रीय अध्यक्ष तथा अधिवक्ता ढकाललाई जातिय भेदभाव गरी हत्या गरिएका रुकुमका नवराज बिक लगायतका छ जनाको हत्या बिरुद्ध संयुक्त बिद्यार्थी संगठनहरुले आयोजना गरेको बिरोध प्रदर्शन कार्यक्रमबाट गिरफ्तार गरिएको हो […]

२०७७ जेष्ठ २२ गते, बिहीबार

एमसीसीबिरुद्ध संघर्ष : देशभर वली र देउवाको पुतला दहन

काठमाडौँ , २२ जेठ । नेपाल कम्युनिस्ट पार्टीले देश्ब्यापीरुपमा प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति एबम् पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएको छ । राष्ट्रिय हितविपरीत विवादित एमसीसी परियोजना पास गराएर नेपाललाई पराधीन बनाउन लागेको भन्दै संघर्षरत सो पार्टीले केन्द्रीय संघर्षका कार्यक्रमअन्तर्गत ओली र देउवाको पुत्ला जलाएको हो । नेकपाले एमसीसीको विरोधमा लगातार आन्दोलन गरिरहेको […]

२०७७ जेष्ठ २२ गते, बिहीबार

नेकपाले देशब्यापिरुपमा एमसीसी सम्झौता जलायो

काठमाडौँ , २१ जेठ । नेपाल कम्युनिस्ट पार्टीले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सम्झौतापत्र जलाएको छ । सो पार्टीको केन्द्रीय कार्यक्रमअन्तर्गत काठमाडौँ जिल्ला समितिले विभिन्न ठाउँमा एमसीसीको सम्झौतापत्र जलाएको छ । जेठ १९ र २० गते देशैभरि सम्झौता जलाउने कार्यसूचीअनुसार मङ्गलबार काठमाडौँका गोकर्णेश्वर, नागार्जुन, चन्द्रागिरि, कीर्तिपुर, दक्षिणकाली, तारकेश्वर, टोखा, बूढानीलकण्ठ नगरपालिकाका साथै काठमाडौँ महानगरपालिकाका कोटेश्वर, […]

२०७७ जेष्ठ २१ गते, बुधबार

नेकपाद्वारा एमसीसीविरुद्ध सङ्घर्षको शंखघोष

काठमाडौँ , १८ जेठ । नेपाल कम्युनिस्ट पार्टीले एमसीसीविरुद्ध अविलम्ब सशक्त प्रतिरोधमा उत्रन आम देशभक्त आमनागरिक, बुद्धिजीवी र राष्ट्रिय पार्टीहरूलाई अनुरोध गरेको छ । सो पार्टीका महासचिव विप्लवले एमसीसीजस्तो राष्ट्रघाती आपराधिक कार्यमा सहीछाप नलगाउन सरकारी पार्टीलाई आग्रह गर्दै जारी गरिएको बिज्ञप्तिमा एमसीसीविरुद्ध विभिन्न प्रचारात्मक सङ्घर्षका कार्यक्रम घोषणा गर्दै आमहडतालसम्म गर्ने जनाएका छन् । विप्लवले जनमतविपरीत […]

२०७७ जेष्ठ १८ गते, आईतवार

‘रुकुम हत्याकाण्ड मानवसभ्यतामाथि कालो धब्बा’

काठमाडौँ, १६ जेठ । जनअधिकार अभियान नेपालले रुकुममा दलित युवाहरुमाथि भएको हत्याकाण्ड मानवसभ्यतामाथिकै कालो धब्बा रहेको जनाएको छ । अभियानका अध्यक्ष वरिष्ठ अधिवक्ता एकराज भण्डारीले वक्तव्य जारी गर्दै हालसम्मका तथ्यहरूलाई हेर्दा उक्त हत्याकाण्ड जातीय भेदभाव तथा छुवाछूतका आधारमा सुनियोजित ढङ्गबाट भएको देखिएकाले जातीय भेदभाव तथा छुवाछूतजस्तो सामाजिक विकृति, विसङ्गति र अमानवीय सोचाइबाट ग्रसित भई घटाइएको […]

२०७७ जेष्ठ १६ गते, शुक्रबार