मुख्य समाचार

क्याम्पस प्रमुखलाई कालोमोसो !

काठमाडौं , २ पुस । जनकपुरस्थित रामसागर रामस्वरुप बहुमुखी क्याम्पसका प्रमुख विजयलाल दासलाई आईतवार दिउँसो विद्यार्थीहरुले मोसो दलेका छन् । क्याम्पसमा नियमित पठन पाठनको वातावरण बनाउन नसकेको भन्दै विद्यार्थीहरुले प्रमुख दासलाई मोसो दलेको हो । कार्यकक्षमै बसेका बेला प्रमुख दासलाई विद्यार्थीहरुले मोसो दल्नुका साथै करिब एक घण्टा थुनेका थिए । क्याम्पसको पठन पाठन सुधार गर्न […]

२०७५ पुष २ गते, सोमबार

‘वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गरेरै छाड्छौ ‘

काठमाडौं , २ पुस । नेपाल कम्युनिस्ट पार्टीका पूर्वी कमान्ड इन्चार्ज तथा पार्टी पोलिटब्युरो सदस्य अनिल विरहीले दलाल संसदीय व्यवस्था फालेर वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । पूर्वको थबाङ भनेर परिचित ताप्लेजुङ जिल्लाको उत्तर–पूर्वमा रहेको ऐतिहासिक हिमाली गाउँ ‘हेल्लोक’ मा ‘हेल्लोक समाजघर’ शिलान्यास गर्दै यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन् । […]

२०७५ पुष २ गते, सोमबार

बझाङमा विशाल जनसभा हुदै

काठमाडौं , १ पुस ।बझाङमा नेपाल कम्युनिस्ट पार्टीले विशाल जनसभा चैनपुरको खुलामञ्चमा गर्ने भएकाे छ । पुस ३ गते विप्लव नेतृत्वको नेकपा विशाल जनसभा जनघात, राष्ट्रघात र भ्रष्टाचार विरुद्ध प्रदर्शन गर्ने भएको जानकारी जिल्ला सचिवालय सदस्य जोग कठायतले दिएका छन् । यस जनसभामा प्रमुख अतिथि पार्टीका पोलिट ब्युारो सदस्य ओमप्रकाश पुन, विशिस्ट अतिथि सेती ब्युरो […]

२०७५ पुष १ गते, आईतवार

शान्तिपूर्ण कार्यक्रममा प्रहरी हस्तक्षेप

काठामाडौँ, २९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी रोल्पाको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । पार्टीको संगठन सुदृढ तथा विस्तार अभियान अन्तर्गत शनिबार माडीचौरमा हुँदै गरेको साँस्कृतिक कार्यक्रममा ३५ जनाभन्दा धेरैमा पुगेको प्रहरीले माथिको आदेश भन्दै हस्तक्षेप गरेको हो । प्रहरीलाई छक्याएर नाराबाजि गर्दै गरेका जिल्ला पार्टीका नेता तथा कार्यकर्तालाई रोक्न खोज्दा हातहालाहाल सम्मको अवस्था […]

२०७५ पुष १ गते, आईतवार

अखिल क्रान्तिकारीद्वारा अवैधानिक नियुक्ति खारेज गर्न माग

काठामाडौँ, २९ मंसिर । अखिल (क्रान्तिकारी) सुदूरपश्चिमाञ्चल विश्वविद्यालय समितिले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्यमपसले शुक्रबार पुरानो करारको वैधानिक रुपमा अगाडि बढेको र मौखिक मात्रै बाकी रहेका कर्मचारीहरुको नियुक्ति पनि अवैधानिक रुपमा मौखिक नगरी नियुक्ति बाडेको र अन्य विभागमा पनि करारमा अवैधानिक नियुक्तिहरु घरमै गई वितरण गरेकोमा आपत्ति जनाएको छ । अखिल (क्रान्तिकारी) सुदूरपश्चिमाञ्चल विश्वविद्यालय समितिका इन्चार्ज […]

२०७५ मंसिर २९ गते, शनिबार

घाइतेहरूको उपचारमा गम्भीर हुन आग्रह

काठामाडौँ, २९ मंसिर । नेपाल कम्युनिस्ट पार्टी, नुवाकोट जिल्ला समितिले नुवाकोट जिल्ला, दुप्चेश्वर गाउँपालिका, वडा नं १, घ्याङफेदीमा शुक्रबार भएको बा ३ ख, ३९१३ नम्बर रहेको मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गरेको छ । सो घटनामा परी पार्टीका इकाइ समितिका सदस्य रिवल तामाङ, मंगले तामाङ, कृष्ण तामाङ, छोङ सोनाम तामाङलगायत २० जनाको मृत्यु […]

२०७५ मंसिर २९ गते, शनिबार

सम्पादक चन्द रिहा

काठामाडौँ, २८ मंसिर । समाचारको विषयलाई लिएर पक्राउ परेका पोष्टपाटी डट.कमका सम्पादक गोपाल चन्द रिहा भएका छन । काठमाण्डौं जिल्ला अदालतका न्यायाधिस बाबुकाजी बानियाको इजलासले सम्पादक चन्दलाई रिहा गर्न आदेश दिएको थियो । सम्पादक चन्दलाई गलत समाचार लेखेको भन्दै मंसिर ११ गते पक्राउ गरि विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्धा चलाएको थियो । पत्रकार चन्दको तर्फबाट […]

२०७५ मंसिर २८ गते, शुक्रबार

चिनियाँ राष्ट्रपति जिनपिङको नेपाल भ्रमणबारे चर्चा सुरु

काठामाडौँ, २८ मंसिर । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणबारे चर्चा सुरु भएको छ । नेपाल–चीन दुइपक्षीय परामर्श संयन्त्रको १२ औं बैठकमा सीको नेपाल भ्रमणबारे चर्चा भएको परराष्ट्रमन्त्रालयले जानकारी दिएको छ । उच्चस्तरीय भ्रमणबारे स्पष्ट नभए पनि पहल जारी रहेको बताइएको छ । नेपालको आग्रहमा चिनियाँ पक्ष समेत सकारात्मक देखिएको छ । जियाङ जेमिनले सन् […]

२०७५ मंसिर २८ गते, शुक्रबार

गिरफ्तार नेता तत्काल रिहा नगरे देशव्यापी सङ्घर्ष गर्ने चेतावनी

काठामाडौँ, २७ मंसिर । अखिल नेपाल भूमिहीन सुकुमबासी सङ्घका केन्द्रीय सदस्य तथा मेची ब्युरो संयोजक चमनलाल माझी प्रहरीले बिहीबार झापाको झापागउँपालिकाबाट गिरफ्तार गरेको छ । सङ्गठनको काममा क्रियाशीलरहेका सङ्गठनका नेतालाई बिनाकारण गिरफ्तार गरिएको भन्दै सङ्घका अध्यक्षसमेत रहेको नेकपाका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले तत्काल रिहा नगरिएकोमा देशव्यापी सङ्घर्ष गर्ने चेतावनीपूर्ण दिएका छन् । अध्यक्ष पुनले आफ्नो […]

२०७५ मंसिर २७ गते, बिहीबार

कर्मचारी अध्यादेश नसच्याइए आन्दोलन !

काठमाडौं, २७ मंसिर । राष्ट्रिय निजामती कर्मचारी संगठनले कर्मचारी समायोजन अध्यादेश नसच्याइए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । नेकपानिकट सो संगठनले बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । राष्ट्रिय कर्मचारी महासंघ नेपालका अध्यक्ष गोपाल सिंह धामीले हालै सरकारले ल्याएको कर्मचारी समायोज अध्यादेशले कर्मचारीलाई निरुत्साहित पार्ने काम गरेको ठोकुवा गरे । […]

२०७५ मंसिर २७ गते, बिहीबार