मुख्य समाचार

थबाङमा जनपरिषद

काठमाडौं, १८ चैत । नेपाल कम्युनिस्ट पार्टीले रोल्पाको थबाङमा जनसत्ता गठन गरेको छ । समानान्तर सरकार घोषणा गर्न नदिने राज्यको नीतिअनुसार प्रहरी परिचालन गरिए पनि नेकपाले थबाङमा जनसत्ता घोषणा गरिएको रोल्पा जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी चुडामणी गौतमले जानकारी दिएका छन् । स्थानीय प्रशासनले थबाङमा एकाबिहानै ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो । तत्कालिन माओवादी […]

२०७४ चैत्र १९ गते, सोमबार

मुख्यमन्त्री राईको घरमा जनअदालतको पुर्जी

काठमाडौं, १७ चैत । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय जनअदालत रोल्पाले एक नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईको नाममा उनको भोजपुर जिल्ला थिदिंखा गा.वि.स. हाल आमचोक गाउँपालिका वडा नं. ३,पसल भञ्ज्याङमा रहेको निवास र नविास नजिकै रहेको शिक्षा ज्योती माध्यमिक विद्यालय पसल भन्ज्याङ र साविक गा.वि.स.को कार्यालय तथा हालको वार्ड कार्यालयमासमेत पुर्जी टाँस गरेको छ । केन्द्रीय […]

२०७४ चैत्र १७ गते, शनिबार

नेकपामाथि धरपकड

काठमाडौं, १७ चैत । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका नेता-कार्यकर्तामाथि धरपकड तथा गिरफ्तारलाई तीब्रता दिएको छ । झापासहित पूर्वका अधिकांश जिल्लाहरुमा नेकपाका नेता-कार्यकर्ताहरुको घरमा छापा मार्ने र गिरफ्तारलाई प्रहरीले जारी राखेको छ । नेकपाका झापा जिल्ला सदस्य दिपक कुरुम्बाङ्ग र दलितमुक्ति मोर्चाका केन्द्रीय सदस्य दिपक लकाङद्री ‘दर्शन’लाई प्रहरीले गिरफ्तार गरेको छ । इलामबाट विशाल राई, विमल […]

२०७४ चैत्र १७ गते, शनिबार

अस्थायी शिक्षकको परीक्षा स्थगित

काठमाडौं, १६ चैत । शिक्षक सेवा आयोगले यही चैत २३ गते लिन लागेको अस्थायी शिक्षकको परीक्षा स्थगित गरेको छ । आज एक सूचना सार्वजनिक गर्दै आयोगले तत्काललाई परीक्षा स्थगित गरिएको जनाएको हो । अस्थायी शिक्षकलाई स्थायी बनाउने परीक्षा स्थगनको माग राख्दै प्रमुख तीन विद्यार्थी संगठनले चक्काजाम, प्रदर्शनदेखि अनिश्चितकालीन शैक्षिक हडतालसम्मको कार्यक्रम ल्याएपछि आयोगले परीक्षा स्थगित […]

२०७४ चैत्र १६ गते, शुक्रबार

प्रकाण्डको घरमा पूर्जी टाँस्न पुगेका टोलीलाई स्थानीयले लखेटे

काठमाडौं, १५ चैत । नेपाल कम्यूनिस्ट पार्टीका प्रवक्ता ‘प्रकाण्डको घरमा वारेन्ट पूर्जी टाँस्न पुगेको सरकारी टोलीलाई स्थानीयले लखेटेका छन् । कालिकोट जिल्लाको माल्कोट–४ स्थित प्रवक्ता प्रकाण्डको घरमा बिहीबार दिउँसो २ बजेतिर भोजपुर जिल्ला अदालतको आदेशपत्र बोकेर ईलाका प्रहरी कार्यालय कुमाल गाउँबाट सरकारी कर्मचारीसहित प्रहरीको एक टोली पुगेको थियो । टोलीले घरमा पुगेर प्रकाण्डविरुद्ध पक्राउ पूर्जी […]

२०७४ चैत्र १५ गते, बिहीबार

नेकपाद्वारा खुलालु माल्कोट सडक निर्माण तिब्र

काठमाडौं, १६ चैत । नेपाल कम्युनिष्ट पार्टीले आफ्नै लगानीमा सुरू गरेकाे कालिकोटको खुलालु मालकोट सडकखण्ड निर्माण कार्यलाई तिब्रता दिएको छ । नेकपाको केन्द्रिय योजना अनुसार अाजबाट बिधिवत रूपमा जिल्लाको खुलालु देखि लैफू सम्मको सडक खण्डमध्ये माल्कोट सम्मको सडक निर्माण गरिएकाे जनाईएको छ । उक्त सडकको गत फागुन १ गते जनयुद्ध दिवशको अवसर पारेर उद्घाटन गरिएको […]

२०७४ चैत्र १६ गते, शुक्रबार

‘भ्रामक समाचारको बिश्वास नगर ‘

काठमाडौं, १५ चैत । नेपाल कम्युनिष्ट पार्टीले निर्माण ब्याबशायीसंग आफ्नो पार्टीलाई जोडेर केहि अनलाइनले भ्रामक प्रचार गरेको भन्दै आपत्ति जनाएको छ । निर्माण ब्याबशायीको बिषयलाई जोडेर पार्टी प्रवक्ता प्रकाण्डको हवाला दिदै केहि अनलाइनले आधारहीन , कपोलकल्पित र हावादारी समाचार प्रचार गरेपछि उसले आपत्ति जनाएको हो । यस बिषयमा नेकपाका प्रवक्ता प्रकाण्डसंग सम्पर्क राख्दा उनले उक्त […]

२०७४ चैत्र १५ गते, बिहीबार

पत्रकार सम्मेलनस्थलबाटै गिरफ्तार !

काठमाडौं, १४ चैत । नेपाल कम्युनिष्ट पार्टी नुवाकोट जनपरिषद प्रमुख बिन्तोष सिलवाल ‘अशोक’ लाई प्रहरीले गिरफ्तार गरेको छ । बुधबार पत्रकार सम्मेलनस्थलबाटै प्रहरीले सिलवाललाई गिरफ्तार गरेको हो । नुवाकोटको विदुर नगरपालिका–२ बट्टारमा पार्टीको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन स्थलबाट नै प्रमुख आशोकलाई प्रहरीले अपहरणकारी शैलीमा घेराबन्दी हालेर नियन्त्रणमा गिरफ्तार गरेको नेकपा नुवाकोटले बताएको छ […]

२०७४ चैत्र १५ गते, बिहीबार

प्रचण्डको घरमा जनअदालतको पुर्जी टाँस

काठमाडौं, १४ चैत । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय जनअदालतले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका नाममा जनअदालतमा मुद्दा परेको जानकारी गराउँदै १५ दिने ‘वारेन्ट’ जारी गरेको भोलि पल्ट आज प्रचण्डको चितवनस्थित शिवनगरको पुरानो घर, लायन्स चोक र हाकिम चोकमा रहेको सम्पर्क कार्यालयमा पुर्जी टाँस भएको छ । सम्पर्क कार्यालयमा रहेको उक्त घरमा प्रचण्ड चितवन आउँदा बस्दै आएका […]

२०७४ चैत्र १४ गते, बुधबार

ओली र प्रचण्डविरुद्ध ‘वारेन्ट’ जारी , १५ दिनभित्र जनअदालतमा उपस्थित हुन आदेश

काठमाडौं, १४ चैत । नेपाल कम्युनिस्ट पार्टीले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध ‘वारेन्ट’ जारी गरेको छ । नेकपाको केन्द्रीय जनअदालतले ओली र प्रचण्डका नाममा जनअदालतमा मुद्दा परेको जानकारी गराउँदै १५ दिने ‘वारेन्ट’ जारी गरेको हो । उक्त वारेन्ट केन्द्रीय जनआदलतका प्रमुख प्रकाशको नामबाट जारी भएको […]

२०७४ चैत्र १४ गते, बुधबार