मुख्य समाचार

नेकपा देशभर बिरोध प्रदर्शन गर्दै

काठमाडौ , १२ फागुन । नेपाल कम्युनिष्ट पार्टीले आज पनि संघर्षको कार्यक्रम जारी राखेको छ । नेकपा गिरफ्तार गरिएका आफ्ना नेता तथा कार्यकर्ता रिहाईको माग गर्दै चरणबद्ध आन्दोलनमा उत्रिएको छ । शान्तिपूर्ण कार्यक्रममा राज्यबाट भएको दमनको विरोध गर्दै नेकपाले आज काठमाडौ उपत्यकासहित देशभर प्रर्दशनका साथै विरोध कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा गत आइतबार भएको […]

२०७४ फाल्गुन १२ गते, शनिबार

प्रचण्डलाई कारवाही !

काठमाडौं, ११ फागुन । नेकपा (माओवादी केन्द्र)का नेता गोपाल किरातीले प्रचण्डलाई कारबाही गरिएको भन्दै विज्ञप्ति जारी गरेका छन् । नेकपा माओवादी केन्द्रले एमालेसँगको एकता प्रक्रियाप्रति असन्तुष्ट रहेको भन्दै कारबाही गरेका नेता गोपाल किरातीले उल्टै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारबाही गरिएको भन्दै विज्ञप्ति जारी गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत किरातीले प्रचण्डसहितका नेतालाई ‘दाहाल एण्ड कम्पनी’ […]

२०७४ फाल्गुन ११ गते, शुक्रबार

नेकपाका प्रवक्ता प्रकाण्डलाई मातृशोक

काठमाडौं, ११ फागुन । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्‍य तथा प्रवक्ता प्रकाण्डको आमाको निधन भएको छ । विहीबार दिउँसो १ बजे कालिकोटको माल्कोटस्थित आफ्नै घरमा भरता विश्वकर्माको निधन भएको हो । ७२ वर्षीय भरता विश्वकर्मा लामो समयदेखि नसा र दमबाट पिडित हुनुहुन्थ्यो । उहाको दुई सन्तान कोपिला विश्वकर्मा र योद्धा विश्वकर्मा जनयुद्धमा सहिद भएका […]

२०७४ फाल्गुन ११ गते, शुक्रबार

देशभक्त र परिवर्तन प्रेमिलाई एक हुन आव्हान

काठमाडौँ, १० फागुन । नेपाल कम्युनिस्ट पार्टी कंचनपुरकाे अायाेजनामा वर्तमानमा राजनीतिक परिस्थिति , संकट र समाधान बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महाकाली ब्युरो ईन्चार्ज असिना, शन्ताेषी बिक , माअाेवादी केन्द्रका केन्द्रीय सदस्य मिनराज गिरी, क्रान्तिकारी माअाेवादीका जिल्ला सहसचिव बिष्णु नेपाली , राष्ट्रिय जनमाेर्चाका जिल्ला नेता महेश जाेशि, सुप बिश्वबिद्धालयका सहायक परिक्षा नियन्त्रक […]

२०७४ फाल्गुन १० गते, बिहीबार

राज्य र जनताको राजनीतिक स्वतन्त्रताबारे विशेष अन्तरक्रिया हुँदै

काठमाडौँ, १० फागुन । नेपाल कम्युनिस्ट पार्टी निकट नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनले आज विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । संगठनले काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिस्ठानको हलमा ‘राज्य र जनताको राजनीतिक स्वतन्त्रता’ विषयक अन्तरक्रिया कार्यक्रम गर्न लागेको बताएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि सरकारले शान्तिपूर्ण कार्यक्रममाथि हस्तक्षेप गरेर राजनीतिक गतिविधिमा प्रतिबन्द […]

२०७४ फाल्गुन १० गते, बिहीबार

जुर्मुराए जनयुद्धका सहिद परिवार

काठमाडौं, ९ फागुन । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुने भएपछि जनयुद्धका सहिद परिवारले पनि आफ्नो भूमिका र अस्तित्वबारे छलफल सुरु गरेका छन् । पार्टी एकतापछि सहिदको बलिदानीलाई अवमूल्यान हुने डर सहिद परिवारलाई छ । जनक्रान्तिका महान् सहिद परिवार समाज नेपालले बुधबार काठमाडौँको संवाद डबलीमा पहिलो चरणको छलफल तथा अन्तरक्रिया गरेको छ । माओवादी […]

२०७४ फाल्गुन ९ गते, बुधबार

नेकपाद्वारा हजारौं रोपनी जग्गा कब्जा

काठमाडौं, ९ फागुन । नेपाल कम्युनिस्ट पार्टीले हजारौं रोपनी जग्गा कब्जा गरेको छ । काभ्रे भुम्लु गाउँपालिका ६ मा पर्ने आपगाउँ बेसीमाझी बस्तिमा रहेको हजारौं रोपनी जग्गा तामासालिङ स्वायत्तले कब्जा गरेको हो । मानव बस्तीलाई जोखिम बढ्ने गरी सरकारकै मिलेमतोमा भूमाफियाहरुले उक्त जग्गा नियन्त्रणमा लिएर अवैध रुपमा नदी नालामा रहेका गिटी बालुवा उत्खनन् गर्न थालेपछि […]

२०७४ फाल्गुन १० गते, बिहीबार

सुकुम्बासी संघले जनकारबाही थाल्ने

काठमाडौं, ९ फागुन । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल भूमिहीन सुकुम्बासी संघले जनकारबाही थाल्ने बताएको छ । उसले सुकुम्बासीका जमिन बेचेर घरवारविहीन बनाउने भूमाफियामाथि जनकार्वाही गर्ने निर्णय गरेको छ । अखिल नेपाल भूमिहीन सुकुम्बासी संघको केन्द्रीय समितिको हालै सम्पन्न बैठकले देशव्यापी रुपमा सुकुम्बासीमाथि भएको ज्यादतीका विरुद्ध संघर्ष गर्ने निर्णय गरेको हो । सुकुम्बासी संघका […]

२०७४ फाल्गुन ९ गते, बुधबार

नेकपाद्वारा संघर्षको शंखघोष (संघर्षका कार्यक्रमसहित )

काठमाडौं, ८ फागुन । नेपाल कम्युनिस्ट पार्टीले अाह्वान गरेको नेपाल बन्द खुलेको छ । नेपाल कम्युनिस्ट पार्टीले राज्य आतंक विरुद्ध आव्हान गरेको बन्द सफल पार्न साथ सहयोग गर्ने राजनैतिक पार्टी र आम जनतालाई हार्दिक आभार सहित धन्यवाद दिएको छ । सो पार्टीका महासचिव विप्लवले आज एक प्रेस विज्ञप्ती जारी गर्दै बन्द सफल पार्न साथ सहयोग […]

२०७४ फाल्गुन ८ गते, मंगलवार

बन्दको प्रभाव देशभर, जताततै बम विस्फोट र आगजनी

काठमाडौं, ८ फागुन । नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको देशभर प्रत्यक्ष प्रभाव परेको छ भने , बम विस्फोट र आगजनीका क्रम रोकिएका छैनन् । प्रहरीले बिनाकारण नेता र कार्यकर्तालाई गिरफ्तार गरी हिरासतमा राखेको विरोधमा नेकपाले आज नेपाल बन्दको घोषणा गरेको हो । यसैक्रममा पोखराको बिजयपुरमा राखिएको बम विष्फोट हुँदा पत्रकार घनश्याम पाण्डे घाइते […]

२०७४ फाल्गुन ८ गते, मंगलवार