मुख्य समाचार

‘फोहरोको डुङगुरमा टुप्पीमात्र देखिने गरि बसेका प्रचण्डसँग एकता हुन्न:बिप्लव

चितवन । नेकपा माओवादीका नेता नेत्रबिक्रम चन्द ‘बिप्लव’ले एमाओवादीसंग एकता हुनै नसक्ने बताएका छन। चितवनमा आयोजित कार्यक्रममा बोल्दै उनले फोहरको डुङगुरमा टुप्पि मात्र देखिने गरी बसेका प्रचण्डसग अहिले पार्टि एकता हुन नसक्ने बताएका हुन् । क्रन्तिको झण्डालाई बिदेशीका पाउमा लगेर बुझाइदिने र झिंगा बस्ने ठाउँमा बस्न रुचाउने प्रचण्ड र उनको पार्टी एकीकृत माओबादीसँग अहिलेको अबस्थामा […]

२०७० जेष्ठ १३ गते, सोमबार

सुशीलले बैठक छोडे

काठमाडौ, – उच्चस्तरीय राजनीतिक समितिको बैठक कांग्रेस सभापति सुशील कोइराला अनुपस्थित भएपछि स्थगित भएको छ ।निर्वाचन सम्बन्धी आवश्यक ऐन कानुनमा सहमति जुटाउन सोमबार बिहान बस्ने तय गरेको बैठकमा सहभागी एकीकृत नेकपा माओवादी, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरु नयाँ बानेश्वर पुगेपनि कांग्रेस सभापति कोइराला अनुपस्थित भएपछि बैठक स्थगित गरिएको नेताहरुले बताएका छन् […]

२०७० जेष्ठ १३ गते, सोमबार

पत्रकार इच्छुकको स्मृति दिवस मनाइँदै

काठमाडौ, जेठ १३ – पत्रकार कृष्णसेन इच्छुकको ११ औं स्मृति दिवस आज सोमबार बिभिन्न कार्यक्रम गरी मनाईंदैछ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबार विहान क्रान्तिकारी पत्रकार संघको आयोजनामा काठमाडौको शान्ति बाटिकाबाट प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । त्यस्तै इच्छुक सांस्कृतिक प्रतिष्ठानले पनि काठमाडौमा विशेष कार्यक्रम गर्दैछ ।क्रान्तिकारी पत्रकार महासंघले पनि पत्रकार सेनको स्मृतिमा सोमबार विहान प्रभातफेरि […]

२०७० जेष्ठ १३ गते, सोमबार

आज तराई बन्द

काठमाडौ, १२ जेठ ,विभिन्न माग राख्दै अनसन बसिरहेको सद्भावना पार्टीले आज तराईका २२ जिल्लामा बन्द गराएको छ ।संविधानसभा निर्वाचनको मिति घोषणा लगायतका माग राखेर आमरण बस्दा समेत माग पुरा नभएको भन्दै सद्भावना पार्टीले आजबाट बन्द गराएको बताएको छ । बन्दका कारण गाडीहरु नचलेपछि जनजीवन प्रभावित बनेको छ ।

२०७० जेष्ठ १२ गते, आईतवार

अस्थायी डाइभर्सन फेरी बगयो

काठमाडौं, १२ जेठ– आइतबार विहानै बाढीले नवलपरासीको लौकाहा पुलको अस्थायी डाइभर्सन फेरी बगाएको छ । डाइभर्सन भत्काएपछि पूर्व पश्चिम राजमार्गको नारायणगढ- बुटवल सडक खण्डमा यातायात फेरी अवरुद्ध भएको छ ।पूर्व पश्चिम राजमार्गको सो खण्ड अवरुद्ध हुँदा हजारौं यात्रु राजमार्गमै अलपत्र परेका छन् । शनिवार रातीको बाढीले चार दिनअघि बनाएको डाइभर्सन बगाएपछि आइतवार विहान ३ बजेदेखि […]

२०७० जेष्ठ १२ गते, आईतवार

रेग्मी बाधक बन्नु हुँदैन: कोइराला

काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले चुनावलाई सुनिश्चित गर्न अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलरज रेग्मीले बाधक भएको भन्दै तत्काल प्रधान न्यायाधीशबाट राजिनामा दिनुपर्ने बताएका छन । पार्टीका कामको सिलसिलामा इलाम पुगेका सभापति कोइरालाले शुक्रबार इलाम सदरमुकाममा पत्रकारसँगको भेटघाटमा वर्तमान सरकार गठन प्रक्रिया र कामकार्वाहीप्रति असन्तुष्टी जाहेर गर्दै सो कुरा बताएका हुन् । आफूहरु बावुरामको सरकारको […]

२०७० जेष्ठ १० गते, शुक्रबार

गृहमन्त्रीको प्रतिवद्धता पछि आन्दोलन स्थगित

काठमाडौ , सरकारले पूर्व सभासद् सदरुल मिँया हकको हत्याको छानवीन गरि दोषिलाई कारवाही गर्ने प्रतिवद्धता जनाएपछि आन्दोलन स्थगित भएको छ । आन्दोलनमा उत्रीएका आफन्त र छिमेकीहरुको माग पुरा गर्न गृहमन्त्री माधवप्रसाद घिमिरेले प्रतिवद्धता जनाएप्छि मियाôको अन्त्येष्टि गर्न पनि परिवार सहमत भएका छन् ।गृमन्त्री घिमिरे वार्ताका लागि बिहानै सप्तरी पुगेका थिए । आजै आफ्नो संस्कार अनुसार […]

२०७० जेष्ठ १० गते, शुक्रबार

गृहमन्त्री घिमिरे सप्तरीमा

काठमाडौ ,पूर्व सभासद सदरुल मिया हकको हत्याका विषयमा छानविनको प्रतिवद्धता जनाउन गृहमन्त्री माधवप्रसाद घिमिरे बिहानै सप्तरी पुगेका छन् । सप्तरी पुगेलगत्तै उनले मियाँ हत्याको छानविन गरि दोषि पत्ता लगाउन माग गर्दै आन्दोलन गरिरहेका पक्षसँग वार्ता सुरु गरेका छन् ।मियाँका परिवार र समर्थकले भने आन्दोलनरत जारी राखेका छन् । बन्दका कारण यातायात सेवा आज पनि ठप्प […]

२०७० जेष्ठ १० गते, शुक्रबार

तीन दिनदेखि बन्द पूर्व पश्चिम राजमार्ग खुल्यो

काठमाडौं, – पूर्व सभासद सदरुल मिया हकको हत्याको विरोधमा तीन दिनदेखि जारी बन्द यातायात अहिले साँझदेखि खुलेको छ । पूर्वसभासद मियाको घरमै सुतिरहेका बेला सोमबार राति हत्या भएपछि मंगलबार विहानदेखि स्थानीय वासिन्दाले पूर्व पश्चिम राजमार्ग बन्द गरेका थिए । हत्यारा पत्ता लगाएर कारबाही गर्न माग गर्दै स्थानीय बासिन्दा र आफन्तहरुले सप्तरी र सुनसरीका विभिन्न ठाउँमा […]

२०७० जेष्ठ ९ गते, बिहीबार

आज विराटनगर बन्द , जनजीवन प्रभावित

काठमाडौ।पूर्व सभासद् सदरुल मियाँ हकको हत्याराको कारबाही तथा खोजीको माग गर्दै बिहीबार विराटनगर बन्द गराइएको छ। सभासद् मियाँको हत्या भएको तीन दिन बितिसके पनि हत्यारा पत्ता नलागेको र प्रहरी प्रशासन मौन रहेको आक्रोशमा विराटनगर बन्द गराइएको राष्ट्रिय मुस्लिम सङ्घर्ष समिति मोरङले जनाएको छ। उक्त सङ्घर्ष समितिको आह्वानमा विराटनगर बजार, कलकारखाना, शिक्षण संस्था, यातायात बन्द गरिएको […]

२०७० जेष्ठ ९ गते, बिहीबार