मुख्य समाचार

नेकपाद्वारा देशभक्त,लोकतन्त्रवादी र कम्युनिष्ट मोर्चा बनाएर देशको रक्षा गर्ने निर्णय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठकले देशभक्त,लोकतन्त्रवादी र कम्युनिष्ट मोर्चा बनाएर देशको रक्षा गर्ने निर्णय गरेको छ । आईतबार मध्यान्ह सम्पान सो बैठकले देश निकै संकटमा परेको निष्कर्ष निकाल्दै देशभक्त,लोकतन्त्रवादी र कम्युनिष्ट मोर्चा बनाएर देशको रक्षा गर्ने निर्णय गरेको स्थायी समिति सदस्य अनिल सीले जानकारी दिए ।यसैगरी, उक्त बैठकले महासचिव विप्लव सी ले […]

२०८० पुष १ गते, आईतवार

सुन्तला र कागती बेचर नेकपालाई २५ हजार सहयोग !

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका उत्पादन विभागका सदस्य तथा पोलिटव्यूरो सदस्य सुबास सीले आफ्नै खेतमा उत्पादन गरेको सुन्तला र कागती बेचर आम्दानी गरेको नगद रु २५ हजार महासचिव विप्लव सीमार्फत् पार्टीलाई सहयोग गरेका छन । पोलिटव्यूरो सदस्य सुबासले आईतवार पार्टीको केन्द्रीय कार्यालय कपिलबस्तुमा महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी को उपस्थितिमा महासचिवलाई नगद रु […]

२०८० पुष १ गते, आईतवार

नेकपाका महासचिव विप्लव सी र मन्त्री प्रकाश ज्वालाबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीसंग नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नेकपाको केन्द्रीय कार्यालय शिवगढी पुगेर भेटघाट गरेका छन । शिवराज नगरपालिका वडा नम्वर १ र ९ जोड्ने सुरही खोलामा निर्माण सम्पन्न पुलको उद्घाटन गर्न कपिलवस्तु पुगेका मन्त्री प्रकाश ज्वालाले शनिवार नेकपाका महासचिव विप्लवसंग नेकपाको केन्द्रीय कार्यालय शिवगढीमा नै […]

२०८० पुष १ गते, आईतवार

नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक कपिलबस्तुको शिवगढीमा आज विहान साढे ९ बजेबाट पुनःसुरु भएको छ । नेकपाको केन्द्रीय कार्यालय कपिलबस्तुको शिवगढीमा शनिवार अपरान्ह ४ बजे सुरु भएको बैठकमा नेकपाका महासचिव विप्लव सीले केन्द्रीय समितिको बैठकमा पेश गर्ने “सीसी विशेष बैठकको राजनीतिक र सङ्गठनात्मक प्रस्ताव” पेश गरेका थिए । विहान साढे ९ बजेबाटसुरु […]

२०८० पुष १ गते, आईतवार

जिल्ला अदालत काठमाडौंको आदेश : तीन बुँदे सहमति,शान्ति प्रक्रिया र अग्रगामी राजनीति निकास बिपरित

काठमाडौ । समाजबादी मोर्चाले जिल्ला अदालत काठमाडौंले नेकपाका नेताबिरुद्ध जारी गरेको आदेश तीन बुँदे सहमति,शान्ति प्रक्रिया र अग्रगामी राजनीति निकास बिपरित भएको ठहर गरेको छ। नेपाल कम्युनिष्ट पार्टीसहित नेकपा माआवादी केन्द्र,नेकपा एकीकृत समाजबादी र जनता समाजबादी पार्टी सम्मिलित समाजबादी मोर्चा नेपालको केन्द्रीय सचिवालय समितिको बैठकले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सीलगायत […]

२०८० मंसिर २९ गते, शुक्रबार

नेकपाका प्रवक्ता प्रकाण्ड सी र नेसपाका अध्यक्ष डा. भट्टराईबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बावुराम भट्टराईबीच विहिबार काठमाडौको टोखा स्थित मानुषि यमीको निवासमा भेटवार्ता भएको छ । उक्त भेटवार्तामा देशको पछिल्लो राजनीतिक संकट र अवस्थाका बारे गम्भीर छलफल भएको बताइएको छ। उक्त भेटवार्तामा जिल्ला अदालत काठमाडौंले नेकपाका नेता माथि जारी गरेको पक्राउ पूर्जीको विषय गम्भीर […]

२०८० मंसिर २९ गते, शुक्रबार

‘वर्तमान राजनीतिक संकटको निकास नेपाली विशेषताको समाजवाद’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले वर्तमान राजनीतिक संकटको निकास नेपाली विशेषताको समाजवाद मात्र भएको ठोकुवा गरेका छन। बिहीबार बिर्तामोडमा आयोजित पूर्वी गर्जन पत्रिकाको सार्वजनिकीकरण कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्। नेता अनिल सीले साम्राज्यवादीहरुको चलखेलका कारण मुलुक गम्भीर राजनीतिक संकटमा पुगेको उल्लेख गर्दै देश बचाउन सबै कम्युनिस्ट बामपंथी […]

२०८० मंसिर २९ गते, शुक्रबार

वर्तमान राजनीतिक समस्या समाधानका लागि जनमत संग्रह अनिबार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य अनिल ‘सि’ ले वर्तमान राजनीतिक समस्याको समाधानका लागि जनमत संग्रह अनिबार्य भएको बताएका छन । संवाद समुह, झापाद्वारा बिहिबार आयोजित ‘देशको वर्तमान अवस्था र आगामि निकास’ बिषयक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्। नेता अनिल सी ले कोशी प्रदेशमा पहिचानका नाममा भइरहेको आन्दोलनप्रति सरकार गम्भीर हुनु […]

२०८० मंसिर २८ गते, बिहीबार

महासचिव बिप्लव सीद्वारा सहिद आरतीका बिरामी बुवासंग भेट : उपचारका लागि पठाउदै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिप्लव सी ले सहिद आरतीका बिरामी बुवा जोगबहादुर घर्तीसंग भेट गरेका छन् । महासचिव बिप्लव सी शिवराज नगरपालिका वडा नम्बर ९ रहेको घर्तीकै निवास पुगेर उनको स्वास्थ अवस्थाको बारेमा जानकारी लिएका थिए । उक्त अवसरमा महासचिव बिप्लव सी ले उनको उपचारको लागि रु पाँच हजार रुपैयाँसमेत हस्तान्तरण गरेका थिए […]

२०८० मंसिर २६ गते, मंगलवार

महासचिव बिप्लव सी द्वारा आफैले निर्माण गरेको गमला बिद्यालयलाई हस्तान्तरण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले आफैले निर्माण गरेको गमला बिद्यालयलाई हस्तान्तरण गरेका छन । महासचिव विप्लव सीले मंगलबार बिहान शिवराज नगरपालिका वडा नम्बर ९ बानियाँभारमा रहेको श्री सरस्वति माध्यामिक बिद्यालयलाई आफैले निर्माण गरेको ३१ वटा गमला हस्तान्तरण गरेका हुन्। बिद्यालयलाई हस्तान्तरण गर्ने क्रममा महासचिव बिप्लव सी ले बिद्यालयको अनुगमन समेत गरेका थिए […]

२०८० मंसिर २६ गते, मंगलवार