बिज्ञान तथा प्रबिधि

रुसद्वारा फेसबुक र ट्वीटरमाथि प्रतिबन्ध

काठमाडौँ । रूसी मिडिया नियामकले फेसबुकले रूसी मिडिया र सूचना स्रोतहरू विरुद्ध भेदभाव गरेको भन्दै यसको प्रयोगमा रोक लगाएको घोषणा गरेको छ। मिडिया रिपोर्टहरूले बीबीसी र ड्यूचे वेले, ट्विटर, र एप्पल र गुगलका एप स्टोरहरूको रूसी वेबसाइटहरू सबै ब्लक गरिएको बताए । ‘मार्च २०२२ मा, रुसी भाषामा फेसबुक नेटवर्क (मेटा प्लेटफर्म, इंकको स्वामित्वमा रहेको) मा […]

२०७८ फाल्गुन २१ गते, शनिबार

नयाँ मौसमी प्रणाली भित्रिदै : धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि नयाँ मौसमी प्रणाली भित्रिने र त्यसको प्रभावले देशका धेरै स्थानहरुमा पानी पार्ने जनाएको छ । महाशाखाले त्यसको असर कति दिनसम्म रहन्छ भनेर एकिनका साथ भन्न नसकिने तर शनिबारसम्म प्रभाव रहनेमा भने मौसमविद निश्चिन्त छन् । मौसमविद हिरा भट्टराईका अनुसार नेपालमा अहिले पश्चिमी वायुको सामान्य […]

२०७८ फाल्गुन ११ गते, बुधबार

ट्राफिक प्रहरीलाई लाइसेन्स भेरिफिकेसन मोबाइल एप्स हस्तान्तरण

काठमाडौं । ट्राफिक प्रहरीले मोबाईल एप्समार्फत तत्कालै अन द स्पट चेकजाँच गर्ने व्यवस्था शुरू गरेको छ । हिजो सोमबार एक कार्यक्रमका बीच यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न मोबाइल एप्सको विकास गरी महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको हो । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख […]

२०७८ फाल्गुन १० गते, मंगलवार

चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको र आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदलीका साथै तराईका केही भू–भागमा भने हुस्सु–कुहिरो लागेको छ भने बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहेको जनाएको छ । त्यस्तै,आज दिउँसो भने देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ […]

२०७८ फाल्गुन ८ गते, आईतवार

काठमाडौँ उपत्यकामा मोबाइल फोनको गुणस्तर कमजोर !

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र नै मोबाइल फोन सेवा गुणस्तरीय नभएको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल फोनको गुणस्तर परीक्षण प्रतिवेदनअनुसार मोबाइल सेवा गुणस्तरीय नभएको पाइएको हो । प्राधिकरणले नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम गरी तीन सेवा प्रदायक कम्पनीको मोबाइल सेवाको गुणस्तर परीक्षण गरेको थियो । तीन कम्पनीका नेटवर्कभित्र गत पुस १६ […]

२०७८ फाल्गुन ५ गते, बिहीबार

फेरि वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजदेखि शुक्रबारसम्म देशका अधिकांश स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको जनाएको छ। हाल देशमा पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली भई सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश का धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती प्रदेश तथा प्रदेश […]

२०७८ माघ २६ गते, बुधबार

प्रतिघण्टा ११ हजार २६५ किलोमिटरको दूरी पार गर्ने विमान !

काठमाडौं । एक चिनियाँ कम्पनीले यस्तो हाइपरसोनिक विमानको योजना पेश गरेको छ जो बेइजिङबाट केवल ६० मिनेटमा न्यूयोर्क पुग्न सक्छ । यो विमान १ घण्टामा ११ हजार २६५ किलोमिटरको दूरी पार गर्न सक्छ । यसलाई ‘रकेट पिथ विंग्स’ पनि भनिएको छ । चिनियाँ कम्पनीले अर्को वर्ष यो विमानको परीक्षण सुरु गर्न सक्छ । वैज्ञानिकहरुले २०२४ […]

२०७८ माघ २२ गते, शनिबार

असिनासहित भारी वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेकोले देशभर सामान्य देखि पुर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का वर्षा भइरहेको जनाएको छ। आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने भएको छ। देशका धेरै स्थानहरुमा मेघगर्जन–चट्याङ–असिना सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।गण्डकी […]

२०७८ माघ २१ गते, शुक्रबार

शनिबारसम्म बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्मै बदली, वर्षा र हिमपात हुने जनाएको छ । यो अवधिमा बदलीसँगै असिनासहितको वर्षा र हिमपातको सम्भावना भएकाले हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने सम्भावना छ । त्यसैले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले […]

२०७८ माघ १९ गते, बुधबार

उत्तर कोरियाद्वारा अर्को शक्तिशाली मिसाइल परीक्षण

काठमाडौं । उत्तर कोरियाले सन् २०१७ यताकै शक्तिशाली मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले स्थानीय समयअनुसार आज बिहान ७ बजेर ५२ मिनेट जाँदा पूर्वी तटीय क्षेत्रबाट मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ । अमेरिका, जापान र दक्षिण कोरियाले मिसाइल परीक्षणलाई लिएर उत्तर कोरियाको आलोचना गर्दै आएका छन् ।उत्तर कोरियाले यो जनवरीमा मात्रै सातौँपटक […]

२०७८ माघ १६ गते, आईतवार