बिज्ञान तथा प्रबिधि

फेसबुकद्वारा ई–पेमेन्ट सिस्टम ‘फेसबुक पे’ को सुरुवता

काठमाडौं, २ मंसिर । डिजिटल पेमेन्टको बढ्दो बजारलाई मध्यनजर गर्दै फेसबुकले पनि ई–पेमेन्ट सिस्टम ‘फेसबुक पे’ को सुरुवता गरेको छ । अमेरीकाबाट यसको सुरुवात भएको छ । अमेरिकामा म्यासेन्जर र फेसबुकमा ‘फेसबुक पे’ सुरु भएको जनाइएको छ । भने, विस्तारै यसलाई विश्व व्यापी बनाउने उल्लेख गरिएको छ । फेसबुकका अनुसार पहिलो चरणमा यो सेवा फेसबुक, […]

२०७६ मंसिर २ गते, सोमबार

‘ चक्रबातको असर नेपालमा पर्दैन’

काठमाडौं,१७ कात्तिक । जल तथा माैसम पूर्वानुमान महाशाखाले “माहा“ नामकरण गरिएको अर्को शक्तिशाली चक्रबात अरब सागरको दक्षिण–पूर्वि भागमा विकसित भइरहेको जनाएको छ । यो प्रणालि उत्तर–पश्चिमि दिशातर्फ बढिरहेको र तत्कालै यस प्रणालीको प्रभाव नेपालमा नपर्ने जनाएको छ । यसैगरी , महाशाखाले देशको पश्चिमी क्षेत्र लगायत पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने […]

२०७६ कार्तिक १७ गते, आईतवार

फोन गर्न हिमाल र रुखमा चढ्नुपर्ने बाध्यता

काठमाडौं, १४ कात्तिक । जाजरकोटसँग सिमाना जोडिएको डोल्पा मुड्केचुला गाउँपालिका–६ का लेखबहादुर बुढा आफन्तसँग फोन गर्न कोठाना लेकमा जाने गर्छन । तीन घण्टा उकालो हिँडेर गाउँभन्दा माथि हिमालमा पुग्नु उनको रहर नभई बाध्यता हो । आफन्तको खबर बुझ्न र घरको कुरा जानकारी गराउनका लागि उनी दैनिक कोठाना जाने गरेको बताउँछन् । उनी भन्छन् “मजस्तै यहाँका […]

२०७६ कार्तिक १४ गते, बिहीबार

श्रीमान श्रीमतीमाथि जासुसी गर्ने स्टकरवेअरको प्रयोग बढ्दो

काठमाडौं, ९ कात्तिक । श्रीमान वा श्रीमतीको मोबाइल वा कम्प्युटरमा गोप्य रूपमा राखेर जासुसी गर्न प्रयोग गरिने सफ्टवेअरको प्रयोग बढ्न थालेको छ। स्टकरवेअर वा स्पाउजवेअर भनिने यस्ता शक्तिशाली जासुसी एप वा सफ्टवेअरहरू इन्टरनेटमा खुलेआम किन्न पाइन्छ। एकपटक कुनै मोबाइल वा कम्प्युटरमा राखेपछि यस्ता स्टकरवेअरमार्फत सबै एसएमएस पढ्न, नियमितरूपमा स्क्रिनको तस्बिर खिच्न, फोन भएको स्थान पत्ता […]

२०७६ कार्तिक ९ गते, शनिबार

नयाँ प्रविधिको विकासमा नेपाली वैज्ञानिक

काठमाडौं, ७ कात्तिक । विदेशमा अध्ययन गरेर स्वदेश फर्किएका युवा वैज्ञानिक नयाँ र सिर्जनात्मक काममा जुटिरहेका छन् । नेपालका लागि उपयोगी र विश्वमै प्रभाव पार्नसक्ने काममा उनीहरू सक्रिय भएका हुन् । नेपालमा नयाँ प्रविधिको विकास गर्ने सोच र लक्ष्यका साथ उनीहरू नेपाल फर्किएका हुन् । विकसित मुलुकमा विज्ञानका विभिन्न विधामा विद्यावारिधि (पीएचडी) गरेर स्वदेश फर्कनेहरूले […]

२०७६ कार्तिक ७ गते, बिहीबार

वर्षा र हिमपातको सम्भावना

काठमाडौँ , ६ कार्तिक । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशभर मौसम सफा नहुने बताएको छ।महाशाखाले जारी गरेको बुलेटिनअनुसार शुक्रबारसम्म देशभर आंशिकदेखि सामान्यसम्म बदली हुने भएको हो। यसबीचमा घाम लागेर मौसम छ्याङ्ग उघ्रिने सम्भावना नरहेको मौसमविद्अले बताएका छन्। मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले मध्य र पूर्वी क्षेत्रमा सामान्य(आकाशमा आधाभन्दा बढी बादल) र पश्चिमी भेगमा […]

२०७६ कार्तिक ६ गते, बुधबार

अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुदै

काठमाडाैँ, ४ कार्तिक । आजदेखि तीनदिने अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र राष्ट्रिय युवा परिषद नेपालको संयुक्त पहलमा सम्मेलन हुन् लागेको हो । ‘समृद्धिका लागि अनुसन्धान र नवप्रवर्तन’ भन्ने मूल नाराको साथ विदेशमा रहेका २० देशबाट कार्यक्रममा युवा वैज्ञानिकले भाग लिने भएका […]

२०७६ कार्तिक ४ गते, सोमबार

सर्वाधिक लामो सीधा यात्रीवाहक उडान

काठमाडौं, ३ कार्तिक । करिब १९ घन्टाको सीधा उडानपछि क्वान्टासको यात्रीवाहक विमान न्यूयोर्कबाट अस्ट्रेलियाको सिड्नीमा आइतबार बिहान अवतरण गरेको छ । यो विश्वकै सर्वाधिक लामो सीधा उडान रहेको क्वान्टासले जनाएको छ । क्वान्टासको फ्लाइट नम्बर क्यूएफ ७८७९ को विमानलाई न्यूयोर्कबाट सिड्नी पुग्न १९ घन्टा १६ मिनेट लागेको थियो । अस्ट्रेलियाको राष्ट्रिय ध्वजावाहक क्वान्टासले यसअघि लन्डनदेखि […]

२०७६ कार्तिक ३ गते, आईतवार

जसले पाए योपटकको भौतिकशास्त्र र चिकित्साशास्त्रको नोबेल पुरस्कार

काठमाडौं, २२ असोज । यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दुईजना स्वीस वैज्ञानिक र एकजना क्यानाडाली–अमेरिकी वैज्ञानिकलाई संयुक्तरुपमा प्रदान गर्ने घोषणा गरिएको छ । उनीहरुलाई खगोलशास्त्रको अध्ययनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै पुरस्कृत गरिएको नोबेल पुरस्कार छनोट समितिले जनाएको छ । पुरस्कृत हुनेहरुमा स्वीस वैज्ञानिकहरु माइकल मायोर र डिडियर क्वुलोज तथा अमेरिकाको प्रिन्सटन विश्वविद्यालयका प्राध्यामक जेम्स पिबल्स […]

२०७६ आश्विन २२ गते, बुधबार

समुद्रमुनिबाट क्षेप्यास्त्रको सफल परीक्षण

काठमाडौं, १६ असोज । उत्तर कोरियाले नयाँ प्रकारको बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको छ । परमाणुअस्त्र बोक्न सक्ने उक्त क्षेप्यास्त्रको परीक्षण उत्तर कोरियाले यो वर्ष गरेको एघारौं परीक्षण हो । उक्त क्षेप्यास्त्र समुद्रमुनिबाट पनडुब्बीबाट प्रहार गर्न सकिने खालको भएको बताइएको छ । बुधवार स्थानीय समयानुसार बिहान सात बजे सो परीक्षण गरिएको थियो । पनडुब्बीबाट […]

२०७६ आश्विन १६ गते, बिहीबार