बिज्ञान तथा प्रबिधि

भारतले जुलाई १४ मा चन्द्रयान-३ प्रक्षेपण गर्ने !

काठमाडौं । भारतले आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट जुलाई १४ मा दिउँसो २.३५ बजे अन्तरिक्ष यान चन्द्रयान-३ प्रक्षेपण गर्ने भएकाे छ। इसरो प्रमुख एस सोमनाथले भने कि चन्द्रयानले २३ वा २४ अगस्टमा चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गर्ने प्रयास गर्नेछ। रकेट सबै तयार छ, यसलाई बुधबार नै लन्चिङ भेहिकल LVM-III मा फिट गरिएको थियो। […]

२०८० असार २२ गते, शुक्रबार

आज वर्षकै लामो दिन !

काठमाडौं । बिहीबार पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्नुका साथै वर्षको सबैभन्दा लामो दिन र अत्यधिक गर्मी हुने छ । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले सो कुराको जानकारी दिएको छ । समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले पृथ्वी वर्षमा एक पटक सूर्यको सबैभन्दा टाढा पुग्ने गरेको बताउँदै पृथ्वी सूर्यको […]

२०८० असार २१ गते, बिहीबार

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। बिहीबार देशभर आन्शिक देखि सामान्य बदली रहेको छ। कर्णाली, गण्डकी, बागमती, र कोशी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । बिहीबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र […]

२०८० असार २१ गते, बिहीबार

अबको ३ दिनसम्म चन्द्रमा बढी चम्किलो देखिने !

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार अबको ३ दिनसम्म चन्द्रमा अरु बेला भन्दा बढी चम्किलो देखिने छ । सोमबार साँझ अर्थात गुरु पूर्णिमाको दिनदेखि चन्द्रमा पृथ्वीको निकै नजिक रहने भएकाले सामान्य अवस्थामा भन्दा चन्द्रमा निकै चम्किलो र ठुलो देखिने बताइएकाे हाे ।पृथ्वीको परिक्रमा गर्दा चन्द्रमा आफ्नो कक्षमा पृथ्वीको सबैभन्दा नजिक बिन्दुमा रहने र पुर्ण […]

२०८० असार १९ गते, मंगलवार

इम्बोस्ड नम्बर प्लेट जडान सुस्त : सात वर्षमा ५० हजार जडान

काठमाडाैं। सरकारले ‘इम्बोस्ड नम्बर प्लेट’का लागि सम्झौता गरेको सात वर्षमा झन्डै ५० हजार सेवाग्राहीले आफ्नो सवारी साधनमा नम्बर प्लेट जडान गरेका छन्। सरकारले बाध्यकारी नगरेकाले अहिलेसम्म थोरै सङ्ख्यामा मात्रै नम्बर प्लेट जडान भएको हो। यातायात व्यवस्था विभागले अहिलेसम्म झन्डै तीन लाख नम्बर प्लेट उत्पादन भएर आएको जनाएको छ। आपूर्तिकर्ताका कारणले नभएर विभागले नै बाध्यकारी नगरेकाले […]

२०८० असार १२ गते, मंगलवार

आज देशभर पानी पर्ने संभावना , सतर्कता अपनाउन आग्रह

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाबम अनुसारआज दिउँसो देशभर सामान्य बदली रहनेछ । देशभर केही स्थानहरुमा मेघ–गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। काठमाडौं उपत्यकामा अहिले पानी परिरहेको छ । त्यसैगरी आज राति देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ […]

२०८० असार ९ गते, शनिबार

मनसुनी प्रणाली देशभर फैलियो : सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पूर्वी नेपालबाट भित्रिएको मनसुनी प्रणाली शुक्रबारदेखि देशभर फैलिएको जनाएको छ । सरदर मितिभन्दा एक दिन ढिला नेपाल प्रवेश गरेको मनसुन ९ दिनपछि देशभर फैलिएको हो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । तर यस वर्ष एक दिन ढिलो अर्थात् जुन १४ तारिख […]

२०८० असार ८ गते, शुक्रबार

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको र बाँकी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।महाशाखाका अनुसार आज कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेश, […]

२०८० जेष्ठ ३२ गते, बिहीबार

मनसुन भित्रियो

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको जनाएको छ । बुधबार नेपाल आगमन भएको मनसुन कोशी, पूर्वी मधेश,बागमती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा फैलिएको छ । नेपालका अन्य भूभागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन फैलिंदै […]

२०८० जेष्ठ ३१ गते, बुधबार

केही दिनभित्रै मनसुन भित्रिने

काठमाडाैँ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुन भित्रिने समय (जेठ ३०) नजिक पुग्दा त्यसका लागि अनुकूल वातावरण बनेको जनाएको छ । पछिल्लो ३० वर्षको मौसमी विश्लेषणअनुसार नेपालमा मनसुन भित्रिने समय जेठ ३० गते र बाहिरिने समय असोज १५ गते रहेको देखिन्छ । यस वर्षको मनसुन भित्रिने पूर्वसन्ध्यामा पश्चिमी वायुका साथै बङ्गालको खाडीको जलवाष्पयुक्त हावा र […]

२०८० जेष्ठ २८ गते, आईतवार