पश्चिम नेपालमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही ठाउँमा वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ । पश्चिम नेपालको मौसम सोमबारसम्म बदली हुने सम्भावना रहेको छ । आइतबार वर्षा र हिमपातको सम्भावना रहेको र सोमबार उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको पूर्वानुमान मौसमविद्को छ ।
हिउँद सुरु भएसँग वर्षा र हिमपात हुँदा तापक्रम क्रमिक रुपमाले घटिरहेकोले जाडोबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले सचेत गराएको छ । भूकम्पले प्रभावित भएका जाजरकोट र रुकुम पश्चिममा पनि हल्का वर्षा भएको छ । त्रिपालमा बसेका पीडित झन् प्रभावित भएका छन् ।