विचार

सरकारको वार्ता प्रस्ताब र देशको आबस्यकता –धर्मेन्द्र बास्तोला

सरकारले अहिलेको ब्यबस्थासंग कुनै न कुनै रुपमा सहमत हुन नसकेका पार्टी र संगठनहरुसंग वार्ता गर्ने भन्दै सार्बजनिक सूचना जारी ग¥यो । तर, यसले कुन पार्टी र को संगठनसंग कुन बिषयमा या कुन सैद्धान्तिक आधारमा र के उद्येस्य प्राप्त गर्न वार्ता गर्ने भत्रे बिषय प्रष्ट गरेको छैन । देशका बिभित्र पार्टी र संगठनहरुका बिभित्र मागहरु हुन […]

२०७५ आश्विन ८ गते, सोमबार

हिरासत भित्रैबाट हल्लाइएको सरकार – विष्णु पन्त

सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायतका असन्तुष्ट दलहरुसँग वार्ता गर्नका लागि एउटा वार्ता समिति बनाएको कुरा सञ्चार माध्यमबाट सुनिएको थियो । वार्ता समितिले के गर्दै छ भन्ने समाचार सुन्न पाईएको छैन । निश्चितै रुपमा वार्ता गर्ने भनेपछि त्यसको न्यूनतम मूल्य मान्यता र आचारसंहित हुन्छ होला । एकातर्फ सरकारले प्रकाण्ड लगायतका नेकपाका नेताहरुलाई राजनीतिक पूर्वाग्रह र […]

२०७५ आश्विन ७ गते, आईतवार

प्रचण्डलाई पूर्व जनमुक्ति सेनाको पत्र ः क्रान्ति सत्तामा चढ्ने भ-याङ मात्र हो ?

सम्मानिय पूर्व प्रधानमन्त्री प्रचण्ड ज्यु अभिवादन । माओवादी आन्दोलन र प्रचण्डपथको क्रान्तिकारी पाठशाला अनुसार खुल्लापत्र सुरु गर्न चाहे । माओवादी आन्दोलन सामान्य रूपमा उदायको होइन । तानाशाह र दलाल पुँजीवादीले गरिब, निमुखा माथि गरिएको निकै कठोर अत्याचार पछि तपाईंको निकै लामो मेहनत र छलफल पछि तपाईंहरुले घोषणा गरेको माओवादी आन्दोलनमा लाखौं जनताका आशा र अपेक्षाहरू […]

२०७५ आश्विन ६ गते, शनिबार

शिक्षामा देखिएका समस्या र समाधानको बिकल्प – प्रशान्त लामा दोङ

नेपालमा शिक्षकको समस्या आजको होइन, हिजो पनि थियो र आज पनि छ । विद्यालयमा सत्रथरीको शिक्षक नियुक्तिको कानुनी बैधानिक बाटो राज्यले खोल्ने, आज तिनै सत्रथरी शिक्षकले राज्यले उपलब्ध गरेको सुविधा खोज्दा प्रतिप्रश्न गर्ने अकबरे सरोकारवालाहरूको प्रतिजवाफ बीरबले कला बाहेक के हुन सक्छ ? यिनै समस्याको सन्दर्भमा बहसको नीतिगत बाटोको सन्दर्भमा बहस गर्नु समस्या समाधानको एउटा […]

२०७५ भाद्र ३० गते, शनिबार

दुई तिहाईको सत्तालाई हल्लाई दिने शक्ति ‘नेपाल कम्युनिष्ट पार्टी’ – विष्णु पन्त

अहिलेको सत्ताको ठेकेदारकै नियुक्ती पाएका छन् ओली र दाहाल । अहिले उनीहरुको दुई तिहाईको सत्तालाई हल्लाईदिने एउटै शक्ति छ, त्यो हो विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी । ठेकेदारहरुलाई भय र त्रास छ कि यदि यो क्रान्तिकारी शक्ति जुर्मुरायो भने दलाल संसदीय व्यवस्था ध्वस्त हुनेछ । उनीहरुलाई इतिहासको अनुभुतिबाट के पनि लागेको छ भने विप्लवसँग राजनीतिक […]

२०७५ भाद्र २२ गते, शुक्रबार

सरकार – नेकपा वार्ता बारे – प्रकाश डुम्रे

पहिलो सविधानसभा पुर्णतः असफल भएपछि जव राजनीतिक दलहरू असफल बने खिलराज रेग्मी नेतृत्वको कर्मचारी सरकारले दोस्रो सविधानसभाको निर्वाचनको घोषणा गर्यो त्यो सगै विकास भएको सबै राजनीतिक प्रक्रिया सगँ असहमत एउटा राजनीतिक शक्ति जुन हाल सम्मका सबै राजनीतिक प्रक्रियामा अाफ्नो असहमति राख्दै अाएको छ । गत सघिँय,प्रदेश र स्थानीय चुनावमा समेत निर्वाचन खारेजीको मुद्दा अगाडि सारेर […]

२०७५ भाद्र २० गते, बुधबार

निरिह न्यायालय : बैकल्पिक न्याय प्रणालीको खाँचो – ओम हमाल t

अन्तत: यो देशमा स्वतन्त्र न्यायपालिका भन्ने चिज रहेन l स्वतन्त्र र शक्तिशाली भनिएको रास्ट्रिय मानव अधिकार आयोगका वरिष्ठ सदस्य सुदिप पाठक चढेको गाडी ‘हजुर अघि पछी गर्न सक्नुहुन्न हजुर l सबैतिर पुलिसले घेरेको छ हजुर l यता उता गर्दा दुर्घटना हुन सज्छ हजुर l हजुरको गाडीमा रहेको व्यक्ति हामीलाई छाडिदिनुस हजुर सबै हुन्छ हजुर l […]

२०७५ भाद्र १९ गते, मंगलवार

प्रकाण्ड अपराधी होइनन् क्रान्ति र परिवर्तनलाई रोक्ने तिमीहरु चाहिं महाअपराधी हौ – धनराज बिश्वकर्मा

कर्णाली अञ्चल कालिकोट जिल्लाको माल्कोट गाविसमा जन्मिएका ‘प्रकाण्ड’ एक गरिब किसानका छोरा हुन् । त्यतिमात्र होइन प्रकाण्ड राज्यद्वारा अपहेलित र विभेद गरिएका दलित समूदायका सदस्य पनि हुन् । आदरणीय दाजु प्रकाण्ड सानैदेखि एक मेहनती, लगनशील र इमान्दार व्यक्ति हुन् । बच्चा उमेरदेखि नै मेहनती र इमान्दार, कर्मठ, उत्तरदायित्व पूरा गर्ने व्यक्ति भएरै गाउँमै अथाक मेहनत […]

२०७५ भाद्र १८ गते, सोमबार

सर्वत्र अस्थिरता भड्काउँदै सरकार – विष्णु पन्त

सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायतका असन्तुष्ट शक्तिहरुसँग वार्ता गर्ने निर्णय सार्वजनिक गरेको केही घण्टा पछि नै पोलिटव्यूरो सदस्य उमा भुजेल ‘शिलु’ लाई काठमाडौँबाट गिरफ्तार गर्यो । केन्द्रिय सदस्य असललाई पनि काठमाडौँ बाटै गिरफ्तार गरियो । त्यस लगत्तै इलामबाट केन्द्रिय सदस्य सुमन लिम्बु सहित १२ जनालाई एकै पटक गिरफ्तार गरियो । यसबाट प्रश्न उठेको छ, […]

२०७५ भाद्र १७ गते, आईतवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कम्युनिष्ट त के वामपन्थी पनि होइन – हस्तबहादुर केसी

नाम कम्युनिष्ट पार्टी राख्दैमा त्यो कम्युनिष्ट हुन्छ भन्न मिल्दैन । कम्युनिष्ट पार्टी हुनका लागि उसले अंगिकार गरेको मार्गदर्शन सिद्धान्त, रणनीति, क्रान्तिकारी कार्यदिशा तथा कार्यक्रम र क्रान्तिकारी व्यवहारले मात्र निर्धारण गर्दछ । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जो डब्बल कम्युनिष्ट पार्टीको नाम राखेको छ र आपूmलार्ई कम्युनिष्ट पार्टी भएको हल्ला मच्याइरहेको छ । कोष्ट बाहिर र […]

२०७५ भाद्र १७ गते, आईतवार