आलु–प्याज व्यवसायीद्वारा आन्दोलन फिर्ता

काठमाडौँ । आलु–प्याज व्यवसायीले आन्तरिक राजस्व विभागको स्वदेशी उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउने प्रष्टीकरणपछि आन्दोलन फिर्ता लिएका छन् । यससँगै चार दिनदेखि ठप्प रहेको आलु–प्याजको कारोबार खुलेको छ । शुक्रबार विभागले नेपालमै उत्पादन भएका आलु, प्याज र स्याउलगायत उत्पादनमा भ्याट नलाग्ने सूचना निकालेको थियो । यो सूचना आएपछि आजदेखि कारोबार खुलाइएको आलु–प्याज आयात–निर्यात तथा […]
२०८० मंसिर २३ गते, शनिबार