राजनीति

जापानका पूर्वप्रधानमन्त्री आबेको निधनमा नेपालमा शोक मनाइँदै

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिञ्जो आबेको निधनमा नेपालमा आज राष्ट्रिय शोक मनाइँदै छ। आबेको निधनप्रति दुख व्यक्त गर्दै सरकारले शनिबारका लागि राष्ट्रिय शोक घोषणा गरेको हो। आबेको राजनीतिक कार्यक्रममा सहभागी हुने क्रममा आबेको शुक्रबार गोली हानी हत्या गरिएको थियो। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आबेको सम्मानमा असार २५ गते शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको […]

२०७९ असार २५ गते, शनिबार

नयाँ नागरिकता विधेयक ल्याइदै

काठमाडौं । सरकारले नयाँ नागरिकता विधेयक संसदमा पेश गर्ने भएको छ । लामो समयदेखि थन्किएर बसेको नागरिकता विधेयक सरकारले केही दिनअघि मात्रै फिर्ता लिने निर्णय गरेको थियो । विधेयकमा नेपालको संविधानमा उल्लेख भएअनुसार गैर आवासीय नेपालीलाई राजनीतिक अधिकारबिनाको नागरिकता दिने प्रावधान उल्लेख छ । उनीहरूलाई आर्थिक र सांस्कृतिक अधिकार रहने गरी नागरिकता दिने विधेयकमा उल्लेख […]

२०७९ असार २५ गते, शनिबार

नेकपा सल्यानको जिल्ला सम्मेलन भदौ १४ र १५ गते

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी सल्यानको पाँचौ पुर्ण बैठकले पार्टीको छैटौं जिल्ला सम्मेलन आउँदो भदौ १४ र १५ गते सदरमुकाम खलंगामा गर्ने निर्णय गरेको छ । जिल्ला सेक्रेटरी नारायण चन्दको अध्यक्षता तथा केन्द्रीय सदस्य सविन पोखरेलको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । त्यसअघि गाउँ तथा नगरकमिटी सम्मेलन भदौ १ देखि ६ गतेसम्म सक्ने जिल्ला […]

२०७९ असार २३ गते, बिहीबार

नेकपा रुकुम(पश्चिम) नवौं राष्ट्रिय महाधिवेशन लक्षित कार्यक्रममा केन्द्रित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी रुकुम (पश्चिम)ले नवौं राष्ट्रिय महाधिवेशन लक्षित कार्यक्रममा डटेर लाग्ने निर्णय गरेको छ। सो पार्टीका जिल्ला सचिव चन्द्रको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य विश्व र सविनको विशेष उपस्थितिमा सम्पन्न बैठकले सो निर्णय गरेको हो।बैठकले नवौं राष्ट्रिय महाधिवेशन लक्षित कार्यक्रममा डटेर लाग्ने निर्णय गरेको सेक्रेटरी चन्द्रद्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख गरिएको छ।बिज्ञप्तिमा जिल्लाका […]

२०७९ असार २३ गते, बिहीबार

मंसिर २ गते प्रदेश र संघको निर्वाचन !

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर २ गतेका लागि प्रदेश र संघको निर्वाचनको मिति प्रस्ताव गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज प्रधानमन्त्रीसहितको छलफलमा आयोगका पदाधिकारीले मंसिर २ गतेका लागि चुनावको मिति प्रस्ताव गरेका छन् ।आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कानुनमन्त्री गोविन्द बन्दी, मुख्यसचिव शंकरदास बैरागी लगायत […]

२०७९ असार २२ गते, बुधबार

‘घाइतेको उपचार र मृतकका परिवारजनलाई आवश्यक क्षतिपूर्तिको व्यवस्था गर’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले रामेछापको सुनापति-लुभुघाटमा भएको बस दुर्घटनामा ज्यान गुमाउनु हुने सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुका शोक सन्तप्त परिवार र आफन्तजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आज एक शोक वक्तव्य जारी गर्दै उक्त दुर्घटनाका सम्पूर्ण घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन । साथै महासचिव विप्लवले […]

२०७९ असार २२ गते, बुधबार

युवा संगठन नेपालद्वारा संघर्षको घोषणा

काठमाडौँ । युवा संगठन नेपालले संगठनका केन्द्रीय नेता गिरफ्तारीविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै संगठनका केन्द्रीय उपाध्यक्ष दिनेश राजनीतिक कामको सिलसिलामा कैलाली जिल्लाको टिकापुरमा रहेको र सोही क्रममा कैलाली जिल्ला प्रहरीले टिकापुरबाट २०७९ असार १९ गते बिनाकारण गिरफ्तार गरि झुठा मुद्दा लगाएको उल्लेख गरेको […]

२०७९ असार २१ गते, मंगलवार

नेकपा(बहुमत)ले फैलाएको भ्रममा नपर्न अपिल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले नेकपा(बहुमत)ले फैलाएको भ्रममा नपर्न अपिल गरेको छ । सेक्रेटरी पौरख मल्लले एक बिज्ञप्ति जारी गर्दै क्रान्तिको नाममा जनतामा भ्रम सिर्जना नगर्न नेकपा (बहुमत) लाई आग्रहसमेत गरेका हुन ।यस बिसयमा सेक्रेटरी मल्लद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘आदरणीय जनसमुदायहरू सर्वप्रथम नेपाली समाजमा भएका विभिन्न परिवर्तनकारी आन्दोलन,जनयुद्ध,जन–आन्दोलन र एकीकृत क्रान्ति लगायत […]

२०७९ असार २१ गते, मंगलवार

गिरफ्तार नेता-कार्यकर्ता अबिलम्ब रिहा नगरे प्रतिरोध संघर्ष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी कैलालीले आफ्ना ३जना नेता-कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेकोमा निन्दा एवम भर्त्सना गर्दै अबिलम्ब रिहाई नगरे प्रतिरोध संघर्षका कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी दिएको छ । नेकपा कैलालीले एक प्रेस बिज्ञप्ति जारी गर्दै पार्टीको ऐतिहासिक नवौं महाधिवेशनलाई सफल पार्न र आम श्रमिक जनतालाइ महाधिवेशनको गौरवमय कार्यक्रमसंग जोड्ने उद्देश्य सहित जनभेटघाट तथा छलफलमा […]

२०७९ असार २१ गते, मंगलवार

बित्तिय संस्थाहरुले जनतामथि लादेको शोसण बन्द नगरे कडा प्रतिकार !

काठमाडौँ । जिल्ला जनपरिषद ईलामले बित्तिय संस्थाहरुले जनतामथि लादेको शोसण बन्द नगरे कडा प्रतिकार गर्ने बताएको छ ।जनपरिषदले एक चेतावनी सहितको बिज्ञप्ती जारी गर्दै किस्ता र ब्याज असुल्न तुरुन्त रोक्नु पर्ने र जनतालाई नतिर्न अनुरोध पनि गरेको छ । शनिवार जनपरिषद ईलामका प्रमुख अबिनाशद्वारा जारीबिज्ञप्तीमा यतिबेला देशकै आर्थिक अवस्था असन्तुलित भएको मौका छोपी बित्तिय संस्थाहरुले […]

२०७९ असार १९ गते, आईतवार