राजनीति

काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञा केही खुकुलो गरी असार ७ सम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेका थिए । बैठककाे निर्णयअनुसार आजदेखि खाद्यान्न, तरकारी, किराना पसल, फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइने भएकाे छ।त्यस्तै अब मनिङवाक गर्न हिड्डुल […]

२०७८ असार १ गते, मंगलवार

महन्थ ठाकुरद्वारा कार्यकारिणी समिति विस्तार

काठमाडौँ । जनता समाजवादी पार्टीको महन्थ पक्षले कार्यकारिणी समिति विस्तार गरेको छ। कार्यकारिणी समितिमा अल्पमतमा रहेको ठाकुर पक्षमा बहुमत पुर्‍याउन थप सदस्य मनोनित गरेका हुन्। काठमाडौं बबरमहलस्थित पार्टी कार्यालयमा आइतबार सम्पन्न ठाकुर पक्षको बैठकले कार्यकारिणी समिति विस्तार गरेको हो ।मनोनित नयाँ सदस्यहरूमा विमल श्रीवास्तव, उमाशंकर अरगरिया, डा विजयकुमार सिंह, सुरेन्द्र झा, उपेन्द्र महतो, राजीव झा, […]

२०७८ जेष्ठ ३१ गते, सोमबार

युवा संगठन ललितपुरद्वारा स्वास्थ्य सामाग्री वितरण

काठमाडौं । युवा संगठन नेपाल ललितपुरले नटौलका स्थानिय वासिन्दालाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । नेकपा ललितपुर जिल्ला सेक्रेटरी रमेश डंगोलको उपस्थितिमा स्वास्थ्य सामाग्री वितरण गरिएको हाे । कार्यक्रममा नेकपाका महानगर सेक्रेटरी बज्र, युवा संगठन नेपालका ललितपुर संयोजक सुदिप, महानगर अध्यक्ष रोशन मगर लगायत सहभागी थिए । यो कार्यक्रमले ३५ परिवार लाभान्वित भएको युवा संगठनले […]

२०७८ जेष्ठ ३१ गते, सोमबार

माडीका युवाहरू नेकपामा प्रवेश

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको आह्वानमा क्रान्तिकारी र वैज्ञानिक समाजवादी व्यवस्था चाहनेहरुबीच ध्रुवीकरण सुरु भएको छ । यसैक्रममा चितवनको माडी–५ स्थित दिवाकर बालग्राममा आयोजित कार्यक्रममा विभिन्न पार्टीहरु परित्याग गरि युवाहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।पार्टी प्रवेश गर्नेहरुमा माओवादी केन्द्र परित्याग गरि मनिराम महतो, जनमोर्चा नेपाल परित्याग गरी सहोदर महतो र राजिव महतो रहेका […]

२०७८ जेष्ठ ३० गते, आईतवार

सरकारको प्रवक्तामा नैनकला थापा

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई दिएको छ। थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । सरकारले प्रायः सञ्चारमन्त्रीलाई नै प्रवक्ताको जिम्मेवारी दिने गरेको छ। थापा बिहीबार सञ्चारमन्त्रीमा नियुक्त भएकी थिइन्। प्रधानमन्त्री ओलीले हिजो […]

२०७८ जेष्ठ २८ गते, शुक्रबार

सर्बोच्चद्वारा नागरिकता अध्यादेश कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त अन्तरिम आदेश दिएको हो ।सर्वोच्चले यदि नागरिकता अध्यादेश संघीय संसदबाट पारित हुन नसकेमा अध्यादेश बमोजिम वितरित नागरिकताको प्रमाणपत्रमाथि कानुनी जटिलता उत्पन्न हुने भन्दै […]

२०७८ जेष्ठ २७ गते, बिहीबार

मन्त्रिपरिषद पुनर्गठनः सात मन्त्री र एक राज्यमन्त्री थपिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । २५ सदस्यीय मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री , १८ मन्त्री र तीन राज्यमन्त्री भएका छन । आजको मन्त्रिपरिषद पुनर्गठनमा सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका ओलीले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनाइएका छन् ।प्रधानमन्त्री ओलीले खगराज अधिकारीलाई […]

२०७८ जेष्ठ २७ गते, बिहीबार

नागरिकता अध्यादेशविरुद्ध रिटको सुनुवाइ हुँदै

काठमाडौं । नागरिकता अध्यादेशविरुद्ध परेको रिटमा आज सवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरीप्रसाद खतिवडाको इजलासमा पेशीमा रहेको छ ।प्रतिनिधिसभा विघटन गरेपछि जसपाको एक पक्षलाई सरकारमा ल्याउने सरकारको सिफरिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी थिइन् ।

२०७८ जेष्ठ २७ गते, बिहीबार

निषेधाज्ञा खुकुलो र यातायातका साधनमा जोर-विजोरको तयारी

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण घट्न थालेपछि निषेधाज्ञा खुकुलो बनाउन छलफल सुरु गरेको छ । मंगलबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्दै मन्त्रालयले निषेधाज्ञा खुकुलो बनाउने गृहकार्य थालेको हो । जेठ मसान्तमा निषेधाज्ञा सकिएपछि जोर–विजोर लगाउनेबारे पनि छलफल भएको छ । सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाउने तर निजीको हकमा भने […]

२०७८ जेष्ठ २६ गते, बुधबार

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटको सुनुवाइ हुदै

काठमाडौं । संसद विघटन गरी निर्वाचनको घोषणा गरेर कामचलाउ बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत मन्त्रिपरिषद् विस्तार गरेको भन्दै परेका ६ वटा रिटमा आज सुनुवाइ हुने भएको छ। सबै रिट निवेदनहरु न्यायाधीश इश्वरप्रसाद खतिवडाको एकल इजलासमा सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ । कोरोना महामारी जारी रहेकाले सो सम्बन्धी रिटहरुमा भर्चुअल माध्यमबाट सुनुवाइ हुने बताइएको […]

२०७८ जेष्ठ २५ गते, मंगलवार