राजनीति

‘असोज ३ कालो दिन’

काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र नेपालले नेपालक‍ो राजनीतिक क्षितिजमा असोज ३ गतेको दिनलाई मुक्तिकामी नेपाली जनताप्रति ऐक्यबद्धता जनाउँदै कालो दिनका रुपमा लिने प्रतिबद्धता जाहेर गरेको छ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालका अध्यक्ष हस्तबहादुर केसीले आज एक बिज्ञप्ति जारी गर्दै सो प्रतिबद्धता गरेका हुन् ।यस बिषयमा अध्यक्ष केसीद्वारा ‘असोज ३ गते […]

२०७७ आश्विन ३ गते, शनिबार

‘यथास्थितिमा निजामती कर्मचारी ट्रेड युनियनको निर्वाचन हुन सक्दैन’

काठमाडौँ । राष्ट्रिय कर्मचारी महासङ्घ नेपालले सरकारले अगामी असोज २४ गते निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन घोषणा गरेको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कोरोना भाइरस (कोभिड १९) बाट देश नै आक्रान्त र जनता भयभीत भइरहेको अवस्थामा राष्ट्रसेवक कर्मचारीहरू जनसेवामा समर्पित हुनुपर्ने बेला र देशको यस्तो विषम परिस्थितिमा सरकार आफैँले भेला, सम्मेलन, तालिम […]

२०७७ आश्विन २ गते, शुक्रबार

नेकपा नवलपुरद्वारा जिल्लाभर वालपेन्टिङ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नवलपुरले जिल्लाभरि वाल पेन्टिङ गरेको छ । जिल्लाका १७० भन्दा बढी स्थानमा वाल पेन्टिङ गरिएको नेकपाले जनाएको छ । गाउँ–टोल अभियानअन्तर्गतको भेटघाटमा नेकपाका नेता, कार्यकर्ता, जिल्ला जनपरिषद्, युवा सङ्गठन नेपाल, अखिल (क्रान्तिकारी), स्थानीय बासिन्दाको सहभागितामा जिल्लाभर वाल पेन्टिङ गरिएको जनाइएको छ । जिल्लास्थित सरकारी कार्यालय, स्थानीय निकाय, बन कार्यालय, प्रतीक्षालय, […]

२०७७ आश्विन १ गते, बिहीबार

नेकपाद्वारा पार्टीका नाममा नक्कली र अनधिकृत हर्कत नगर्न चेतावनी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पार्टीका नाममा नक्कली र अनधिकृत हर्कत नगर्न चेतावनी दिदै कहीँकतै भेटिएमा कठोर कारबाहीको भागीदार हुनु पर्ने चेतावनी दिएको छ । पार्टीले सामाजिक सञ्जालमा केही व्यक्तिहरूबाट आएका अनर्गल हल्ला र भ्रमको पछि नलाग्न समेत आम जनसमुदायहरूमा अपिल गरेको छ ।नेपाल कम्युनिस्ट पार्टी कास्कीका सेक्रेटरी विश्वासले विज्ञप्ति जारी गर्दै सो कुरा बताएका […]

२०७७ आश्विन १ गते, बिहीबार

काठमाडौं जिल्ला प्रशासन कार्यालयको स्थगित सेवा सुचारु हुदै

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम बढेको भन्दै गत साउन २५ देखि स्थगित गरेका सेवाहरु असोज ४ गते आइतबारदेखि पुनः सञ्चालन गर्ने जनाएको छ । प्रशासन कार्यायले बिहीबार एक सूचना जारी गर्दै नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, नाबालक परिचयपत्र, राहदानी, हातहतियार दर्ता, पत्रपत्रिका, स‌ंघसंस्था दर्ता र नवीकरणसम्बन्धी सेवा असोज ४ देखि खुला हुने […]

२०७७ आश्विन १ गते, बिहीबार

देउवाको सचिवालयका कर्मचारीमा कोरोना संक्रमण !

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना पोजेटिभ देखिएसँगै देउवा होम आइसोलेसनमा बसेका छन् । देउवा होम आइसोलेसनमा बसेसँगै आजका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल स्थगित भएको छ । सभापति देउवाको भोलि स्वाब परीक्षण गरिने सहयोगि भानु देउवाले जानकारी दिए । देउवाको कोरोना परिक्षणको रिपोर्ट आएपछि […]

२०७७ आश्विन १ गते, बिहीबार

जनगणतान्त्रिक सम्पर्क मञ्चको जिल्ला भेला सम्पन्न

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति अन्तर्गत सिराहा–काठमाडौँ जिल्लाको भेला सम्पन्न भएको छ । भेलाले अविरल थापाको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ । सदस्यहरूमा मीना थापामगर, सन्तोष राई, भेषकुमार तामाङ र असिन शाह रहेको प्राप्त समाचारमा जनाइएको छ । त्यस्तै मञ्चको दार्चुला–काठमाडौँको भेला पनि सम्पन्न भएको छ । […]

२०७७ भाद्र ३० गते, मंगलवार

नेकपाद्वारा पहिरोपिडितहरूको उद्धार तथा खोजीकार्यमा लाग्न निर्देशन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पहिरोमा परी बेपत्ता भएकाहरूको उद्धार तथा खोजीकार्यमा तीव्रताका साथ लागिपर्नका निमित्त पार्टीपङ्क्तिलाई निर्देशन दिएको छ । अविरल वर्षाका कारण शनिबार राती गएको पहिरोले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं. ७ घुम्थाङको नागपूजेमा भएको धनजनको क्षतिप्रति नेकपाले दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दै सो निर्देशन दिएको हो ।नेकपाका केन्द्रीय सदस्य […]

२०७७ भाद्र ३० गते, मंगलवार

माक्र्सवादी एकता अभियान गठन : राजनीतिक दलमाथिको प्रतिबन्ध फुकुवा गर्न माग

काठमाडौं । वामपन्थि बुद्धिजीवि तथा सामाजिक अभियन्ताहरुले ‘माक्र्सवादी एकता अभियान नेपाल’ नाम गरेको संगठन निर्माण गरेका छन् । सरकारले राजनैतिक दलमाथि प्रतिबन्ध थोपर्ने र गैर-लोकतान्त्रिक थुनछेक गरेर मानव अधिकारको धज्जी उड़ाउने र गैर-न्यायिक राजनीतिक हत्याहरु समेत हुन् थालेपछि सो अभियानको थालनी गरिएको बताइएको छ । संयोजक डा. शम्भु कट्टेल रहेको सो अभियानमा सह—संयोजक प्रा.डा. रमेश […]

२०७७ भाद्र ३० गते, मंगलवार

डा.गोविन्द केसीद्वारा अनसनसुरु

काठमाडौँ । डा गोविन्द केसी पुन: अनसन वसेका छन् । चिकित्सा शिक्षामा सुधारको माग राख्दै पटक पटक अनसन बसेका डा. केसीले जुम्लाको चन्दननाथ ६ रानिचौरमा रहेको वाविरा मन्दिरमा १९ औ अनसन सुरु गरेका हुन । डा केसीले नेपालीहरुको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पचुहको सुनिश्चितता र वली सरकारको लुटतन्त्र तानाशाही तन्त्र विरुद्ध जुम्लामा […]

२०७७ भाद्र २९ गते, सोमबार