राजनीति

शिक्षामन्त्रीद्वारा तत्काल विद्यालय नखाेल्न आग्रह

काठमाडौं । शिक्षा पत्रकार समाजले आयोजना गरेकाे भर्चुअल कार्यक्रममा सम्बाेधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तत्काल विद्यालयहरू नखाेल्न आग्रह गरेका छन । उनले काेराेना भाइरस (कोभिड– १९) को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नु घातक हुने, बरू वैकल्पिक सिकाइ प्रणालीलाई नै प्राथमिकता दिनुपर्ने बताएका छन ।‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक उक्त […]

२०७७ आश्विन १० गते, शनिबार

राष्ट्रिय मानव अधिकार आयोगद्वारा डा. केसीको माग वार्ताबाट समाधान गर्न आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले डा. गोविन्द केसीको मागबारे विमतिका विषय वार्ताको माध्यमबाट समाधान गर्न तथा आमरण अनशनजस्तो जीवन नै जोखिममा पर्न सक्ने जटिल विकल्प नरोज्न आग्रह गरेको छ । आयोगका सचिव वेद भट्टराईले आज जारी गरेको विज्ञप्तिमा चिकित्सा शिक्षाजस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन, डा केसीसँग नेपाल सरकारले विगतमा पटक–पटक गरेका सम्झौताप्रति […]

२०७७ आश्विन ९ गते, शुक्रबार

एसिड आक्रमण जघन्य अपराध !

काठमाडौं । प्रधानमन्त्रीनिवास, बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एसिड आक्रमण गर्नेमाथि जघन्य अपराधमा कार्वाही गर्ने गरी अध्यादेश ल्याएको छ । पारित अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति कार्यालयमा पठाउने निर्णय सरकारले गरेको छ । संसद्को नियमित अधिवेशन चालु नभएकाले अध्यादेश आउने हिउँदे अधिवेशनमा पेश गरिने छ । गत २५ भदौमा एसिडपीडितहरूसँग बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले दोषीलाई […]

२०७७ आश्विन ९ गते, शुक्रबार

नेकपाद्वारा पहिरो पिडीतको राहत र उद्धारमा जुट्न कार्यकर्तालाई निर्देशन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी पाल्पाले विगत ३ दिनदेखी परेको अविरल बर्षाका भएको धनजनको क्षतिप्रति दुःख ब्यक्त गरेको छ । नेकपाका पाल्पा जिल्ला इन्चार्ज प्रविणले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै जिल्लाको फोक्सिङकोट सुरुङ डाँडाकी २७ बर्षीय गर्भवती मोतीसरा गाहाको मृत्यु भएको भन्दै दुःख ब्यक्त गरेका छन् ।यस्तै विज्ञप्तिमा प्रवीणले बेलाङगाका होमबहादुर गाहा सहित उनकी श्रीमति […]

२०७७ आश्विन ८ गते, बिहीबार

सर्वोच्चद्वारा बामदेवलाई संवैधानिक जिम्मेवारी नदिन आदेश

काठमाडौं । सर्वोच्च अदालतले हालै राष्ट्रिष्यसभा सदस्य नियुक्त हुनु भएका नेकपा उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले रिट निवेदक र विपक्षी सरकारलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाउँदै त्यतिन्जेलसम्म गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको हो ।अधिवक्ता दिनेश त्रिपाठी र […]

२०७७ आश्विन ७ गते, बुधबार

चिनद्वारा नेपाली भूमि नमिचेको प्रष्टीकरण

काठमाडौं । चीनले नेपालसँग सीमा जोडिएको कुनै पनि ठाउँमा भौगोलिक विवाद नरहेको जिकीर गर्दै नेपालको भूमिमा भवन नबनाएको बताएको छ। साथै नेपालले आफ्नो भूमिमा चीनले बनाएको भनिएका भवनहरुको सत्यतथ्य जाँच गर्न सक्ने पनि प्रष्ट गरेको छ । हुम्लाको लाप्चाबगरमा शदीयौंदेखि नेपालीले भोगचलन गरिरहेको नेपाली भूमि अतिक्रमण गरेर चीनले भवन बनाएको खबर आएकै बेला चीनको यो […]

२०७७ आश्विन ७ गते, बुधबार

डा. भट्टराईद्वारा सरकार कानमा तेल हालेर बसेको आरोप

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार कानमा तेल हालेर बसेको आरोप लगाएका छन । चिनियाँ सीमामा आफूले मगाएका सामान लामो समयदेखि रोकिएर चिन्तित बनेका व्यवसायीलाई भेटेपछि उनले सो आरोप लगाउदै सरकारको ध्यानाकर्षण गराएका हुन् ।चीनबाट आयात गर्न लागिएका अर्बौको सामान लामो समयदेखि सीमामै रोकिँदा पनि भित्राउन पहल नगरेकामा भट्टराईले ट्वीटरमा लेख्नुभएको छ, ‘छिमेकी चीनबाट […]

२०७७ आश्विन ६ गते, मंगलवार

‘ गिरफ्तार नेता–कार्यकर्ता र सर्वसाधारणलाई रिहा गर’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले आफ्नो पार्टीका जिल्ला सदस्य गुणसिंह रुम्बा र साधारण जनता दिनेश लामालाई प्रहरीले गिरफ्तार गरेको भन्दै रिहाइको माग गरेको छ ।नेकपाका मकवानपुर जिल्ला इन्चार्ज जमिनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना नियन्त्रण र रोकथाममा असफल बनेको सरकारले आफ्नो पार्टीका नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गर्ने र दुःख दिने गरेको भन्दै उक्त कार्यको भत्र्सना […]

२०७७ आश्विन ५ गते, सोमबार

वामदेवलाई राष्ट्रियसभामा गरिएको मनोनयन बदर गर्न माग गर्दै दायर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा गरिएको मनोनयन बदर गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उत्प्रेषण तथा परमादेश लगायत अन्य उपयुक्त आदेशको माग गर्दै रिट निवेदन दर्ता गराएका हुन् । रिटको सुनुवाई बुधबार हुने सर्वोच्चले जानकारी दिएको निवेदक त्रिपाठीले जानकारी दिए । […]

२०७७ आश्विन ५ गते, सोमबार

नेकपाद्वारा तीन दिनभित्र खर्च विवरण सार्वजनिक गर्न माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी झापाले जिल्लाका स्थानीय तहहरूले कोरोना महामारीको कारण देखाउँदै करोडौँ रकम हिनामिना गरेको भन्दै तीन दिनभित्र खर्च विवरण सार्वजनिक गर्न माग गरेको छ । नेकपाका जिल्ला सेक्रेटरी श्रीजङ्गले विज्ञप्ति जारी गर्दै तीन दिनभित्र कोरोना उपचार तथा व्यवस्थापनमा भएको खर्च विवरण सबै स्थानीय तहमार्फत सार्वजनिक गर्न माग गरेका हुन् ।त्यस्तै झापाका विभिन्न […]

२०७७ आश्विन ५ गते, सोमबार