राजनीति

नेता सुदर्शनलाई ८ दिनको म्याद

काठमाडौं, १० चैत । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्यकेन्द्रीय कमान्ड इन्चार्ज सुदर्शनसहित ९ जनालाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । आज सुदर्शनसहित ९ जनालाई जिल्ला अदालत ललितपुरमा न्यायाधीश चुडामणी खड्काको ४ नम्बर इजलासले ८ दिनका लागि म्याद थप गरेको हो । सुदर्शनका तर्फबाट बरिष्ठ अधिवक्ता एकराज भण्डारीसहित ६ जना अधिवक्ताले थुनछेक बहस […]

२०७५ चैत्र १० गते, आईतवार

पछिल्लो मर्यादाक्रमप्रति सेना असन्तुष्ट

काठमाडौं, ९ चैत । पछिल्लो मर्यादाक्रमप्रति नेपाली सेना असन्तुष्ट भएको छ। गृह मन्त्रालयले सेनाको अधिकृत तहलाई अन्य सुरक्षा निकायका अधिकृत र निजामती अधिकृतभन्दा तल राखेर नयाँ मर्यादाक्रम जारी गर्न लागेपछि सेनाले असन्तुष्टि जनाएको हो। प्रस्तावित मर्यादाक्रममा नेपाल प्रहरीको निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृतभन्दा उपसेनानी पछाडि छन्। सहसेनानीलाई सरकारको शाखा अधिकृत एवं तृतीय […]

२०७५ चैत्र ९ गते, शनिबार

भारतीय विदेश सचिव गोखले नेपाल आउदै

काठमाडौं, ८ चैत । भारतीय विदेश सचिव विजय केशव गोखले नेपाल भ्रमणमा आउने भएका छन् । लगानी सम्मेलनको पूर्वसन्ध्यामा गाेखले यही मार्च २८ अर्थात् चैत १४ गते दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् । चैत १५ र १६ गते काठमाडौंमा लगानी सम्मेलन हुँदैछ । नेपाल बसाइको क्रममा गोखलेले नेपाली अधिकारीहरुसँग भारतीय सहयोगका कार्यक्रम र […]

२०७५ चैत्र ८ गते, शुक्रबार

संवैधानिक आयोगका अध्यक्षद्वारा शपथ ग्रहण

काठमाडौं, ७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेकी छन् । राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्ष पदमा समिम मियाँ अन्सारीलाई […]

२०७५ चैत्र ७ गते, बिहीबार

‘दमन गर्नेलाई बीसाैं वर्षसम्म पनि छाेडिदैन’

काठमाडौँ , ६ चैत । नेपाल कम्युनिस्ट पार्टी मेची ब्युरो कार्यलयको तर्फबाट एक बिज्ञप्ति जारी गर्दै दमन गर्ने इलाम जिल्लाका प्रजिअ र एसपिले आफ्नो दमनकारी गतिबिधी नबदले बिसौं बर्स पछि भएपनि नछोड्ने चेतावनी दिएको छ । आफ्नो पार्टिले संचालन गरेको संगठन सुदृढ तथा बिस्तार अभियानकै क्रममा जनताहरु संग छलफल, अन्तर्कृया, र भेटघाट गरिरंहदा दक्षिणी इलामको […]

२०७५ चैत्र ६ गते, बुधबार

ने. क. पा. को संगठन सुदृढीकरण तथा बिस्तार अभियान सम्पन्न

काठमाडौं, ५ चैत । नेपाल कम्युनिस्ट पार्टीद्वारा मेचिमा सञ्चालित संगठन सुदृढीकरण तथा बिस्तार अभियान दुईको अन्तिम समीक्षा कार्यक्रम यहीँ चैत ४ गते उत्साहपुर्वक सम्पन्न भएको छ । मेची ब्युरो कार्यालय सदस्य तारा थापाको अध्यक्षता र पार्टीका पाेलिटब्युरो सदस्य तथा अभियान टाेली प्रमुख अाेम प्रकाश पुनकाे प्रमुख अातिथ्यमा सम्पन्न कार्यक्रममा अभियानमा क्रियाशील सबै अभियान कर्मिले अाफ्नाे […]

२०७५ चैत्र ५ गते, मंगलवार

सत्तारुढ दल छोडी नेकपामा प्रवेश गर्नेको लर्को

काठमाडौं, ४ चैत । सत्तारूढ दल नेकपा छाडेर विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्नेहरूको लर्को लागेको छ । सरकारले विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाए पनि कञ्चनपुरमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) छाडेर विभिन्न ठाउँबाट १२० भन्दा बढी विप्लव नेकपामा प्रवेश गरेका सङ्गठन सुदृढीकरण अभियानका इन्चार्ज जीवन नेपालीले बताएका छन् । नेता नेपालीले भने, ‘सरकारले […]

२०७५ चैत्र ४ गते, सोमबार

उपकुलपतिले झुठो बोलेको भन्दै आन्दोलन

काठमाडौं , ३ चैत । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाँले विश्वविद्यालयमा ३३ प्रतिशत महिला क्याम्पस प्रमुख बनाउन नमानेको आरोप लगाउदै महिला प्राध्यापक र विद्यार्थीहरुले बागबजारस्थित पद्मकन्या क्याम्पसमा नारावाजी गर्दै धर्ना दिएका छन् । गत फागुन २७ गते उपकुलपति कार्यालयमा, २८ गते पदमकन्या क्याम्पस प्रमुख, २९ गते प्रशासन र ३० गते त्रिविका शिक्षाध्यक्ष र रजिष्ट्रारको […]

२०७५ चैत्र ३ गते, आईतवार

‘विप्लवलाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्छ’

काठमाडौं, २ चैत । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपालाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने बताएका छन । प्रेस युनियन पाल्पा शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले प्रेस माथिको अंकुश लगाउने कार्य सहन नसकिने बताए । उनले प्रकाशन र अभिव्यक्ति स्वतन्त्रतमाथि राज्यले दमन गर्न नहुने बताए । नेपाली काङ्ग्रेस र […]

२०७५ चैत्र २ गते, शनिबार

बन्दले पूर्वमा जनजीवन प्रभावित

काठमाडौं, ३० फागुन । सरकारकोे दमन, सेना परिचालन, गोलीकाण्ड र ज्यादाति रोक्न, देशभरबाट गिरफ्तार आफ्ना नेता कार्यकर्तामाथि चलाएको अमानवीय यातना र झुठा मुद्दाविरुद्ध नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव पूर्वका जिल्लाहरुमा पनि परेको छ । पूर्वका पाँचथर, ईलाम, झापा, मोरङ, सुनसरी धनकुट, लगायतका जिल्लाहरुमा पनि बन्दको प्रभाव परेको […]

२०७५ फाल्गुन ३० गते, बिहीबार