राजनीति

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक मंगलबार प्रतिनिधि सभामा पेस हुने

काठमाडौँ। संक्रमणकालीन न्याय सम्बन्धी विधेयक मंगलबार प्रतिनिधि सभामा पेस हुने भएको छ । प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले आगामी बैठकमा पेस गर्ने व्यवस्थाका लागि सभामुख देवराज घिमिरेलाई आग्रह गरेको छ । कानुन समितिका सभापति बिमला सुवेदीले शुक्रबार सभामुख घिमिरेलाई भेटेरै सो आग्रह गरेकी हुन् ।सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा कानुन समितिका सदस्यहरू […]

२०८१ श्रावण २५ गते, शुक्रबार

जुम्ला-काठमाडौं समाजवादी मञ्चको अध्यक्षमा रमेश सी

काठमाडौँ । जुम्ला-काठमाडौं समाजवादी मञ्चको प्रथम भेलाले रमेश सीको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा संजिता सी, सचिवमा महेश सी, सह-सचिवमा राजेन्द्र सी, कोषाध्यक्षमा चन्द्र बहादुर सीलगायत रहेका छन ।बिहीबार काठमाडौंको आर.आर क्याम्पसमा आयोजित उक्त भेलालाई सम्बोधन गर्दै नेकपाका स्थायी समिति सदस्य सुशील सीले नेपाली विशेषताको समाजवाद प्राप्तिका लागि सबै मोर्चा […]

२०८१ श्रावण २५ गते, शुक्रबार

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज अपराह्न चार बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बताइएको छ । बैठक अघि बिहान ११ बजे कार्यालय बैठक बोलाइएको छ । उक्त बैठकले स्थायी समितिका बैठकका एजेण्डा तय गर्नेबताइएको छ ।बैठकमा समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र आगामी कार्ययोजनाबारे लगायतका एजेण्डामा छलफल हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले […]

२०८१ श्रावण २५ गते, शुक्रबार

नेकपा दाङद्वारा सहिद महानको शालिक बनाउने अभियान सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी दाङले एकीकृत जनक्रान्तिका सहिद गोकुल राणा ( महान) को शालिक निर्माण अभियान सुरु गरेको जनाएको छ । बुधबार शालिक निर्माणका लागि सार्वजनिक जग्गा लगाएतका बिषयमा पार्टीले विभिन्न व्यक्तिहरुसंग भेटघाट गरेको हो ।पार्टीका जिल्ला सेक्रेटरी तिलक सी सहितको टोलिले बुधबार बबई गाउँपालिका -३ का वडा अध्यक्ष मान बहादुर केसीलाई वडा कार्यालयमै […]

२०८१ श्रावण २४ गते, बिहीबार

टीआरसी विधेयक संसदीय समितिबाट पारित गरिँदै

काठमाडौँ । प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिवाट संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित गर्ने तयारी गरिएको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित गर्न समितिको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ।समिति सदस्य महेश बर्ताैलाले शीर्ष तहबाटै टुंगिसकेकाले विधेयक समितिबाट आजै पारित हुने […]

२०८१ श्रावण २४ गते, बिहीबार

नेकपा रोल्पाद्वारा विवादित जग्गा नेकपाको भएको दाबी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी रोल्पाले त्रिबेणी गाउँपालिका ६, मजुवा गाउँमा रहेको हरिभक्त खड्काको विवादित जग्गा नेकपाको भएको दावी गरेको छ। सो पार्टीले सोमबार उक्त जग्गामा बृहत प्रदर्शनसहित झण्डा गाडेर उक्त दावी गरेको हो ।उक्त प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा पोलिटब्युरो सदस्य आदर्श सीले उक्त विवादित जग्गा नेकपाको रहेको दाबी गरेका थिए भने नेकपाका केन्द्रिय सदस्य […]

२०८१ श्रावण २३ गते, बुधबार

कार्यदलले टीआरसी विधेयकको प्रतिवेदन शीर्ष नेतालाई बुझायो

काठमाडौँ । संक्रमणकालीन न्याय सम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदलले मुख्य दलका शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाएको छ । कार्यदलले सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी) केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रतिवेदन बुझाएको हो ।संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलमा गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले)का मुख्य सचेतक […]

२०८१ श्रावण २३ गते, बुधबार

टीआरसी विधेयकको प्रतिवेदन शीर्ष नेतालाई बुझाइँदै

काठमाडौँ । संक्रमणकालीन न्याय सम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदलले आज मुख्य दलका शीर्ष नेताहरुलाई संयुक्तरुपमा प्रतिवेदन बुझाउने बताइएको छ । कार्यदल सदस्य महेश बर्तौलाले सहमतिको लिखित प्रतिवेदन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बुझाउन लागिएको जानकारी दिए ।उनका अनुसार शीर्ष नेताहरुले प्रतिवेदन अध्ययन गरेपछि […]

२०८१ श्रावण २३ गते, बुधबार

बन्द उद्योग तत्काल सञ्चालन गर

काठमाडौँ । युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सीले बन्द उद्योग तत्काल सञ्चालन गर्न माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीनिकट युवा संगठन नेपालद्वारा सोमवार हेटौडामा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले सो माग गरेका हुन्। अध्यक्ष दिनेश सीले नेपालका दलालहरुले राष्ट्रिय उद्योगहरु बेचेर खाएको भन्दै कडा आपत्ति जनाए । उनले युवा युवतीहरुलाई सचेत गराउदै दलालहरुले […]

२०८१ श्रावण २१ गते, सोमबार

‘लेबनानमा नेपाली सुरक्षित छन्’

काठमाडौँ । परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा तनाव बढ्न थाले पनि त्यहाँ रहेका नेपालीहरु हालसम्म सुरक्षित रहेको बताएको छ। मन्त्रालयले सोमबार एक सूचना जारी गरी लेबनानमा विकसित पछिल्लो घटनाक्रममा त्यहाँ सम्पूर्ण नेपालीको सुरक्षा तथा हितका लागि नेपाल सरकार सचेत रहेको जनाएको हो ।मन्त्रालयले तत्कालै थप कुनै सहयोग आवश्यक परेमा कायरोस्थित नेपाली राजदूतावास तथा नेपाल सरकार, परराष्ट्र मन्त्रालयमा […]

२०८१ श्रावण २१ गते, सोमबार