राजनीति

अमेरिकी उपविदेशमन्त्री रिचर्ड बर्मा नेपाल आइपुगे

काठमाडौँ । काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत अमेरिकाका व्यवस्थापन तथा स्रोत सम्बन्धी उपविदेशमन्त्री रिचर्ड बर्मा नेपाल आइपुगेको जानकारी दिएको छ। उनलाई अमेरकी राजदूत डिन थम्पनले स्वागत गरेका थिए। भ्रमणका क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ताहरू, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू र नेपाली व्यवसायीहरूसँग भेट्ने दूतावासले जनाएको छ।

२०८१ श्रावण ३२ गते, शुक्रबार

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित

काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा शीर्ष नेताहरूको सम्बोधन र दलीय आधारमा छलफलपछि विधेयक पारित गरिएको हो ।कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ प्रतिनिधि सभावाट पारित भएको हो […]

२०८१ श्रावण ३० गते, बुधबार

बिरुवा गाउँपालिका अध्यक्ष कुँवरविरुद्ध पक्राउ पुर्जी

काठमाडौँ । जिल्ला अदालत स्याङ्जाले बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उनलाई सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको हो । स्याङ्जाको सूर्योदय बचत तथा ऋण सहकारीमा तत्कालिन सचिव हुँदा देखिएको हिनामिनाका विषयमा उनीमाथि उजुरी परेको थियो । गत साउन ११ गते सोही सहकारीका सञ्चालक जीवन वाग्लेलाई प्रहरीले पक्राउ गरेको […]

२०८१ श्रावण ३० गते, बुधबार

तलबमान निर्धारणमा भेदभाव नगर्न आग्रह

काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियनले सबै पद तथा श्रेणीका कर्मचारीको पदसोपान एवं मर्यादाक्रम बमोजिम तलबमान निर्धारण गर्न सरकारसँग आग्रह गरेको छ । युनियनले आज एक विज्ञप्ति जारी गर्दै सर्वोच्चको आदेश अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ ।युनियनका केन्द्रीय सचिव तथा राजपत्र अनङ्कित कर्मचारी संरक्षण अभियानका अभियन्ता प्रकाश भट्टराईले तलबमान निर्धारणमा राजपत्र अनङ्कित कर्मचारीलाई बेवास्ता […]

२०८१ श्रावण २९ गते, मंगलवार

नेकपा बर्दियाद्वारा लागू औषध, सामाजिक विकृति र भेदभावहरु रोक्न माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी बर्दियाले लागू औषध, विभिन्न सामाजिक विकृति र भेदभावहरु रोक्न माग गरेको छ। सो पार्टीले सोमबार जिल्ला प्रशासन कार्यालय बर्दियालाई ज्ञापनपत्र बुझाउदै जिल्लामा अवैद्यरुपमा भइरहेको लागूऔषध कारोवारलगायतका विभिन्न सामाजिक विकृति तथा भेदभावका घटनाहरु नियन्त्रण गर्न माग गरेको हो । नेकपा बर्दियाका इन्चार्ज हिमशिखर सी र जिल्ला सेक्रेटरी टिकाराम सीले हस्ताक्षर गरेको […]

२०८१ श्रावण २९ गते, मंगलवार

देशभक्त, राष्ट्रवादी र क्रान्तिकारी शक्तिहरुबिच ध्रुवीकरण आवश्यक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा कास्की इन्चार्ज आस्था सीले देशभक्त, राष्ट्रवादी र क्रान्तिकारी शक्तिहरुबिच ध्रुवीकरण आवश्यक भएको बताएकी छन । आइतबार नेकपा कास्कीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन्।नेता आस्था सीले देशको राजनीति नयाँ बिन्दुमा प्रवेश गरेको उल्लेख गर्दै क्रान्तिकारी शक्तिहरुबिच एकताबद्ध हुने र नेपाली विशेषताको समाजवादमा […]

२०८१ श्रावण २८ गते, सोमबार

उत्पादन कार्य देशलाई आत्मनिर्भर बनाउने पार्टीको महाअभियान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ्ग जिल्ला इन्चार्ज सविन सीले उत्पादन कार्य देशलाई आत्मनिर्भर बनाउने पार्टीको महाअभियान भएको बताएका छन् । आइतबार नेकपा दाङको दोस्रो पूर्ण बैठकलाई सबोधन गर्दै उनले सो कुरा बताएका हुन्। नेता सविन सीले पार्टीको कृषि उत्पादनको नीतिले पार्टी जनताका बिचमा लोकप्रिय बन्दै गएको बताउदै भने– ‘ उत्पादनको कार्यले […]

२०८१ श्रावण २८ गते, सोमबार

भारतीय विदेशसचिव मिस्री नेपाल आइपुगे

काठमाडौँ । भारतका विदेशसचिव विक्रम मिस्री नेपाल आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका हुन् । उनलाई सचिव लम्सालले स्वागत गरेकी छन् । परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुने […]

२०८१ श्रावण २७ गते, आईतवार

अस्पताल भवनको नामाकरण ब्यक्तिको नाममा गर्नु गलत

काठमाडौँ । समाजवादी मोर्चा बुटवलले नेपाल सिद्धार्थ महिला तथा बाल अस्पतालको प्रशासनिक भवनको नामाकरण ब्यक्तिको नाममा गर्ने निर्णय गलत भएको बताउदै उक्त निर्णयको बिरोध जनाएको छ । मोर्चाका संयोजक एवम् नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष चिनबहादुर गुरुङ्ग ,नेकपा माओबादी केन्द्र नगर अध्यक्ष महेन्द्र भुषाल, नेपाल कम्युनिष्ट पार्टी नगर सेक्रेटरी विज्ञान सीले शुक्रबार संयुक्त बिज्ञप्ति जारी […]

२०८१ श्रावण २६ गते, शनिबार

भारतीय विदेश सचिव नेपाल आउँदै

काठमाडौँ । परराष्ट्र मन्त्रालयले भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्री भोली नेपाल भ्रमणमा आउने बताएको छ । मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा मिस्रीले नेपालको दुईदिने औपचारिक भ्रमण गर्न लागेका हुन्। दुई देशका विदेश सचिवबीच पारस्परिक हितका विषयलाई अगाडि बढाउने तथा सम्बन्ध थप सुदृढीकरण गर्नेलगायत विभिन्न विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा […]

२०८१ श्रावण २६ गते, शनिबार