राजनीति

सार्क सम्मेलनको सम्पूर्ण तयारी पूरा

काठमाडौँ, ५ मङ्सिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औंँ शिखर सम्मेलनसम्बन्धी सम्पूर्ण तयारी पूरा हुनाका साथै सम्मेलनका प्रक्रियागत बैठक शनिबारदेखि यहाँ हुँदैछ । भौतिक पूर्वाधार निर्माण तथा सारभूत विषयसहित सम्पूर्ण तयारी पनि पूरा भएको छ । भौतिक पूर्वाधारका छिटपुट काम आजै सम्पन्न हुने जानकारी सम्बन्धित निकायका पदाधिकारीले सरकारलाई गराइसकेका छन् । […]

२०७१ मंसिर ६ गते, शनिबार

शान्ति सम्झौताको आठ वर्ष पूरा

काठमाडौ। सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको आज आठ वर्ष पूरा भएको छ । शान्ति सम्झौताको आठ वर्ष बित्दासमेत सम्झौताका कतिपय प्रावधान अझै कार्यान्यवन भएका छैनन् । ५ मंसिर २०६३ मा भएको शान्ति सम्झौतामा सरकारका तर्फबाट तत्कालिन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला र विद्रोहीका तर्फबाट माओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका थिए । […]

२०७१ मंसिर ५ गते, शुक्रबार

आज अन्तर्राष्ट्रिय बालअधिकार दिवस

काठमाडौ, ४ मंसिर । आज अन्तर्राष्ट्रिय बालअधिकार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरेर मनाइँदैछ ।दिवसका अवसरमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रमहरुको आयोजना गरिएका छन् । सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघले बालअधिकार महासन्धि अनुमोदन गरेको दिनको स्मरणमा हरेक वर्षको २० नोभेम्बरमा यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको बालअधिकार महासन्धि कार्यान्वयनमा आएको २५ […]

२०७१ मंसिर ४ गते, बिहीबार

२२ दलीय मोर्चाको बैठक बस्दै

काठमाडौ,३ मंसिर । एकीकृत नेकपा माओवादी नेतृत्वको २२ दलीय मोर्चाको बैठक आज बस्दैछ ।कांगे्रस एमालेको ७ प्रदेशसहितको साझा प्रस्तावको विषयमा सत्तारुढ र विपक्षी दलबीच तिब्र मतभेद भइरहेका बेला मोर्चाले आन्तरिक छलफल गर्न लागेको हो । सत्तारुढ दलको प्रस्तावलाई संविधानसभामा प्रवेश गराउन नदिने रणनीति बनाउन मोर्चाको बैठक बस्न लागेको जनाइएको छ । मोर्चामा आवद्ध मधेसी जनअधिकार […]

२०७१ मंसिर ३ गते, बुधबार

बाबुरामलाई सम्वाद समितिबाट हटाउन चलखेल

काठमाडौं । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईविरुद्ध समितिमा रहेका बहुमत अर्थात ४३ सभासदले हस्ताक्षर संकलन गरेका छन् ।प्रधानमन्त्री सुशील कोइरालाकै रोहवरमा गरिएको हस्ताक्षर अभियानमा एमाले र कांग्रेसका ३४ सभासदको संलग्नता छ । अन्य दलका सातजना र दुई स्वतन्त्र सभासदसमेत गरी ४३ सदस्यले हस्ताक्षर गरेका छन् । सम्वाद समितिमा कुल ७१ […]

२०७१ मंसिर २ गते, मंगलवार

न्यायाधीशहरुको दोस्रो राष्ट्रिय सम्मेलन सुरु हुदै

काठमाडौ, १ मंसिर। आज दिउँसो २ बजेदेखि देशभरका न्यायाधीशहरुको राष्ट्रिय सम्मेलन राजधानीमा शुरु हुँदैछ । प्रज्ञा भवनमा हुने सम्मेलनको उद्घाटन राष्ट्रपति डा. रामवरण यादवले गर्नुहुनेछ । सम्मेलनमा प्रधानमन्त्री, संविधानसभाका अध्यक्षलगायत सहभागी हुने भएका छन् । ३ दिनसम्म चल्ने सम्मेलमा भोलि र पर्सी विभिन्न विषयमा छलफल हुनेछ । भावी संविधानमा न्यायपालिकाको स्थान र संरचना, न्यायपालिका भित्रको […]

२०७१ मंसिर १ गते, सोमबार

आज पूर्वका नौ जिल्ला बन्द

काठमाडौँ ,३० कार्तिक । सरकार र संघिय लिम्वुवान पार्टी नेपालबीच भएको पांच बुंदे सहमति कार्यान्वयनको माग राख्दै संघिय लिम्वुवान पार्टी नेपालले आज पूर्वका नौ जिल्ला बन्दको आह्वान गरको छ ।पूर्वका पाँचथर, इलाम, ताप्लेजुङ, झापा, तेह्रथुम, मोरङ, सुनसरी, धनकुटा, लगायतका जिल्लामा वन्दको प्रभाव परेको छ । यी जिल्लामा चल्ने लामो तथा छोटो दूरीका सवारीका साधन संचालन […]

२०७१ कार्तिक ३० गते, आईतवार

नेपाली नागरिक मोर्चाको घोषणा

काठमाडौं। नेपाल राष्ट्र र नेपाली नागरिकको पक्षमा सन्तोषजनक कार्य हुन नसकेको तथा नागरिकको समस्यालाई सम्बोधन गर्न नागरिकहरुको साझा मंच बन्न नसकेको भन्दै विभिन्न तीन राजनीतिक पार्टीहरुले नेपाली नागरिक मोर्चाको निर्माण गरेको घोषणा गरेका छन् । नेपाली नागरिक मोर्चाका संयोजक युवराज सफलको हस्ताक्षारमा जारी गरिएको विज्ञप्तीमा नेपाली नागरिक मोर्चाको गठन र कार्यक्रम बारे समेत उल्लेख गरिएको […]

२०७१ कार्तिक २८ गते, शुक्रबार

सार्क सम्मेलनमा दुई दिन सार्वजनिक विदा

काठमाडौ, २८ कात्तिक ।सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलनका बेला सुरक्षालाई ध्यान दिएर दुई दिन सार्वजनिक बिदा दिने भएको छ।सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मीनेन्द्र रिजालले सार्क सम्मेलनका बेला दुई दिन सार्वजनिक बिदा दिने तयारी गरेको बताए। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मंसिर १० र ११ गते दुई दिन सार्वजनिक बिदा दिने तयारी गरेको […]

२०७१ कार्तिक २८ गते, शुक्रबार

नेवि संघको महाधिवेशन पुन स्थगित

काठमाडौं। सार्क शिखर सम्मेलनलाई मध्यनजर राख्दै नेविसंघको ११ औं महाधिवेशन महाधिवेशन फेरि स्थगित भएको छ । मिति तोक्दै निरन्तर महाधिवेशन निरन्तर स्थगित भएको यो सातौं पटक हो । महाधिवेशन यही कार्तिक ३० देखि तीनदिनसम्म किर्तिपुरमा हुने तय भएको थियो । नेपाली कांग्रेसको पदाधिकारीहरुको आज विहान वालुवाटारमा बसेको बैठकले शिखर सम्मेलनका लागी पार्टी नेतृत्व व्यस्त हुनुपरेकाले […]

२०७१ कार्तिक २७ गते, बिहीबार