राजनीति

बेपत्ता अमेरिकी हेलिकोप्टर दुर्घटनाग्रस्त अबस्थामा भेटियो

काठमाडौं, १ जेठ। गएको मंगलबारदेखि हराइरहेको अमेरिकी सेनाको हेलिकोप्टर दोलखा र सिन्धुपाल्चोककेा सीमाना घोर्थलीको सिन्दूरे डाँडामा दुर्घटनाग्रस्त अबस्थामा फेला परेको बताइएको छ । कालिन्चोकका एक स्थानीयले दिएको सूचनाका आधारमा गएको नेपाली सेनाको हेलिकोप्टरले दुर्घटनाग्रस्त अमेरिकी हेलिकोप्टर शुक्रबार फेला पारेको बताइएको छ ।कालिन्चोकको उत्तरपश्चिम घोर्थलीको सिन्दूरे डाँडामा हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाको चौतारास्थित गोरखनाथ […]

२०७२ जेष्ठ १ गते, शुक्रबार

तथ्यहीन समाचार पोष्ट, सेयर र लाइक नगर्न प्रहरीको आग्रह

काठमाडाैं, १ जेठ । महानगरीय प्रहरी अपराध महाशाखाले तथ्यहीन, भ्रमपूर्ण समाचार सामाजिक सञ्जालमा पोष्ट, सेयर तथा लाइक नगर्न इन्टरनेट प्रयोगकर्तालाई आग्रह गरेको छ । महाशाखाले मुलुक भूकम्पका कारण समस्यामा परेको र पटक–पटक पराकम्पन गइरहेको सन्दर्भमा अनावश्यक हल्ला तथा तथ्यहीन समाचारले जनजीवन थप आतङ्कित भएको भन्दै यस्तो आग्रह गरेको हो । गलत समाचार कहीँकतै आएमा त्यस्ता […]

२०७२ जेष्ठ १ गते, शुक्रबार

राहतमा भ्रष्ट्राचार गर्नेलाई जेल हालिन्छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितहरुलाई राहत, पुनःस्थापन र पुनःनिर्माणमा भ्रष्ट्राचार गर्नेलाई जेल हाल्ने चेतावनी दिएका छन् ।राष्ट्रिय सहकारी संघ लिका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिइएको सहयोग रकम ग्रहण गर्नेक्रममा विहीबार उनले भ्रष्टाचार गर्नेहरुलाई जेल हाल्ने चेतावनी दिएका हुन् । महासंघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ […]

२०७२ बैशाख ३१ गते, बिहीबार

भारतीय प्रधानमन्त्री चिन भ्रमणमा

काठमाडौं, ३१ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीन दिने भ्रमणका लागि चीन पुगेका छन । यसैक्रममा आज विहानै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चिनियाँ राष्ट्रपति शी जिनपिङको गृहनगर शिआन पुगेका छन् । मोदी मोदी विमानस्थलमा पुग्दा चिनियाँ परंपरागत शैलीमा भब्य स्वागत गरिएको थियो ।चीन पछि मंगोलिया र दक्षिण कोरियाको भ्रमणमा जाने भारतीय प्रधानमन्त्रीको कार्यक्रम छ […]

२०७२ बैशाख ३१ गते, बिहीबार

मंगलबारको भुकम्पवाट ६५ जनाको मृत्यु, झण्डै दुई हजार घाईते

काठमाडौं,३० बैशाख । महाभूकम्पको अठारौ दिनपछि हिजो दिउँसो पुनः ठूलो भूकम्प जाँदा देशका विभिन्न स्थानमा कम्तिमा ६५ जनाको मृत्यु र १९ सय २८ जना घाईते भएका छन् ।हिजो दिउँसो १२ बजेर ५० मिनेट जाँदा गएको ६ दशमलव ८ रेक्टर स्केलको भूकम्पमा परी दोलखामा सवैभन्दा बढी ३६ को मृत्यु भएको छ ।यस्तै सिन्धुपाल्चोकमा ११, काठमाडौंमा ४, […]

२०७२ बैशाख ३० गते, बुधबार

सहयोग गर्न ढिला नगर : राष्ट्रसंघ

काठमाडौं, २९ बैशाख । संयुक्त राष्ट्रसंघले नेपालका आएको महाभूकम्पबाट प्रभावित नेपालीलाई सहयोग गर्न आपतकालिन कोषका लागि गरिएको आह्वानप्रति अन्तराष्ट्रिय समुदाय सहयोगमा गरेको ढिलाई प्रति आपत्ति जनाएको छ । नेपालस्थित संयुक्त राष्ट्रसंघका प्रमुख ज्यामी म्याक गोल्ड ड्रिकले नेपालका लागि राहत प्रयत्नमा सहयोगका लागि गत साता आह्वान गरिएको ४ सय १५ मिलियन डलर मध्ये राष्ट्रसंघमा २२ मिलियन […]

२०७२ बैशाख २९ गते, मंगलवार

भूकम्पपीडितलाइ कार्डको व्यवस्था

काठमाडौं, २८ बैशाख । गएको वैशाख १२ गते आएको भूकम्पबाट मृत्यु भएका, भवनहरू पूर्णरुपमा भत्केका र आंशिकरुपमा क्षतिग्रस्त भएका संरचनाको क्षतिपूर्ति दिन राहत कार्डको ब्यवस्था गर्ने भएको छ । काठमाण्डु जिल्ला प्रशासन कार्यलय र जिल्ला विकास समितिको संयोजनमा काठमाडौंका १० वटा नयाँ नगरपालिकामा सो ब्यवस्था गर्न लागेको हो। आवश्यकताभन्दा अनावश्यक परिवारले विभिन्न निकायको दबाबमा राहत […]

२०७२ बैशाख २८ गते, सोमबार

संकल्प प्रस्तावमाथि संसदमा छलफल हुदै

काठमाडौ २७ वैशाख । व्यवस्थापिका संसदको आज बिहान ११ बजे बस्ने बैठकमा विनाशकारी भूकम्पले पुर्याएको क्षति ,राहत र पुनरस्थापना कार्यलाई एकतावद्ध भइ अघि बढाउने प्रतिवद्धता सहितको संकलप प्रस्तावमाथि छलफल सुरु हुने बताइएको छ । आज र भोली संसद बैठकमा छलफल भएपछि संकल्प प्रस्ताव अनुमोदन गर्ने संसद सचिवालयले जनाएको छ ।सो संकल्प प्रस्तावमा भूकम्प पिडितलाई अस्थायी […]

२०७२ बैशाख २७ गते, आईतवार

प्रहरी र अपराधीबीच गोली हानाहान

काठमाडौं,२६ वैशाख । ताप्लेजुङको साँंवा गाउँ विकास समितिमा प्रहरी र अपराधीबीच गोली हानाहान भएको छ ।प्रहरीको सर्वाधिक खोजीमा रहेका साँवा २ का मण्डेला लिम्बूलाई पक्राउ गर्न गएको प्रहरी टोलीलाई लक्षित गरी गोली प्रहार भएपछि प्रहरीले पनि फायरिङ गरेको जनाएको छ ।सदरमुकाम फुङलिङबाट एकदिनको पैदल दूरीमा रहेको सो गाविसमा पुगेको प्रहरीले शनिबार बिहान ५ बजे नै […]

२०७२ बैशाख २६ गते, शनिबार

भूकम्पबाट मृत्यु भएकाहरुको परिवारलाई जनही एक लाख

काठमाडौं,२५ वैशाख ।प्रधानमन्त्री सुशील कोइरालाले महाभूकम्पपछिको अवस्थालाई क्रमशः सामान्य बनाउने, पीडितहलाई उचित राहत दिने र पुनःनिर्माणको कामलाई तीव्रताकासाथ अघि बढाउनेलगायतका विषय समेटेर संकल्प प्रस्ताव पेश गरेका छन ।भूकम्पबाट प्रभावितसम्म राहत र पुनःर्निर्माण पुर्‍याउन र अनुगमन गर्न सर्वदलीय संयन्त्र बनाउने संकल्प प्रस्तावमा उल्लेख छ । यस्तै, भूकम्पबाट मृत्यु भएकाहरुको परिवारलाई जनही एक लाख, पूर्णरुपमा घर भत्किएकाहरुलाई […]

२०७२ बैशाख २६ गते, शनिबार