राजनीति

राहतका लागि खाता खोल्न तछाड मछाड

काठमाडाँै । अघिल्लो शनिबार आएको भूकम्पले पीडित बनेकाहरुको सहयोगका लागि देश विदेशमा राहत संकलन गर्ने काम तीब्र भइरहेको छ । पीडितहरुका लागि सहयोग गर्ने मनहरु उत्साहित हुन थालेका छन् । यसक्रममा सरकारी र गैरसरकारी दुबैतर्फबाट बैंक खाता खोलेर आर्थिक सहयोग उठाउन थालिएको छ । यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गरी राहत संकलनका लागि […]

२०७२ बैशाख १९ गते, शनिबार

आज मजदुर दिवस, भूकम्प पीडितको राहात र उद्धारमा केन्द्रित

काठमाडौ, १८ बैशाख । नेपालका आएको भूकम्पको प्रलयका कारण आज मजदुर दिवस पनि नमाइने भएको छ । आज १ सय २६ औं मजदुर दिवस हो । यस पटकको मजुर दिवसलाई भूकम्प पीडितको उद्धार तथा राहत वितरणमा केन्द्रित गरिने विभिन्न संघ संगठनहरुले बताएका छन् । विभिन्न दल सम्वद्ध मजदुर संगठनहरुले दिवसलाई भूकम्प प्रभावितको उद्धार तथा राहत […]

२०७२ बैशाख १८ गते, शुक्रबार

अन्तराष्ट्रिय उद्धार टोलीलाई फर्कन आग्रह

काठमाडौं, १७ वैशाख। महाभूकम्पबाट भत्किएका घरमा फसेकाको उद्धारमा विभिन्न देशबाट आएका खोजी तथा उद्धार टोलीलाई आ–आफ्नो देश फर्कन सरकारले औपचारिक आग्रह गरेको छ ।नेपाल आएका उद्धार टोलीहरुले घरभित्र पुरिएका मृतकको उद्धार गर्ने कार्यादेश आफूहरुलाई नरहेको बताएपछि सरकारले यस्तो आग्रह गरेको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले हामीलाई जानकारी दिए ।ढकालका अनुसार जीवितको उद्धार सम्पन्न भएकाले मृतकको […]

२०७२ बैशाख १७ गते, बिहीबार

फेरि भूकम्प आउँदैछ भन्दै हल्ला चलाउने प्रहरीको फन्दामा

काठमाडौं ,१६ वैशाख ।प्रहरीले फेरि शक्तिशाली भूकम्प आउँदैछ भनी अफवाह फैलाउने दुई जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।उनीहरुले ८.४ रिक्टर स्केलको भूकम्प फेरि जाँदैछ भनेर हल्ला फैलाएका थिए । यस्तै कालिमाटी, कलंकी र बल्खु क्षेत्रमा बढी मूल्यमा खाद्य पदार्थ विक्री गरी कालोबजारी गर्ने ६ जनालाई पनि पक्राउ […]

२०७२ बैशाख १६ गते, बुधबार

विदेशमा रहेका कुटनीति निकायमा तीनदिन झण्डा झुकाइने

काठमाडौ, १५ बैशाख । सरकारले तीनदिन शोक मनाउने भएको छ । विदेशस्थित नेपाली कुटनीतिक नियोगमा तीन दिन नेपाली झण्डा झुकाउने निर्णय गरेको छ । नेपालमा परेको आपतकालीन अवस्थालाई ध्यानमा राखेर सरकारले सबै निकायलाई शोक मनाउन र झण्डा झुकाउन निर्देशन दिइसकेको परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले जानकारी दिए । उनले छिमेकी राष्ट्रबाट आउने सहयोग, राहत सामग्रीको […]

२०७२ बैशाख १५ गते, मंगलवार

संघसंस्थालाई राहात संकलन गर्न बन्देज

काठमाडौं,१४ बैशाख । जिल्ला दैवी प्रकोप उद्धार समिति कास्कीले कुनै पनि संघ संस्थालाई राहात संकलन नगर्न निर्देशन दिएको छ । सहयोग गर्न इच्छुक संघ संस्था र व्यक्तिलाई समितिले जिल्ला प्रशासन कार्यालयमै बुझाउन आग्रह गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले यस्तो निर्देशन दिएक्क हुन् । राहात संकलनको काम व्यवस्थित गर्दै सहयोगलाई गोरखामा केन्द्रित गर्ने निर्णय […]

२०७२ बैशाख १४ गते, सोमबार

प्रधानसेनापति पाकिस्तान जाँदै

काठमाडौँ, १२ वैशाख । प्रधानसेनापति गौरव शम्सेर जवरा आफ्ना पाकिस्तानी समकक्षी साहिल सरिफको निमन्त्रणामा आज पाकिस्तानको साताव्यापी भ्रमणमा जाने भएका छन् । भ्रमणका क्रममा उनले पाकिस्तानका राष्ट्रपति ममनुन हुसेन, रक्षा सचिव मुहम्मद अलामसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको जानकारी सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेलले जङ्गी अड्डामा पत्रकार सम्मेलन गरेर दिए । प्रधानसेनापतिको पाकिस्तान भ्रमणबाट दुई मुलुकबीचको […]

२०७२ बैशाख १२ गते, शनिबार

आज लोकतन्त्र दिवस

काठमाडौं, ११ वैशाख । आज लोकतन्त्र दिवस, बिभिन्न कार्यक्रम गरी मनाईंदैछ ।२०६२/२०६३ सालको ऐतिहासिक लोकतान्त्रिक आन्दोलन सफल भएको आज ९ वर्ष पूरा भएको छ । १९ दिने जनआन्दोलनले सफलता प्राप्त गरेको दिनको सम्झनामा आज लोकतन्त्र दिवस मनाइँदैछ । सरकारले आज सार्वजनिक बिदा दिएको छ । यसैका जगमा तत्कालीन नेकपा (माआवादी) र सरकारबीच विस्तृत शान्ति सम्झौता […]

२०७२ बैशाख ११ गते, शुक्रबार

एमाओवादी मोर्चा संविधानसभा बैठक सहभागी नहुने

काठमाडौं, १० वैशाख । एकीकृत नेकपा माओवादी नेतृत्वको सात दलीय संघीय गणतान्त्रिक मोर्चाले संविधानसभाको बैठकमा सहभागी नहुने निर्णय गरेको छ । सात दलीय मोर्चाको बिहीबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको काठमाडौंको लाजिम्पाटस्थित निवासमा बसेको बैठकले संविधानका चार वटा विवादित विषय मध्ये कुनैमा पनि ठोस सहमति नभएको भन्दै संविधानसभाको बैठकमा सहभागी नहुने निर्णय गरेको हो । […]

२०७२ बैशाख १० गते, बिहीबार

अख्तियारकै विज्ञविरुद्ध अख्तियारमै उजुरी

काठमाडौ, ९ बैशाख । अख्तियार दुरुपयोग अनुसनधान आयोगको विज्ञ सल्लाहकार नियुक्त कृष्णराज पन्तविरुद्ध अख्तियारमै उजुरी परेको आजको आर्थिक दैनिकमा खबर छापिएको छ । उनीविरुद्ध मंगलबार अख्तियारमा परेको उजुरीमा सडक विभागमा कार्यरत हुँदा विभिन्न घोटाला गरी करोडौँ रुपैयाँको सम्पत्ति जोडेको र अहिले ती सम्पत्तिलाई ढाकछोप गर्न र वैद्यता प्रदान गर्न अख्तियारको विज्ञ सल्लाहकार पदकै दुरुपयोग गर्ने […]

२०७२ बैशाख १० गते, बिहीबार