राजनीति

चिनियाँ युवा टोेली नेपाल आउँदै

काठमाडौ, ५ बैशाख । नेपाल-चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको हिरक महोत्सवका उपलक्ष्यमा ५० सदस्यीय चिनियाँ युवा टोेली ७ दिने नेपाल भ्रमणमा आउने भएको छ । टोली आज काठमाडौं आउदैछ । ‘यो भ्रमणको मुख्य उद्देश्य दुई देशका युवाहरू बीच नजिकको सम्बन्ध राख्ने, एक अर्कालाई चिन्ने नै हो । यसले पहिलेदेखि रहदै आएको सम्बन्धलाई […]

२०७२ बैशाख ५ गते, शनिबार

पूर्वप्रधानमन्त्री थापाको दाहसंस्कार गरिदै

काठमाडौं, ४ वैशाख । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आज अपराह्न पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ दाहसंस्कार गरिने भएको छ । त्यसअघि बिहान मालीगाउँस्थित निवासमै र केहीबेरपछि कार्यकर्ता तथा सर्वसाधारणबाट श्रद्धान्जलीका लागि पार्थि शरीर चाबहिलस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा राखिने राप्रपाले जनाएको छ ।अपरान्ह १ बजेदेखि ३ बजेसम्म भने पार्थिव शरीर दशरथ रंगशालामा राखिने छ । भारतको […]

२०७२ बैशाख ४ गते, शुक्रबार

गोदावरी मार्बलको अनुमतिपत्र खारेज

काठमाडौ, ३ बैशाख । सर्वोच्च अदालतले गोदावरी मार्बलको अनुमतिपत्र खारेज गरेको छ । २०५८ सालमा दायर भएको मुद्दामा बिहीबार अन्तिम सुनुवाई गर्दै सर्वोच्च अदालतले ललितपुरमा सञ्चालित गोदावरी मार्बलको अनुमतिपत्र खारेज गरेको हो । २०५८ सालदेखि सञ्चालनमा आएको यो मार्बल फ्याक्ट्रीले स्थानीय वातावरणमा नकारात्मक प्रभाव पार्नुका साथै दैनिक जीविकोपार्जनमा समेत असर गरेको दाबी सहित २०५८ सालमै […]

२०७२ बैशाख ३ गते, बिहीबार

६ गतेदेखि अनिश्चितकालीन शैक्षिक हडताल

काठमाडौं । विभिन्न ९ विद्यार्थी संगठनले विहीबारदेखि निजी विद्यालयको भर्ना कार्यक्रम अवरुद्ध गरेका छन् । निजी विद्यालयहरुले विद्यार्थीका चर्को भर्ना शुल्क लिएको भन्दै विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेका छन् । बुधबार बागबजारमा बसेको ९ विद्यार्थी संगठनको बैठकले सरकारले तोकेको भन्दा बढी भर्ना शुल्क लिइरहेको चन्दै शुल्क घटाउन माग गरेका छन् । केही सरकारी कर्मचारीको मिलेमतोमा […]

२०७२ बैशाख ३ गते, बिहीबार

पुर्ब प्रधानमन्त्री सुर्यबहादुर थापाको निधन

काठमाडौं, ३ बैशाख । पूर्व प्रधानमन्त्री एवम राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता सुर्यबहादुर थापाकाे भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा निधन भएको छ । ८८ बर्षीय थापाको स्वासप्रस्वासमा समस्या देखा परेपछि उनलाई चैत १६ गते भारतको नयाँ दिल्लीमा लगिएको थियो । मेदान्त अस्पतालमा थापाको शुक्रबार मात्र अल्सरको शल्यक्रिया गरिएको थियो । सोही क्रममा गएराती […]

२०७२ बैशाख ३ गते, बिहीबार

शुल्क वृद्धि बिरुद्ध नेविसंघ

काठमाडौं। सत्तासिन नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले निजी तथा आवाशीय विद्यालयहरुले नयाँ शैक्षिक सत्रबाट गरेकाे शुल्क वृद्धिको विरोध गरेको छ । करिब ११ लाख विद्यार्थी अध्ययनरत निजी विद्यालयहरुले वृद्धि गरेको शुल्कले आम अभिभावक प्रत्यक्ष मारमा परेको भन्दै संघले वृद्धि गरिएको शुल्क फिर्ता लिन माग गरेको छ । संघले कुनै पनि शैक्षिक संस्थाहरुले शुल्क […]

२०७२ बैशाख २ गते, बुधबार

प्रचण्डले गल्ती सुधारे तीस दलीय मोर्चा फेरि एकताबद्ध हुन सक्छः यादव

काठमाडौ, २ बैशाख । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एकीकृत नेकपा माओवादीका अध्यक्ष समेत रहेका तीस दलीय मोर्चाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफ्नो गल्ती सुधारेर जनताको अधिकारको पक्षमा आफूलाई उभ्याए मोर्चा फेरि एकताबद्ध हुन सक्ने बताएका छन । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले भने–आन्दोलन तुहाएर गरेको गल्ती सुधारे मोर्चा एकताबद्ध […]

२०७२ बैशाख २ गते, बुधबार

सेवा केन्द्र स्थापना मागको आन्दोलन जारी

काठमाडौ, २ बैशाख । रौतहटको चन्द्रनिगाहपुरमा सेवा केन्द्र स्थापनाको माग राख्दै सुरु भएको रिले अनशन आज नवौं दिन पनि जारी छ । यो अबधिमा १ सय ३० जना रिले अनसन बसेका छन् । रिले अनसनमा राजनीतिक पार्टीका नेता कार्यकर्ता, आमा समुह र पेशागत संग संगठन लगायतको सहभागिता रहने गरेको छ । रौतहटको चन्द्रनिगाहपुरमा मालपोत र […]

२०७२ बैशाख २ गते, बुधबार

कांग्रेसका नेतालाई १६ लाख क्षतिपूर्ति

काठमाडौं, १ वैशाख । सरकारले कांग्रेसका नेता तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेललाइ ०६४ सालको पहिलो संविधानसभा निर्वाचनका क्रममा मधेसी मोर्चाले गरेको घर तोडफोड वापतको क्षतिपूर्ति भन्दै १६ लाख रुपैयाँ दिएको छ । आफ्नो सरकार भएको मौका छोपेर ८ वर्षपछि मन्त्रिपरिषदको बैठकबाटै निर्णय गराएर कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले कँडेललाई १५ लाख ८४ हजार २ सय […]

२०७२ बैशाख १ गते, मंगलवार

समानान्तर संविधानसभाको तयारी

काठमाडौं, ३० चैत । सत्तारुढ दलहरुले संविधानसभामा प्रक्रिया अघि बढाए एकीकृत माओवादी नेतृत्वको विपक्षी मोर्चाले संविधनसभाको छुट्टै बैठक बोलाउने योजना बनाउन थालेको आजको नयाँ पत्रिकामा खबर छ । यसबारे मोर्चाभित्र अनौपचारिक छलफल सुरु भएको छ । उपसभामुख ओनसरी घर्तीको नेतृत्वमा बोलाइने त्यस्तो बैठकमा मोर्चामा आबद्ध दलका सभासद्हरु सहभागी हुनेछन् । संघीय लिम्बूवान पार्टी नेपालका अध्यक्ष […]

२०७१ चैत्र ३० गते, सोमबार