राजनीति

टिकटकमाथिको प्रतिबन्ध हटाउने गृहकार्य सुरु

काठमाडौँ । टिकटकले नेपालको कानुन, नीति, नियमको परिपालनाप्रति प्रतिवद्धता व्यक्त गरेर पत्राचार गरेसँगै सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने गृहकार्य सुरु गरेको छ । आगामी क्याविनेट बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्धता हटाउने बारे प्रस्ताव पेश गर्ने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको ग्रिन सिग्नल पाएर नै मन्त्री गुरुङले उक्त […]

२०८१ भाद्र ४ गते, मंगलवार

समाजवादी मोर्चाको सचिवालय बैठक सुरु : राजनीतिक दस्ताबेजमाथि छलफल जारी

काठमाडौँ । समाजवादी मोर्चा नेपालको सचिवालय बैठक आजवाट सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीको अध्यक्षतामा बसेको समाजवादी मोर्चा नेपालको सचिवालयको आजको बैठकमा राजनीतिक दस्ताबेज पेश भएको र उक्त दस्ताबेजमाथि छलफल जारी रहेको बताइएको छ । उक्त राजनीतिक दस्ताबेजलाई टुंगोमा पुर्याउन बुधबार पुन: सचिवालयको बैठक बस्ने […]

२०८१ भाद्र ३ गते, सोमबार

नेकपा कास्कीद्वारा जनभेटघाट तथा सङ्गठन निर्माण अभियान सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी कास्की जिल्ला समितिले पार्टीको जनभेटघाट तथा सङ्गठन निर्माण अभियान २०८१ सुरु गरेको छ । सो पार्टीले सहिद रामवृक्ष यादव को ३० औँ स्मृति दिवस मनाउदै उक्त अभियान उद्दघाटन गरेको हो । प्रमुख अतिथि नेकपाका पोलिट्ब्युरो सदस्य एवं कास्की जिल्ला इन्चार्ज आस्था सीले जिल्ला सेक्रेटरीलाई पार्टीको झण्डा हस्तान्तरण गरि अभियान उद्दघाटन […]

२०८१ भाद्र ३ गते, सोमबार

बेचन झालाई थुनामा पठाउन आदेश

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । शरणार्थी प्रकरणमा पक्राउ परेसँगै बेचनलाई ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा प्रतिवादी कायम गरिएको छ ।

२०८१ भाद्र २ गते, आईतवार

‘संसदीय व्यवस्थामा दुई तिहाई बहुमत ल्याएपनि स्थिरता हुँदैन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सविन सीले संसदीय व्यवस्थामा दुई तिहाई बहुमत ल्याएपनि स्थिरता नहुने ठाेकुवा गरेका छन् । शनिबार तुलसीपुरमा पार्टीको तुलसीपुर उपमहानगर कमिटीको दोस्रो पूर्ण बैठकमा प्रशिक्षण मन्तव्य व्यक्त गर्दै नेता सविनले यस्तो बताएका हुन् ।बैठकमा बोल्दै नेता सविनले भने– ‘ हामीले पहिलेदेखि भनेको कुरा हो कि संसदीय व्यवस्थामा दुई तिहाई […]

२०८१ भाद्र २ गते, आईतवार

नेकपा सिन्धुपाल्चोकले समाजवादप्राप्तिको अभियान चलाउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले समाजवादप्राप्तिको अभियानलाई जनताको तहसम्म जोड्ने निर्णय गरेको छ । शनिबार बाह्रबिसेमा बसेको पार्टीको तेस्रो आवधिक योजनाको दोस्रो बैठकले उक्त निर्णय गरेको हो ।बैठकले पार्टीको स्थायी समिति र बाग्मति प्रदेश सचिवालयकाे बैठकले लिएका ऐतिहासिक एवम दूरगामी महत्वका निर्णयहरु अक्षरंश कार्यान्वयन गर्ने, पालिका ध्रुवीकरण अभियानलाई विशेष जोड दिने, कृषि उत्पादन कार्यलाई […]

२०८१ भाद्र २ गते, आईतवार

नेकपाद्वारा जयसिंह सुनारको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले जयसिंह सुनारको निधनप्रति दुःख व्यक्त गरेको छ। सो पार्टीका महासचिव विप्लव सीले शनिबार एक शोक वक्तव्य जारी गर्दै सहिद बिनाका बुवा जयसिंह सुनारको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।महासचिव विप्लव सीद्वारा जारी शोक वक्तव्यमा भनिएको छ – ‘महान जनयुद्धका सहिद क. बिनाको बुवा जयसिंह सुनारको २०८१ साल साउन ३० गते […]

२०८१ भाद्र १ गते, शनिबार

नेकपा घोराहीद्वारा समाजवादको अभियानलाई नागरिक तहसम्म जोड्ने उदघोष

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगर समितिले पार्टीले सञ्चालन गरेको समाजवाद प्राप्तिको अभियानलाई नागरिक तहसम्म जोड्ने उद्घोष गरेको छ ।बिहीबार घोराहीमा बसेको पार्टीको तेस्रो आवधिक योजनाको दोस्रो बैठकले उक्त निर्णय गरेको हो ।बैठकले पार्टीको जिल्ला समितिको बैठकले लिएका ऐतिहासिक एवम दूरगामी महत्वका निर्णयहरु अक्षरंस कार्यान्वयन गर्ने, पालिका ध्रुवीकरण अभियानलाई विशेष जोड दिने, कृषि उत्पादन […]

२०८१ श्रावण ३२ गते, शुक्रबार

अमेरिकी उपविदेशमन्त्री रिचर्ड बर्मा नेपाल आइपुगे

काठमाडौँ । काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत अमेरिकाका व्यवस्थापन तथा स्रोत सम्बन्धी उपविदेशमन्त्री रिचर्ड बर्मा नेपाल आइपुगेको जानकारी दिएको छ। उनलाई अमेरकी राजदूत डिन थम्पनले स्वागत गरेका थिए। भ्रमणका क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ताहरू, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू र नेपाली व्यवसायीहरूसँग भेट्ने दूतावासले जनाएको छ।

२०८१ श्रावण ३२ गते, शुक्रबार

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित

काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा शीर्ष नेताहरूको सम्बोधन र दलीय आधारमा छलफलपछि विधेयक पारित गरिएको हो ।कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ प्रतिनिधि सभावाट पारित भएको हो […]

२०८१ श्रावण ३० गते, बुधबार