राजनीति

नेकपा (माओवादी ) केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता

काठमाडौँ । नेकपा (माओवादी ) केन्द्रले फागुन पहिलो साता विधान सम्मेलन गर्ने भएको छ । शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले फागुन १, २ र ३ गते विधान सम्मेलन गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उनका अनुसार स्थायी कमिटी बैठकले प्रतिनिधि छनोटको मापदण्ड पनि बनाएको छ ।

२०८० पुष २९ गते, आईतवार

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशम चौधरी निर्विरोध चयन भएका छन्। कैलालीको टीकापुरमा जारी पार्टीको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचन प्रक्रियाका क्रममा अध्यक्षका लागि उनको मात्रै उम्मेदवारी परेको हो।अध्यक्षका लागि रेशमपत्नी रञ्जिता श्रेष्ठ पनि दौडमा थिइन्। वर्तमान अध्यक्ष रञ्जिताले निर्धारित समयमा उम्मेदवारी दिइनन्। यस्तोमा पति रेशम निर्विरोध अध्यक्ष बनेका हुन्। चौधरी […]

२०८० पुष २७ गते, शुक्रबार

‘पूर्वी नेपालले एकीकृत जनक्रान्तिको स्कुलबाट नयाँ उचाइ स्थापित गर्नेछ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा स्कुलिङ विभाग प्रमुख भरत सीले पूर्वी नेपालले एकीकृत जनक्रान्तिको स्कुलबाट नयाँ उचाई स्थापित गर्ने बतएका छन् । बिहीबार इलाममा मेची कोशी ब्युरोद्वारा आयोजित संयुक्त स्कुलिङ कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पुरानो कम्युनिस्ट स्कुलमा विशिष्ट स्थान र पहिचान बनाएको पूर्वले एकीकृत जनक्रान्तिको […]

२०८० पुष २७ गते, शुक्रबार

‘वीर अस्पतालमा आउने बिरामीले गुनासो गर्ने अवस्था आउनु भएन’

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले वीर अस्पतालमा उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका पदाधिकारीको छलफलमा उनले वीर अस्पतालबाट जनताले प्राप्त गर्ने सेवाबाट देशको स्वास्थ्य चित्र देखिने बताएका हुन् । त्यसैले वीर अस्पतालको सेवामा गुणस्तरीय र शुलभ हुनुपर्ने उनको भनाइ छ । वीर अस्पतालले […]

२०८० पुष २६ गते, बिहीबार

संक्रमणकालीन विधेयक संसदमा पेश गर्न माग

काठमाडौँ । कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसदहरुले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदमा छिटो पेश गर्नुपर्ने बताएका छन । सिंहदरबारमा बसेको उक्त समितिको बैठकमा प्रमुख दलका सांसदले पीडितमैत्री हुनेगरी विधेयक संसदमा प्रस्तुत गर्नुपर्ने बताएका हुन । छलफलमा सांसदहरुले संक्रमणकालीन न्यायका विषय सहमतिबाटै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक टुंगो लगाउनुपर्ने बताए ।प्रमुख प्रतिपक्षी दल नेकपा […]

२०८० पुष २६ गते, बिहीबार

नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन सुरु हुँदै

काठमाडौँ । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीको पहिलो महाअधिवेशन आजदेखि सुरु हुँदैछ। कैलालीको टीकापुरमा हुने महाधिवेशनको सबै तयारी पूरा भएको पार्टीले जनाएको छ। बिहीबारदेखि शनिबारसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशनमा देशभरिबाट करिब ८ हजार प्रतिनिधिहरू सहभागी हुनेछन्। तर सर्वसम्मतरुपमा नेतृत्व चयन हुने संरक्षक चौधरीको दाबी छ।चौधरी आफैँ पार्टीको अध्यक्ष बन्ने […]

२०८० पुष २६ गते, बिहीबार

‘देश बनाउने जिम्मा युवाहरुको काँधमा ‘

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका पिविएम रक्तिम सीले देश बनाउने जिम्मा युवाहरुको काँधमा आएको बताएका छन । युवा संगठन नेपाल पूर्वी नारायणी ब्यूरोको बैठकलाई बुधवार सम्वोधन गर्दै पिविएम रक्तिमले यस्तो कुरा बताएका हुन । उनले अहिलेको संकट समाधानका लागि नेपाली विशेषताको समाजवाद आवश्यक भएको र यसलाई प्राप्त गर्न नेपालका युवाहरुले संघर्ष गर्नुपर्ने बताए ।बैठकमा युवा […]

२०८० पुष २६ गते, बिहीबार

‘पार्टीलाई जनताको घरदैलोमा पुर्याउनु पर्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य बलवान सीले पार्टीलाई जनताको घरदैलोमा पुर्याउनु पर्ने बताएका छन । नेकपा पूर्वी कालिकोटको महाबै गाउँ कमिटीको विशेष बैठक तथा प्रशिक्षण कार्यक्रमलाई बुधवार सम्बोधन गर्दै जिल्ला इन्चार्ज समेत रहेका बलवानले पार्टीलाई प्रत्येक जनतको घरदैलोमा पुर्याउनु पर्ने बताएका हुन । उनले पार्टी जनतासंग जोडिएपछि र जनताको साथ भएपछि मात्र दलाल […]

२०८० पुष २६ गते, बिहीबार

‘प्राकृतिक श्रोत र मानब श्रमलाई प्रयोग गर्दा देश समृद्ध बन्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज कलम सीले प्राकृति श्रोत र मानव श्रमलाई प्रयोग गर्दा देश समृद्ध हुने बताएका छन । नेकपा दैलेखले दुई महिने ‘संगठन सुदृढ तथा विस्तार र राज्य षड्यन्त्रको भण्डाफोर’ अभियानका क्रममा बुधवार जिल्लाको चामुण्डा विन्दासैनी नगरपालिकाका कर्मचारी संगको अन्तरक्रिया कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य कलमले यस्तो कुरा […]

२०८० पुष २६ गते, बिहीबार

प्रधानमन्त्री प्रचण्डले असंलग्न आन्दोलनका विजयी राष्ट्रहरुको १९ औं सम्मेलनमा भाग लिने

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले युगाण्डाको राजधानी कम्पालामा माघ ५—६ मा आयोजना हुने असंलग्न आन्दोलनका विजयी राष्ट्रहरुको १९ औं सम्मेलनमा भाग लिने भएका छन्। मंगलवार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले सो जानकारी दिएकी हुन्।यसैगरी, मन्त्रिपरिषद्को बैठकले भूकम्पबाट प्रभावित जिल्लाहरुका लागि प्रधानमन्त्री दैविक सहायता कोषमा मौज्दात रहेको रकममध्येबाट विपद् व्यवस्थापन कोषमा २ अर्ब रुपैयाँ […]

२०८० पुष २५ गते, बुधबार