राजनीति

‘सन् २०२१ सम्म सबै नेपालीलाई काेभिड खोप लगाउँछौं’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ सम्म सम्पूर्ण नेपालीलाई खोप लगाइसक्ने बताएका छन । उनले आज वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले भ्याक्सिन नपाएर मर्नपर्ने स्थिति अब नआउने उहाँले बताउदै विश्वबाट नै कोभिड नहटेसम्म सबैलाई सजगता अपनाउन सबैलाई आग्रह गरे । यो सरकारले जनताको जीवन […]

२०७८ असार २७ गते, आईतवार

एमालेको आन्तरिक विवाद समाधान उन्मुख

काठमाडौं । १० दिनदेखि लगातार छलफलमा जुटी रहेको नेकपा एमालेको विवाद समाधान कार्यदलले आजै विवाद समाधानको दस्ताबेजमा हस्ताक्षर गरेर सार्वजनिक गर्ने जनाएको छ । पार्टी विभाजनको सम्भावित संकट टार्न एमालेका दोस्रो तहका नेताहरू सम्मिलित १० सदस्यीय कार्यदलले माओवादी केन्द्रसँग एकता हुनुअघिका संरचना क्रियाशील गराउनेलगायतका विषयमा सहमतिको मस्यौदा तयार गरेको जनाएको छ ।वरिष्ठ नेता माधव नेपाल समूहले […]

२०७८ असार २६ गते, शनिबार

नेकपाका नेता सुदर्शन अस्वस्थ : गङ्गालाल हृदयकेन्द्रमा भर्ना

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ मुटुमा गम्भीर समस्या देखिएपछि उपचारको लागि शुक्रबार अपराह्न काठमाडौँको बाँसबारीस्थित गङ्गालाल हृदयकेन्द्रमा भर्ना भएका छन ।लामो समयदेखि मधुमेह, उच्च रक्तचाप, प्रोस्टेट, कोलेस्टेरोल र लिभरको नियमित औषधी सेवन गर्दै आएका नेकपा नेता सुदर्शनको एक साताअगाडि मुटु असहज भएपछि कारागार स्वास्थ्य विभाग नख्खुमै स्वास्थ्य परीक्षण गरिएको जानकारी पारिवारिक […]

२०७८ असार २६ गते, शनिबार

‘जनतालाई व्यवस्था छान्न पाउने अधिकार दिनुपर्छ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता एवम् केन्द्रीय जनपरिषद्का प्रमुख सन्तोष बुढामगरले आफ्नो पार्टीले क्रान्तिकारी मूल धारको नेतृत्व गरिरहेको बताएका छन् । उनले जनतालाई व्यवस्था छान्न पाउने अधिकार दिनुपर्ने धारणा राख्दै दलाल पुँजीवादी व्यवस्था कि वैज्ञानिक समाजवाद रोज्ने भन्ने विषयमा जनमतसङ्ग्रह गर्दा वैज्ञानिक समाजवाद नै विजयी हुने विश्वास व्यक्त गरे । उनले व्यवस्था छान्ने निर्वाचन […]

२०७८ असार २५ गते, शुक्रबार

पेट्रोलियम पदार्थको मुल्यवृद्धि खारेज गर्न माग

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी निकट जवसले हेटौंडाको बुद्धचोकमा बिहिबार पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि, सुजिता भण्डारीको मृतुप्रकरण, शैक्षिक क्षेत्रमा र स्वास्थ्य क्षेत्रमा भएका विकृति, विसंगति लगायतको विषयमा विरोध प्रदर्शन गरेको छ। केन्द्रीय कार्यक्रम अनुसार हेटौंडाको बुद्धचोकमा नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मकवानपुर, युवा संगठन नेपाल मकवानपुर र राष्ट्रिय जनसरकार मञ्चले आज संयुक्त रूपमा विरोध प्रदर्शन […]

२०७८ असार २५ गते, शुक्रबार

नेकपानिकट जनबर्गिय संगठनद्वारा पेट्रोलियम पदार्थको मूल्यबृद्धिबिरुद्ध प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट जनबर्गिय संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको विरोध र सुजिता भण्डारीको हत्याको छानविन गरी दोषी पत्ता लगाई कारवाहीको माग गर्दै देशव्यापी विरोध तथा प्रदर्शन गरेका छन । यसैक्रममा नेपाल कम्युनिष्ट पार्टी निकट जनवर्गीय संगठनहरुले आज अपरान्ह काठमाडौँको माईतघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले पेट्रोलियम पदार्थको मुल्य वृद्धि तत्काल […]

२०७८ असार २४ गते, बिहीबार

‘बर्तमान राजनीतिक संकटको निकास वैज्ञानिक समाजवाद ‘

काठमाडौँ । रणनीतिक संयुक्त माेर्चा चितवनले बर्तमान राजनीतिक संकटको निकास वैज्ञानिक समाजवाद भएको निश्कर्ष निकालेको छ । मोर्चाको बैठक पछि जारी गरिएको बिज्ञप्तिमा भनिएको छ – ‘दलाल पुँजीवाद संसदिय व्यवस्थाले आजको संकटको समाधान गर्न सक्दैन । संसदिय व्यवस्था भित्रको चुनाव वा पुर्नस्थापना आजको निकास होइन । जनगणतन्त्र वा वैज्ञानिक समाजवाद नै आजको निकास हो ।’यसैगरी […]

२०७८ असार २४ गते, बिहीबार

भ्रष्टाचारमा लिप्त वडाध्यक्षको राजीनामा माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी भरतपुर महानगर कमिटी वडा नं. २५, चितवनले भ्रष्टाचारमा लिप्त वडाध्यक्षको राजीनामा माग गरेको छ। सो पार्टीले पुल निर्माणमा कमसल र गुणस्तरहीन सामाग्री प्रयोग गरी सडक निर्माण पूरा नहुँदै लाखौँ बजेट हिनामिना गरेर भ्रष्टाचार गरेका वडाध्यक्ष विजयकुमार भुजेललाई राजीनामा दिन अनुरोध गरेको हो । इन्चार्ज राजकुमार तिमिल्सिना र सेक्रेटरी खेम शर्मा […]

२०७८ असार २४ गते, बिहीबार

राष्ट्रिय जागरण मञ्चद्वारा पेट्रोलियम पदार्थमा बढाएको मूल्य खारेज गर्न माग

काठमाडौँ राष्ट्रिय जागरण मञ्चले पेट्रोलियम पदार्थमा बढाएको मूल्य खारेज गर्न माग गरेको छ । मञ्चका संयोजक गुणराज लोहनीले विज्ञप्ति जारी गर्दै जनताको दैनिक जीवनमा प्रभाव पर्ने गरी महिनाको ३ पटकसम्म पेट्रोलियम पदार्थको मूल्य बढाएर भाँचिएको डाढमाथि यमानको भारी थोपरिदिएको उल्लेख गर्दै यो मूल्य बृद्धिले सबैको जीवनलाई सकसपूर्ण बनाएकोले तुरुन्त खारेज गर्न माग गरेका छन् । […]

२०७८ असार २३ गते, बुधबार

कोभिडविरुद्धको भ्याक्सिन सबै नागरिकलाई निःशुल्क दिन माग

काठमाडौँ । राष्ट्रिय जागरण मञ्च र अखिल (क्रान्तिकारी)ले कोभिडविरुद्धको भ्याक्सिन सबै नागरिकलाई निःशुल्क दिन माग गरेका छन । उनीहरुले कोभिडविरुद्धको भ्याक्सिन सबैलाई निःशुल्क देऊ भन्दै प्रदर्शन गरेका छन् । यसैबीच , काठमाडौँको कार्यक्रममा राष्ट्रिय जागरण मञ्चका अध्यक्ष गुणराज लोहनी र सङ्गठनका महासचिव प्रकाश शाहीले सम्बोधन गर्दै कोरोनाबाट सबै नागरिकलाई निःशुल्क भ्याक्सिन दिने दायित्व राज्यले पूरा […]

२०७८ असार २२ गते, मंगलवार