राजनीति

बेलायतद्वारा नेपालबाट हुने यात्रामाथि प्रतिबन्ध !

काठमाडौं । बेलायतले कोभिड–१९ को नयाँ भेरिएन्ट फैलिएको बताउँदै नेपाललाइ रेडजोनमा राख्दै नेपालबाट हुने यात्रालाई आगामी सातादेखि प्रतिबन्ध लगाउने तयारी गरेको छ । विदेशी यात्राका लागि बेलायतले ल्याएको यो नयाँ नियम आगामी मे १७ तारिखदेखि लागु हुनेछ । बेलायतका यातायात तथा पारवहन मन्त्रालयका सचिव ग्रान्ट सेपल लन्डनमा आयोजित पत्रकार सम्मेलनमा नेपाल, टर्की र माल्दिभ्सलाई रेडजोनमा […]

२०७८ बैशाख २६ गते, आईतवार

नेकपा कञ्चनपुरद्वारा भित्तेलेखन कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरद्वारा शुक्रबार भित्तेलेखन कार्यक्रम सम्पन्न भएको छ । उक्त भित्तेलेखन कञ्चनपुरको ब्रह्मदेव बजारका खाली भित्ताहरूमा गरिएको हो ।विश्व–महामारीका रूपमा रहेको कोरोना भाइरसका कारण पार्टीको प्रचारप्रसार, जनजागरण र अन्य कार्यक्रम बन्द रहेको र स्वास्थ्य मापदण्ड पूरा गरेर धेरै भीडभाड नगरी भित्तेलेखन गरिएको नेकपा कञ्चनपुरले जनाएको छ ।‘कोरोना महामारीका बेला भइरहेको कालोबजारी […]

२०७८ बैशाख २५ गते, शनिबार

कोरना भाइस नियन्त्रण गर्ने कार्यमा संसदीय व्यवस्थाहरु पूर्णरूपमा असफल !

काठमाडौं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालले कोरना भाइस ( COVID – 19 ) नियन्त्रण र रोकथाम गर्ने कार्यमा संसदीय व्यवस्थाहरु पूर्णरूपमा असफलसिध्द भइसकेको ठोकुवा गरेको छ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालका अध्यक्ष हस्तबहादुर केसीले आज एक बिज्ञप्ती जारी गर्दै सो ठोकुवा गरेका हुन्। अध्यक्ष केसीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ […]

२०७८ बैशाख २५ गते, शनिबार

‘कृतिम अभाव सिर्जना गर्नेलाई कार्वाही गर ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी अछामले कोरोना महामारी नियन्त्रण र रोकथाममा स्थानीय सरकारले प्रभावकारी कदम चाल्न नसकेको बरू यस्तो अवस्थामा पनि कालो बजारी तथा कृतिम अभाव सिर्जना गरी बजारमा महङ्गी सिर्जना गरेको भन्दै यसको रोकथाम र नियन्त्रणको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गरेको छ ।जिल्ला सेक्रेटरी तपेन्द्र तिमिल्सेनाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो ध्यानाकर्षण गराएका […]

२०७८ बैशाख २४ गते, शुक्रबार

विप्लवद्वारा गायक एवम् सङ्गीतकार प्रेमध्वज प्रधानप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बिहीबार शोक वक्तव्य प्रकाशित गरी गायक एवम् सङ्गीतकार प्रेमध्वज प्रधानप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् । महासचिव विप्लवले राष्ट्रिय व्यक्तित्वका साथै नेपाली साहित्य तथा कला क्षेत्रबाट नेपाल र नेपाली जनताको मनमनमा बस्न सफल गायक प्रधानको निधनले देशलाई ठूलो क्षति पुुगेको पनि बताएका छन् ।महासचिवको शोक वक्तव्यमा भनिएको छ, ‘राष्ट्रिय […]

२०७८ बैशाख २४ गते, शुक्रबार

‘बुधु सदाका हत्यारालाई कारबाही गर’

काठमाडौँ । दलित मुक्ति मोर्चाले बुधु सदाका हत्यारालाई कडा कारबाही गर्न माग गरेको छ। मोर्चाका जनकपुरका क्षेत्रीय संयोजक राजु विश्वकर्माले विज्ञप्ति जारी गरी सप्तरीको राजगढ गाउँपालिका ५ मलेकपुरका ४५ वर्षीय दलित मजदुर बुधु सदालाई वैशाख ९ गते छिन्नमस्ता गाउँपालिका ७ का रमेश यादवले भारतको प्लाइउड कम्पनीमा काम गर्न लगेको र वैशाख १४ गते पाँच दिनपछि […]

२०७८ बैशाख २३ गते, बिहीबार

नेकपा मकवानपुरद्वारा संगठन विस्तारमा तिब्रता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले सञ्चालन गरेको अभियान “संगठन विस्तार तथा सुदृढीकरण सहितको सामना परिवारको साँस्कृतिक कार्यक्रम” मनहरी गाउँपालिका१ अन्तर्गतको गोगनपानी, मनहरी३ अन्तर्गतको डोठे, मनहरी४ अन्तर्गतको नयाँबस्ती र मासिने खोलामा पनि सम्पन्न भएको छ। गत १५ गते गोगनपानीमा भएको कार्यक्रममा मकवानपुर जिल्लाको जिल्ला इन्चार्ज राम घलान (वाटर) को प्रमुख आतिथ्यता र व्युरो सदस्य पेन्सन […]

२०७८ बैशाख २१ गते, मंगलवार

राष्ट्रिय जनगणना स्थगित

काठमाडौं । राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित भएको छ । १२ औँ जनगणना आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म गर्ने तयारी थियो। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिइन्। मन्त्री तुम्बाहाङफेले भनिन्, कोरोना महामारीका कारण हिजो बसेको मन्त्रिपरिषद बैठकले […]

२०७८ बैशाख २० गते, सोमबार

‘सबै मिलेर लडे कोरोना सङ्क्रमण परास्त गर्न सकिन्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले कोरोनाले विश्वव्यापी रूपमा मानवजातिलाई क्षति पुर्याइरहेकाले यसका विरुद्ध सबै एक भएर जुध्न आवश्यक रहेको बताएका छन । महासचिव विप्लवले कपिलवस्तुको शिवराज नगरपालिका ९ मा कोरोनाविरुद्ध जनस्वास्थ्य सेवा कार्यक्रम उद्घाटन गर्दै सो कुरा बताएका हुन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले भने- ‘कोरोनाले विश्वव्यापी रूपमा मानव जातिलाई ठूलो […]

२०७८ बैशाख २० गते, सोमबार

‘कोरोना सङ्क्रमितको निशुल्क अपचार गर ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले दिन प्रतिदिन कोरोना सङ्क्रमित हुने र मृत्यु हुनेहरुको सङ्ख्या डरलाग्दो गरी बढिरहेको अति संवेदनशील अवस्थामा ओली सरकारले नागरिकहरुको उपचार गर्न नसक्ने घोषणा उपचारको नाममा निजी अस्पतालहरुलाई ब्रह्मलुट गर्न अवसर मिलाइदिनका गरेको अत्यन्त गैरजिम्मेवारपूर्ण र जनविरोधी घोषणाको संज्ञा दिंदै सरकारको यस्तो अभिव्यक्तिको घोर विरोध एवम् भत्र्सना गरेको छ । […]

२०७८ बैशाख १९ गते, आईतवार