राजनीति

निर्वाचन आयोगद्वारा आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ । आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो ।फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आचारसंहिता कार्यान्वयन सुनिश्चित गर्न सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई […]

२०८२ फाल्गुन १९ गते, मंगलवार

दुर्गा प्रसाईलाई रिहा गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर

काठमाडौँ । अधिवक्ता सुरेश बोहराले दुर्गा प्रसाईलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराएका छन् । प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ फागुन १९ गतेका लागि पेसी तोकिएको छ ।आइतबार प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । यसअघि विद्युत्तीय अपराध मुद्दा खेपेर माघ २५ मा […]

२०८२ फाल्गुन १८ गते, सोमबार

‘चुनावको बिदामा पनि बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुन्छ’

काठमाडौँ । सर्वोच्च अदालतले चुनावको बिदामा पनि बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतको निर्णय अनुसार बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्न न्यायाधीश तोकिएको छ । सर्वोच्च अदालत प्रवक्ता अर्जुन कोइरालाका अनुसार बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि तीन जना न्यायाधीशलाई तोकिएको छ । फागुन २० गते न्यायाधीश शारंगा सुवेदी, फागुन २२ गते न्यायाधीश महेश शर्मा […]

२०८२ फाल्गुन १८ गते, सोमबार

प्रधानमन्त्री कार्कीद्वारा निर्वाचनमा सहभागी हुन अपिल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा सहभागी हुनका लागि सबै मतदातालाई आग्रह गरेकी छन् । उनले आज राष्ट्रका लागि सम्बोधन गर्दै देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि फागुन २१ गते बिहीबारका दिन अरु कामै छोडेर भए पनि मतदान केन्द्रमा पुगेर मतदान गर्न आग्रह गरेकी हुन् ।उनले भनिन्- ‘भोट हाल्नु भनेको केवल चुनाव […]

२०८२ फाल्गुन १८ गते, सोमबार

प्रतिनिधिसभा सदस्य निर्वाचन :आज मध्यरातिदेखि माैन अवधि

काठमाडौँ । निर्वाचन आयोगले यहि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि राजनीतिक दल तथा उम्मेदवारहरुले चुनावी प्रचारप्रसार गर्ने साेमबार अन्तिम दिन भएकाे बताएकाे छ। आयोगले आज बेलुकी ७ बजेसम्म प्रचारप्रसारको समय तोकेको छ भने आज मध्यरातिदेखि प्रचार शुन्य समय अर्थात मौन अवधि शुरु हुने जनाएकाे छ । निर्वाचन हुनु भन्दा ४८ घण्टा अगाडि माैन […]

२०८२ फाल्गुन १८ गते, सोमबार

निर्वाचनको दिन अत्यावश्यक सेवालाई सवारी पास नचाहिने

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन अत्यावश्यक सेवा र विशेष अवस्थाका मतदातालाई सवारी पास नचाहिने प्रष्ट पारेको छ। आयोगले मतदानका दिन अत्यावश्यक सेवा र विशेष परिस्थितिमा रहेका मतदाताहरूका लागि सवारी पास आवश्यक नपर्ने गरी विशेष व्यवस्था गरेको जनाएको छ । आयोगको फागुन १६ गते बसेको बैठकले मतदानको दिन […]

२०८२ फाल्गुन १७ गते, आईतवार

नेपालद्वारा मध्यपूर्वमा संयमता र कूटनीतिक समाधान गर्न जोड

काठमाडौँ । नेपालले मध्यपूर्व क्षेत्रमा विकसित हुँदै गएको पछिल्लो परिस्थितिप्रति संयमता र कूटनीतिक समाधान गर्न जोड दिएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रको अवस्थालाई नेपालले नजिकबाट निगरानी गरिरहेको जनाएको हो । मन्त्रालयले सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन, तनाव थप नबढाउन तथा सर्वसाधारण नागरिकको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ । […]

२०८२ फाल्गुन १७ गते, आईतवार

आचारसंहिता उल्लंघनमा शुन्य सहनशीलता

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालनामा शुन्य सहनशीलता’ को नीति अपनाउने चेतावनी दिएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुन्य समयमा नगद चलखेल वा आचारसंहिताको उल्लंघन भए उम्मेदवार विजयी भइसकेको अवस्थामा पनि उम्मेदवारी खारेज गरिने बताएका हुन् ।उनले हालसम्म देशभरबाट आचारसंहिता उल्लंघनका करिव १ हजार १ सय उजुरी परेको र तीमध्ये धेरैको […]

२०८२ फाल्गुन १७ गते, आईतवार

दुर्गा प्रसाईं पुन: पक्राउ

काठमाडौँ । दुर्गा प्रसाईं पुन: पक्राउ परेका छन्। प्रहरीले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई आज बिहान पक्राउ गरेको हो । प्रसाईंलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ ।प्रसाईंको पारिवारिक स्रोतका अनुसार आज बिहान ६ बजे नै भक्तपुरको प्रहरी टोली निवास वरिपरि तैनाथ थियो । उनलाई पौने आठ बजेतिर पक्राउ […]

२०८२ फाल्गुन १७ गते, आईतवार

मतदान केन्द्रमा प्राथमिक उपचार सेवा राख्न निर्देशन

काठमाडौँ। निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि मतदान केन्द्रमा प्राथमिक उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको छ । यसका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न आयोगले सरोकार भएकाको ध्यानाकर्षण गराएको हो । फागुन २१ गते १० हजार ९६७ […]

२०८२ फाल्गुन १६ गते, शनिबार