राजनीति

स्वास्थ्यसम्बन्धी तीन ऐन संशोधनको मस्यौदामा सुझाव दिन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण ऐन संशोधनका लागि तयार पारिएका विधेयकहरूको मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारण तथा सरोकारवालासँग राय–सुझाव मागेको छ। मन्त्रालयले बुधबार मन्त्रीस्तरीय निर्णयपछि आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (विक्री वितरण) नियन्त्रण ऐन, २०४९, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य […]

२०८३ श्रावण ८ गते, शुक्रबार

४८ औँ पुष्पलाल स्मृति दिवस मनाइँदै

काठमाडौँ । आज ४८औँ पुष्पलाल स्मृति दिवस। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालका विभिन्न कम्युनिस्ट घटकलगायतका राजनीतिक दलहरूले विचार गोष्ठी, श्रद्धाञ्जली सभा तथा विविध रचनात्मक कार्यक्रमको आयोजना गरी पुष्पलालको योगदानको स्मरण गर्दै दिवस मनाउन लागेका हुन्।विक्रम संवत् १९८१ असार १५ गते रामेछापको […]

२०८३ श्रावण ७ गते, बिहीबार

सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै गर्ने तयारी

काठमाडौँ । बागमती प्रदेश सरकारले यातायात सेवालाई प्रभावकारी बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम अघि बढाएको छ। सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा यातायात सेवालाई व्यवस्थित एवं प्रभावकारी बनाउने लक्ष्यका साथ कार्यक्रम अघि बढाएको आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए।‘प्रविधि र पारदर्शिताः सेवा प्रवाहको नयाँ परिभाषा’लाई आत्मसात् गर्दै यातायात कार्यालयबाट प्रदान गर्ने सेवाहरू क्रमशः […]

२०८३ श्रावण ६ गते, बुधबार

देउवा छिट्टै नेपाल फर्कने

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा छिट्टै नेपाल फर्कने भएका छन्। देउवाले बीपी स्मृति दिवसका अवसरमा एक वक्तव्य जारी गर्दै वर्तमान राजनीति प्रतिशोधको भावनाबाट माथि उठ्नुपर्नेमा जोड दिँदै आफू छिट्टै नेपाली भूमिमा फर्किने बताएका हुन्।आफ्नो आठ दशक लामो राजनीतिक यात्रा र ६ दशकभन्दा लामो कांग्रेसको सक्रिय राजनीतिलाई स्मरण गर्दै देउवाले लोकतन्त्र, संविधानवाद […]

२०८३ श्रावण ६ गते, बुधबार

४३औं बीपी स्मृति दिवस मनाइँदै

काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा साहित्यकार विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४३औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेपाली कांग्रेस, बीपी चिन्तनसँग आबद्ध संघसंस्था तथा नागरिक समाजले उनको राजनीतिक, वैचारिक र साहित्यिक योगदानको स्मरण गर्दै विचार गोष्ठी, श्रद्धाञ्जलि सभा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेका छन्।नेपालमा लोकतन्त्र स्थापनाको संघर्ष, राष्ट्रिय मेलमिलापको अवधारणा, लोकतान्त्रिक समाजवादको […]

२०८३ श्रावण ६ गते, बुधबार

चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यको ३ प्रतिशत कर हट्यो !

काठमाडौँ । चौतर्फी विरोध भए पछि सरकारले नयाँ आर्थिक वर्ष २०८३/८४ देखि लागू हुनेगरी थोपको निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर खारेज गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भर्खरै सामाजिक सञ्जालमा लेखेर शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेका हुन्। शाहले यो शुल्क कार्यान्वयन गर्दा आममानिसले थप खर्च र […]

२०८३ श्रावण ५ गते, मंगलवार

भूमिहीन र सुकुम्वासीलाई जग्गाका लागि आवेदन खुला

काठमाडौँ । सरकारले भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीसँग अन्तिमपटक निवेदन मागेको छ । भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासोको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन मागेको हो । समितिले विभिन्न जिल्लाका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूका लागि जग्गा प्राप्ति र व्यवस्थापन सम्बन्धी ३५ दिने […]

२०८३ श्रावण ४ गते, सोमबार

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन

काठमाडौँ । सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरेको छ। मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सोमबार बसेको सचिवहरूको बैठकले देशभर लागू भएको दुईदिने साप्ताहिक बिदा व्यवस्थापछि सार्वजनिक बिदाको संख्या र औचित्य पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो ।बैठकले सार्वजनिक बिदासम्बन्धी व्यवस्थाको अध्ययन तथा पुनरावलोकनका लागि गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय […]

२०८३ श्रावण ४ गते, सोमबार

‘अपवित्र साँठगाँठ होइन, वामपन्थी एकता आजको आवश्यकता’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अपवित्र साँठगाँठ नभएर वामपन्थी एकता आजको आवश्यकता भएको बताएका छन्। नेता खनालले आइतबार एक बिज्ञप्ति जारी गर्दै देशको विद्यमान जटिल परिस्थितिको सामना गर्न सम्पूर्ण वामपन्थी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिँदै तत्काल कुनै पनि प्रकारको अपवित्र साँठगाँठमा नलाग्न पार्टी नेतृत्वलाई चेतावनी दिएका छन्।नेता खनालले नवनिर्वाचित […]

२०८३ श्रावण ३ गते, आईतवार

कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ

काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका-१ विजयपुर शिविरका २२ मुक्तकमैया परिवारले दुई दशकअघि एउटा नयाँ जीवनको सपना देखेका थिए। सरकारले कमैया मुक्तिको घोषणा गरेसँगै आफ्नै घर, आफ्नै जमिन र सम्मानजनक जीवन पाउने उनीहरूको विश्वास थियो।सरकारले उनीहरूलाई जग्गाको लालपुर्जा पनि दियो, तर त्यसको श्रेस्ता कायम भएन। त्यसयता मालपोत कार्यालय धाउँदा–धाउँदा वर्षौं बिते, समस्या भने जहाँको त्यहीँ छ।“पुर्जा […]

२०८३ श्रावण २ गते, शनिबार