राजनीति

ग्रीन आर्मीविरुद्ध रिट दायर

काठमाडौँ । अधिवक्ताहरू साम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्दराम परियार र विष्णुवर सिंह थापाले ग्रीन आर्मी नेपालविरुद्ध सर्वोच्च अदालतमा शुक्रबार रिट दायर गरेका छन् । उनीहरुले नेपालको संविधान तथा प्रचलित कानुनविपरीत गैरसरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोशाक, दर्जा र चिह्न प्रयोग गरेको दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।रिटमा ग्रीन आर्मी नेपालसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]

२०८३ भाद्र २७ गते, शनिबार

३ निर्माण कम्पनीलाई सरकारी बाँकी रकम दाखिला गर्न निर्देशन

काठमाडौँ । हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले करार दायित्व पूरा नगरेको भन्दै तीन निर्माण कम्पनीसँग ठेक्का सम्झौता अन्त्य गरी साढे ४ अर्ब रुपैयाँभन्दा बढी सरकारी बाँकी रकम असुल्न ताकेता गरेको छ ।कार्यालयले ठेक्का सम्झौता अन्त्य गरिएका तीन निर्माण कम्पनी पप्पु/महादेव जेभी, श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी र गौरी पार्वती देव एन्ड सायर/भूमि जेभीलाई सरकारी बाँकी रकम […]

२०८३ भाद्र २७ गते, शनिबार

एमाले ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक बस्दै

काठमाडौँ । नेकपा (एमाले) को ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक आज बिहान ११ बजे बस्दैछ। एमाले सचिव तथा कार्यदल सदस्य डा. राजन भट्टराईका अनुसार बैठकमा पार्टी पुनर्गठन र चुनावी समीक्षाबारे गहन छलफल हुनेछ। बैठकमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पुनर्लेखन गरेको ‘पार्टी सुदृढीकरण, रूपान्तरण र पुनर्जागरण’ सम्बन्धी प्रतिवेदन पेस गर्ने तयारी छ। गत फागुन […]

२०८३ भाद्र २६ गते, शुक्रबार

‘गृहमन्त्री गुरुङले पत्रकारविरुद्धको अभिव्यक्तिप्रति माफी माग्नुपर्छ’

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पत्रकारहरूविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै मानव अधिकारकर्मी, वरिष्ठ कानुन व्यवसायी तथा नागरिक अभियन्ताहरूले कडा आपत्ति जनाएका छन्। उनीहरूले गृहमन्त्री गुरुङलाई आफ्ना आपत्तिजनक शब्द फिर्ता लिँदै सार्वजनिक रूपमा माफी माग्न माग गरेका छन्। राष्ट्रिय मानव अधिकार आयोगका पूर्वआयुक्त सुशील प्याकुरेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, मानव अधिकारकर्मी सुबोध प्याकुरेल, शोभाकर बुढाथोकी, सोम […]

२०८३ भाद्र २५ गते, बिहीबार

अख्तियारका प्रमुख आयुक्त राई र न्यायाधीश रेग्मीविरुद्ध महाभियोगको सूचना दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीबिरुद्ध महाभियोगको प्रस्ताव दर्ता हुनुपर्ने माग गर्दै संघीय संसद् सचिवालयमा निवेदन परेको छ ।शंकर रजकले रेग्मी र राईमाथि महाभियोगको प्रस्ताव दर्ता हुनुपर्ने माग गरी संघीय संसद् सचिवालयमा सूचित गरेका हुन् । संघीय संसद् सचिवालय स्रोतले निवेदन प्राप्त भएको पुष्टि गर्‍यो […]

२०८३ भाद्र २५ गते, बिहीबार

‘नागरिकको जीवनभन्दा ठूलो कुनै राजनीतिक माग र राष्ट्रको सार्वजनिक सम्पत्तिभन्दा ठूलो कुनै आन्दोलन हुन सक्दैन’

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको जीवनभन्दा ठूलो कुनै राजनीतिक माग र राष्ट्रको सार्वजनिक सम्पत्तिभन्दा ठूलो कुनै आन्दोलन हुन नसक्ने भन्दै २०८२ साल भदौ २३ र २४ गते भएका घटनाको सत्यतथ्य निष्पक्ष, स्वतन्त्र र विश्वसनीय ढङ्गले स्थापित गर्न आग्रह गरेकी छन् । भण्डारीले बुधबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै भदौ २३ गते भएको मानवीय क्षति […]

२०८३ भाद्र २४ गते, बुधबार

जेनजी फ्रन्टद्वारा सरकारलाई १२ प्रश्न: आन्दोलनका पीडित र उपलब्धिका लाभार्थी किन फरक-फरक ?

काठमाडौँ । नेपाल जेन-जी फ्रन्टले जेनजी विद्रोहको पहिलो वार्षिकीको अवसरमा मंगलबार एक विस्तृत बहसपत्र जारी गर्दै वर्तमान सरकार र राज्यसत्तालाई आन्दोलनका पीडित र उपलब्धिका लाभार्थी किन फरक-फरक भएको भन्दै प्रश्नहरू गरेको छ।रक्षा बम संयोजक रहेको नेपाल जेन-जी फ्रन्टले अघिल्लो वर्ष बेथिति, भ्रष्टाचार, नातावाद र शासकीय अहंकारका विरुद्ध स्वतःस्फूर्त सडकमा उत्रिएका युवामाथि तत्कालीन राज्यसत्ताले दमन गर्दा […]

२०८३ भाद्र २३ गते, मंगलवार

आज जेनजी शहीद दिवस, देशभरि सार्वजनिक बिदा

काठमाडौँ । आज जेनजी शहीद दिवस। सरकारले जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा आज देशभरि सार्वजनिक बिदा दिएको छ।१८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन भएको २३ भदौको दिनलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै आज देशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । जेनजी आन्दोलनको आज एक वर्ष पूरा भएको छ ।सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट सुरु भएको जेनजी […]

२०८३ भाद्र २३ गते, मंगलवार

रसुवा बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक

काठमाडौँ । रसुवाकाे भोटेकोशी नदीमा आएकाे बाढीमा परी मृत्यु भएकाहरूको सम्मानमा साेमबार राष्ट्रिय शोक मनाइँदैछ। मन्त्रिपरिषद्को यहि भदौ १८ गते बसेको बैठकले रसुवा भोटेकोशी बाढीमा मृत्यु भएकाहरूको सम्मानमा साेमबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको थियो । देशैभरका सरकारी तथा गैरसरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा साेमबार राष्ट्रिय झण्डा आधा झुकाइने भएकाे छ।राष्ट्रिय विपद् जोखिम […]

२०८३ भाद्र २२ गते, सोमबार

दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन नेपाल आउँदै

काठमाडौँ । दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन आज नेपाल आउँदै छन्। ह्युन भोटेकोसी बाढीपछि बेपत्ता भएका आफ्ना नागरिकको खोज तथा अन्यको उद्धारमा नेपालसँग सहकार्य र सहयोगका विषयमा छलफल गर्न नेपाल आउन लागेका हुन्।दक्षिण कोरियाको विदेश मन्त्रालयका अनुसार तीन दिन नेपाल भ्रमणका क्रममा चोले नेपाली समकक्षी (परराष्ट्रमन्त्री) शिशिर खनालसँग भेटवार्ता गर्नेछन्। उनले बेपत्ता कोरियाली नागरिकका परिवारसँग […]

२०८३ भाद्र २० गते, शनिबार