राजनीति

सार्वजनिक सवारी साधनमा ‘रुट परमिट’ खुला

काठमाडौँ । यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि देशभर रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए ।रुट परमिट खुला गरेसँगै अब रुट नलिइन सार्वजनिक यातायात गन्तव्यस्थलसम्म जान पाउनेछन् । कुनै बाटोको […]

२०८२ आश्विन ६ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको उक्त विधेयक पौडेलले आज प्रमाणीकरण गरेको शीतल निवासले जनाएको छ ।

२०८२ आश्विन ५ गते, आईतवार

संविधान दिवस मनाइँदै

काठमाडौँ । आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ ।समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नुहुनेछ । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन […]

२०८२ आश्विन ३ गते, शुक्रबार

नागरिक समाजका अगुवाहद्वारा राष्ट्रपति पौडेललाई ज्ञापनपत्र

काठमाडौँ । नागरिक समाजका अगुवाहरूले राष्ट्रपति पौडेललाई ज्ञापनपत्र समेत बुझाएका छन् । नागरिक समाजका अगुवाहरूले अन्तरिम सरकारको मुख्य काम चुनाव गराउनु भएकाले दलहरूसँग अनावश्यक प्रतिशोध नसाँध्नका लागि सचेत गराउन राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रहसमेत गरेका छन् ।उनीहरूले दलहरूसँग अनावश्यक प्रतिशोध नसाँध्न पनि आग्रह गरेका छन् । राजनीतिक दलहरूसँग प्रतिशोध साँधिए अनावश्यक तनाव सिर्जना हुने उनीहरूको निष्कर्ष […]

२०८२ आश्विन २ गते, बिहीबार

आज राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा

काठमाडौँ । सरकारले जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा आज देशभर शोक बिदा दिएको छ । भ्रष्टाचारविरुद्ध गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रभममा कम्तिमा ७२ जना युवाको मृत्यु भएको थियो ।उनीहरुको सम्मानमा यही भदौ ३० गतेको अन्तरिम सरकार मन्त्रिपरिषद बैठकले असोज १ गते राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिने घोषणा गरेको […]

२०८२ आश्विन १ गते, बुधबार

जेन जीद्वारा प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग

काठमाडौँ । जेन जीको एक समुहले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ। आइतबार मध्यराति बालुवाटार पुगेर सुदन गुरुङको समूहले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग gardai प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ ।उनीहरुले मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदैनाराबाजी गरेका थिए । नाराबाजीको क्रममा उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा समेत मागे । जेनजी आन्दोलनको क्रममा मृत्यु […]

२०८२ भाद्र ३० गते, सोमबार

रेशम चौधरीद्वारा नागरिक उन्मुक्ति पार्टी नेपालको घोषणा

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी(नाउपा)का संरक्षक रेशम चौधरी पार्टीबाट बाहिरिएका छन् । चौधरीले फेसबुकमार्फत आफू पार्टीबाट अलग भएको उल्लेख गर्दै नागरिक उन्मुक्ति पार्टी नेपाल घोषणा समेत गरेका छन् ।उनले राजनीतिक पार्टी बिना आफू बच्न नसक्ने बताउँदै आफ्नो अभियानमा जोडिन आउनेलाई स्वागत गर्ने समेत बताए । उनले देशको उन्नती चाहनेहरुसँग हातेमालो गर्दै अघि बढ्ने योजना बनाउने […]

२०८२ भाद्र २९ गते, आईतवार

सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन : ६ महिनाभित्र निर्वाचन गराउने जिम्मेवारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारका लागि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री पदको सपथ गराएका छन् । राष्ट्रपति भवन शितल निवासमा आज राति अबेर आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष कार्कीले पद तथा गोपनीयताको सपथ लिएकी हुन् ।राष्ट्रपति पौडेलले विषम र असाधारण परिस्थितिमा युवा पुस्ताद्वारा प्रकट गरिएको माग र आकाक्षा अनुसार, राजनीतिक दल र सरोकारबालासँगको […]

२०८२ भाद्र २८ गते, शनिबार

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

काठमाडौँ । नेपाल प्रहरीले जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको जनाएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको बताएका हुन् ।जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ । तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको छ।पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको […]

२०८२ भाद्र २७ गते, शुक्रबार

‘देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको छ’

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको बताएका छन । उनले मुलुकको वर्तमान विषम परिस्थितिमा सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै शान्ति र सुव्यवस्था कायम गर्न सहयोगको लागि अपिलसमेत गरेका छन्। बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको जानकारी दिएका हुन्।राष्ट्रपति पौडेलले […]

२०८२ भाद्र २६ गते, बिहीबार