राजनीति

उपाध्यक्ष पौडेललाई बिनासर्त अविलम्ब रिहा गर्न माग

काठमाडौँ । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारी घोर प्रतिशोधपूर्ण, पूर्वाग्रहप्रेरित र गैरकानुनी रहेको ठहर गर्दै बिनासर्त अविलम्ब रिहा गर्न माग गरेको छ । मंगलबार साँझ बसेको सचिवालयको नवौँ बैठकले राजनीतिक पूर्वाग्रहबाट अभिप्रेरित भएर गरिएको गिरफ्तारीको दृढतापूर्वक प्रतिवाद गर्दै बिनासर्त अविलम्ब रिहा गर्न माग गरेको हो ।राज्य संयन्त्रको निरङ्कुश, प्रतिशोधपूर्ण र विभेदकारी कदमका विरुद्ध […]

२०८३ असार १० गते, बुधबार

पूर्वमन्त्री पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई सोमबारदेखि लागू हुनेगरी ७ दिन थुनामा राख्न अनुमति दिएको हो । उनलाई अब विभागले ७ दिन म्याद थप गर्न विशेष अदालतमा उपस्थित […]

२०८३ असार १० गते, बुधबार

सुकुमवासीलाई होल्डिङ सेन्टर खाली गर्न निर्देशन

काठमाडौँ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सबै होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई सरकारले दिने भनेको सेवा–सुविधा लिएर पाँच दिनभित्र बसेको स्थान खाली गर्न निर्देशन दिएको छ । समितिले सरकारले दिने भनेको २५ हजार रुपैयाँ लिएर होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको हो । समितिका सूचना अधिकारी टोपबहादुर बानियाँले भने – ‘सरकारले सुरुमा एकमुष्ट २५ […]

२०८३ असार ९ गते, मंगलवार

एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पौडेलले सम्पत्ति शुद्धीकरणको कसुरमा उपाध्यक्ष पौडेललाई सोमबार साँझ ६ः०० पक्राउ गरिएको जानकारी दिए । पौडेललाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ स्थित शुभ होटलको सभाहलबाट पक्राउ गरिएको हो ।पूर्वअर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष बुटवल उपमहानगरपालिका-९ रुपन्देही घर […]

२०८३ असार ९ गते, मंगलवार

पूर्वपरराष्ट्रमन्त्री आरजु राणासहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी खरिद ठेक्कामा अनियमिता गरेको भन्दै पूर्वपरराष्ट्रमन्त्री आरजु राणासहित १८जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । विशेष अदालतका सूचना अधिकारी पार्वती हितानका अनुसार राणासहित १८ विरुद्ध मुद्दा दायर भएको हो । पूर्वपरराष्ट्रमन्त्री राणासहित राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, विभागका सूचना प्रविधि निर्देशक सुनिलकुमार केसी र विभागका तत्कालीन लेखा […]

२०८३ असार ८ गते, सोमबार

गृहमन्त्री गुरुङविरुद्ध मानव अधिकार आयोगमा उजुरी

काठमाडौँ । शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परेका अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले हिरासतभित्रै मानसिक दबाब र ज्यान मार्ने धम्की दिएको आरोप लगाउँदै गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गराएका छन् । उनीहरुलेललितपुरस्थित आयोगको केन्द्रीय कार्यालयमा पुगेर निवेदन दर्ता गराएका हुन्। उनीहरूले राज्यको जिम्मेवार पदमा रहेका व्यक्तिबाटै आफूहरुमाथि गम्भीर मानव अधिकार […]

२०८३ असार ८ गते, सोमबार

वडासदस्य जैरू लागुऔषधसहित पक्राउ

काठमाडौँ । प्रहरीले अवैध लागुऔषधसहित वडासदस्य रूपा जैरूलाई पक्राउ गरेको छ । प्रहरीले उनलाई कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानस्थित गौरा मन्दिर टोलबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतअनुसार शनिबार उक्त क्षेत्रमा अवैध लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले भीमदत्त–१८ निवासी तथा सोही वडाकी वडासदस्य रूपा जैरूलाई शङ्कास्पद अवस्थामा […]

२०८३ असार ८ गते, सोमबार

हेल्लो गृह कल सेन्टर सञ्चालन

काठमाडौँ। गृह मन्त्रालयले नागरिकका गुनासा सम्बोधनका लागि ‘हेल्लो गृह कल सेन्टर’ सञ्चालनमा ल्याएको छ। मन्त्रालयले नागरिकका गुनासा तथा मन्त्रालयको कार्य सम्पादनलाई थप प्रभावकारी, पारदर्शी तथा चुस्त बनाउ कल सेन्टर सञ्चालनमा ल्याइएको जानकारी दिएको छ।मन्त्रालयको गुनासो व्यवस्थापन शाखा मार्फत कल सेन्टर सञ्चालन त्यहाँ टोल फ्री नम्बर, इमेल, मोबाइल र क्यूआरमार्फत गुनासा तथा सुझावहरू कल सेन्टरमा पठाउन […]

२०८३ असार ६ गते, शनिबार

सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी

काठमाडौँ । सरकारले महिलालाई लक्षित गरी सातवटै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारीलाई अघि बढाएको छ । सरकारको १०० दिनको कार्यसूचीअनुसार महिलाको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालनको तयारी अघि बढाइएको हो । कार्ययोजनाअनुसार पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जनाइएको छ । […]

२०८३ असार ६ गते, शनिबार

प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ । प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक सर्वसम्मतिले पारित भएको छ। आज बसेको प्रतिनिधिसभाको बैठकबाट अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक विधेयक सर्वसम्मतिले पारित भएको हो। बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा छलफलका लागि ल्याइएको आर्थिक विधेयकलाई निणयार्थ प्रस्तुत गर्दै सर्वसम्मतिले पारित भएको जानकारी गराएका हुन्।आजको प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ […]

२०८३ असार ५ गते, शुक्रबार