राजनीति

सिंगापुर पुगे देउवा दम्पती

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा सिंगापुर पुगेका छन । गएराति काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका उनीहरु सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । विमानस्थलबाट बाहिरिने क्रममा उनीहरु दुबै जना ह्विलचेयरमा देखिएका थिए ।गत भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो भने […]

२०८२ कार्तिक १२ गते, मंगलवार

एमालेको सचिवालय बैठक कार्तिक १५ गते बस्ने

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक कार्तिक १५ गते बस्ने बताइएको छ । एघारौँ महाधिवेशनको तयारीमा रहेको नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आगामी १५ गते बस्ने भएको हो।बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने पार्टीले जनाएको छ । असोज २९–३१ मा भएको एमालेको केन्द्रीय कमिटी बैठकले एघारौँ महाधिवेशन पोखरामा कार्तिक २७–२९ मा गर्ने निर्णय गरेको छ।पार्टीका […]

२०८२ कार्तिक १२ गते, मंगलवार

देउवा दम्पती सिंगापुर जाँदै

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नि आरजु राणासहित आज राति ९ बजे थप उपचारका लागि सिंगापुर जान लागेको बताइएको छ ।देउवा दम्पतीमाथि जेनजी आन्दोलनको दोस्रोदिन ( भदौ २४ गते) बूढानीलकण्ठस्थित निवासमा कुटपिट भएको थियो । सुरक्षाकर्मीले उद्धार गरेर देउवा दम्पतीलाई सेनाको सैनिक अस्पताल छाउनीमा पुर्‍याएको थिए । देउवालाई भेटेका कांग्रेस नेताहरूका अनुसार उनको […]

२०८२ कार्तिक ११ गते, सोमबार

भदौ २४ गते भएको विध्वंसमा संलग्न ७६ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले भदौ २४ गते भएको विध्वंसमा संलग्न मध्ये अहिलेसम्म ७६ जनालाई पक्राउ गरेको छ । प्रहरीले आगजनी तोडफोड र आपराधिक उपद्रवमा संलग्न ६३, ज्यान मार्ने उद्योगमा संलग्न १ र अभद्र व्यवहारमा संलग्न ३ जनालाई काठमाडौंपक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले प्रहरीको हत्यामा संलग्न ९ जनामध्ये ४ जना […]

२०८२ कार्तिक ७ गते, बिहीबार

नेपाल संवत् ११४६ प्रारम्भ

काठमाडौँ । नेपाल संवत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेवार समुदायले नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात् “न्हूदँया भिन्तुना” (नयाँ वर्षको शुभकामना आदान प्रदान) गरी आजको दिन मनाउने गरेका छन् ।राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात […]

२०८२ कार्तिक ६ गते, बुधबार

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा गौरव

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिव पदबाट मोहन वैद्य किरणले स्वैच्छिक राजीनामा दिएका छन् ।८० बर्षिय किरणले स्वास्थ्य लगायतको कारण देखाउँदै स्वैच्छिक राजीनामा दिएपछि उनको स्थानमा पार्टीले सीपी गजुरेल ‘गौरव ‘लाई महासचिव बनाउने निर्णय गरेको बताइएको छ ।सो पार्टीको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले महासचिवबाट मोहन वैद्य किरणले दिएको राजिनामा स्वीकृत गर्दै रिक्त पदमा […]

२०८२ कार्तिक ३ गते, आईतवार

नेपाल कम्युनिस्ट पार्टीले आज दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले आज दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने भएको छ । सो पार्टीको हालै सम्पन्न नवौँ केन्द्रिय समितिको तेस्रो विशेष बैठकको निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको बताइएको छ।नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा नयाँ कम्युनिष्ट केन्द्र निर्माणका लागि गठित वार्ता टोलीका प्रमुख प्रकाण्ड सीले हालै सम्पन्न नवौँ केन्द्रिय समितिको तेस्रो […]

२०८२ कार्तिक ३ गते, आईतवार

काठमाडौंका विभिन्न पाँच क्षेत्रमा विरोधका कार्यक्रम गर्न नपाइने !

काठमाडौँ। जिल्ला प्रशासन कार्यालयले काठमाडौँका विभिन्न पाँच क्षेत्रमा दुई महिनासम्म पाँच जनाभन्दा बढी भेला भई प्रदर्शन,धर्ना,जुलुसजस्ता विरोधका कार्यक्रम गर्न नपाउने आदेश जारी गरेको छ।प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शुक्रबार आदेश जारी गर्दै आज कात्तिक १ गते शनिबारदेखि काठमाडौंका विभिन्न क्षेत्रमा पाँच जनाभन्दा बढी भेला भई प्रदर्शन,धर्ना,जुलुसजस्ता विरोधका कार्यक्रम गर्न नपाइने जनाएका हुन्।प्रजिअ पौडेलद्वारा जारी आदेशमा […]

२०८२ कार्तिक २ गते, शनिबार

जेनजी विद्रोहमा ७६ जनाको मृत्यु

काठमाडौं । नेपाली सेनाले गत भदौ २३ र २४गते भएको जेन‍-जी आन्दोलनको क्रममा ७६ जनाको मृत्यु भएको र सो मध्ये २२ जना मात्रै प्रदर्शनकारी भएको जनाएको छ।सेनाको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले तथ्यांक प्रस्तुत गर्दै आन्दोलनको क्रममा २२ प्रदर्शनकारीको ज्यान गएको बताएका हुन्।आन्दोलनको कारण ७६ जनाको मृत्यु भएको र […]

२०८२ कार्तिक १ गते, शुक्रबार

सरकारद्वारा १० मिलियन अमेरिकी डलर अनुदान लिने निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन परियोजनाका लागि विश्व बैंकको व्यवस्थापनमा मल्टीडोनर ट्रस्ट फण्डबाट १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले १० मिलियन अमेरिकी डलर अनुदान साहायता लिनेदेखि विभिन्न २० वटा निर्णय गरेको हो ।मन्त्रिपरिषद्को बैठकले देशको आर्थिक, प्रशासनिक, कूटनीतिक, पूर्वाधार विकास, ऊर्जा र […]

२०८२ कार्तिक १ गते, शुक्रबार