राजनीति

रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको ठोकुवा गरेका छन्। सो पार्टीको कोशी प्रदेश समितिद्वारा आयोजित पार्टी एकता तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।नेता खनालले दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिले नै नेपालको सत्ता कब्जा गरेको आरोप लगाउदै २०६२/६३ […]

२०८३ भाद्र ६ गते, शनिबार

‘सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना, २०८३’ जारी

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो, सरल, पारदर्शी र नागरिकमैत्री बनाउन तत्काल सुधारका उपायसहितको ‘सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना, २०८३’ जारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार मुख्यसचिव स्तरीय निर्णय गर्दै जारी गरेको उक्त कार्ययोजना कार्यान्वयनका लागि सबै मन्त्रालय, सचिवालय, कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्लगायत कार्यालयलाई परिपत्र गरिएको जनाएको छ।कार्ययोजनाअनुसार सेवा प्रवाहमा देखिएका […]

२०८३ भाद्र ६ गते, शनिबार

‘एकीकृत दूरसञ्चार नीति, २०८३’ को मस्यौदा तयार

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले ‘एकीकृत दूरसञ्चार नीति, २०८३’ को मस्यौदा तयार पारेको छ। प्राधिकरणले तयार पारेको ‘एकीकृत दूरसञ्चार नीति, २०८३’ को मस्यौदामा टेलिकम कम्पनीको नवीकरण शुल्क अब एकमुष्ट भारी रकमको सट्टा वार्षिक आम्दानीको प्रतिशतका आधारमा तय गर्ने व्यवस्था गरिएको हो ।मस्यौदामा ‘वार्षिक आम्दानीको निश्चित प्रतिशत अनुमतिपत्र नविकरण दस्तुर हुने गरी कायम गर्ने’ स्पष्ट व्यवस्था […]

२०८३ भाद्र ६ गते, शनिबार

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई गरिएको नियुक्ति कानुनविपरीत ठहर गर्दै बदर गरिदिएको छ। न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको संयुक्त इजलासले अन्तिम सुनुवाइ गर्दै सरकारको उक्त निर्णय बदर गर्ने फैसला सुनाएको हो।नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य उपेन्द्रबहादुर कार्कीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उक्त फैसला गरेको हो।छनोट […]

२०८३ भाद्र ५ गते, शुक्रबार

राष्ट्रिय सूचना दिवस मनाइँदै

काठमाडौँ । आज राष्ट्रिय सूचना दिवस, २०८३ मनाइँदै छ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भई कार्यान्वयनमा आएको दिनको सम्झनामा उक्त दिवस मनाउन लागिएको हो । आजको दिन विभिन्न सङ्घ संस्थाले विविध कार्यक्रम आयोजना गरी राष्ट्रिय सूचना दिवस, २०८३ मनाउने राष्ट्रिय सूचना आयोगले जनाइएको छ । विसं २०६४ साउन ५ गते सूचनाको हकसम्बन्धी कानुन संसद्बाट […]

२०८३ भाद्र ३ गते, बुधबार

देवानगञ्ज र गोलबजार घटना : सुरक्षाकर्मीकै गोलीबाट मानवीय क्षति

काठमाडौँ । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाबारे छानबिन गर्न गठित समितिले गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाएको छ । देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बिचमा साउन १० मा भएको झडपको असर मधेस प्रदेशमा पनि फैलिएको थियो । कप्तानगञ्जमा भएको झडपमा ३ जनाको मृत्यु भएको थियो । सुनसरीमा गोली लागेर कप्तानगञ्जका ३० […]

२०८३ भाद्र २ गते, मंगलवार

दुर्गा प्रसाईंसँग वार्ता गर्न टोली गठन

काठमाडौँ । सरकारले दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले उठाएका मागका सम्बन्धमा छलफल गर्न वार्ता टोली गठन गरेको छ। सोमबार दिनभर भएको छलफलपछि सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव लीलाधर सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालले जानकारी दिए।महाअभियानले गत साउन २९ गते राष्ट्रिय मानव […]

२०८३ भाद्र २ गते, मंगलवार

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौँ । भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच भारतीय सेनाध्यक्ष सेठलाई उक्त सम्मान प्रदान गरेका हुन् । नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने ऐतिहासिक परम्परा रहिआएको छ । सोही […]

२०८३ भाद्र १ गते, सोमबार

सभामुखद्वारा प्रधानमन्त्री बालेनलाई संसद्‍मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन रुलिङ

काठमाडौँ । सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिनिधि सभामा उपस्थित भएर सांसदहरुका प्रश्नको जवाफ दिन रुलिङ गरेका छन्। सभामुख अर्यालले सोमबार प्रतिनिधि सभाको बैठक सुरु हुननसाथ विपक्षी दलका सांसहरु उठेपछि प्रधानमन्त्री बालेनलाई जवाफ दिन रुलिङ गरेका हुन्। सभामुख अर्यालले भने- ‘माननीय सदस्यहरुले लामो समयदेखि प्रतिनिधि सभा नियमावलीको नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग […]

२०८३ भाद्र १ गते, सोमबार

भारतीय प्रधानसेनापति सेठलाई नेपालको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै

काठमाडौँ । आइतबार काठमाडौं आइपुगेका भारतीय प्रधानसेनापति जनरल धिरज सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आज आयोजना हुने विशेष समारोहमा भारतका स्थल सेनाध्यक्ष सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछन् ।नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा तीनदिने औपचारिक भ्रमणमा नेपाल आएका सेठको भ्रमणलाई नेपाल–भारतबीचको परम्परागत सैन्य […]

२०८३ भाद्र १ गते, सोमबार