नेकपा कालीकोटद्वारा विद्यमान सत्ताविरुद्ध जनतासँग अन्तरक्रिया
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी कालीकोटले विद्यमान सत्ताविरुद्ध जनतासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको बताइएको छ । सो पार्टीको एरिया नं ४ ले स्थानीय बासिन्दासँग दलाल पुँजीवादी सत्ताको विकल्पमा अन्तरक्रिया गरेको हो । जिल्ला सेक्रेटरी रणदीपको प्रमुख आतिथ्य र सुवासको सञ्चालनमा सम्पन्न कार्यक्रममा राजनीतिक दल, शिक्षक, बुद्धिजीवी र जनसमुदायको उल्लेख्य सहभागिता रहेको कालीकोटबाट प्राप्त समाचारमा जनाइएको छ […]
२०७७ माघ ८ गते, बिहीबार