राजनीति

काठमाडौँ उपत्यकामा निषेधाज्ञा : अटेर गरे जरिवाना र कैद !

काठमाडौँ । काठमाडौं उपत्यकामा गए मध्यरातिदेखि निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञा लागू भएसंगै प्रहरीले अत्यावश्यक बाहेकका गतिविधिमा कडाई गरेको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि आवश्यक सावधानी अपनाउन एक साताका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको बताइएकाे छ । सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजान आग्रह गरिएको छ । निषेधाज्ञा पालना गराउन नेपाल […]

२०७७ भाद्र ४ गते, बिहीबार

नेकपाद्वारा बाढीपिडितलाई राहत र क्षतिपूर्तिको माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले बाढीमा परी बेपत्ता भएकाहरूको खोजी गर्न, घाइतेहरूको निःशुल्क उपचार गर्न र ज्यान गुमाएकाहरूका परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेको छ । सो पार्टीको जिल्ला समिति अछामले कैलास खोलामा आएको बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ ।नेकपा अछाम जिल्ला इन्चार्ज नवीन र […]

२०७७ भाद्र ३ गते, बुधबार

प्रमुख जिल्ला अधिकारीलाई कर्फ्यु लगाउनेसम्मको अधिकार

काठमाडौं । हिजोको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमणको जोखिम रहेका क्षेत्रमा निषेधाज्ञा गर्ने र कर्फ्यु लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको बताइएको छ । सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जिल्ला कोभिड—१९ संकट व्यवस्थापन समितिले कोरोना संक्रमणको जोखिमको अवस्था विश्लेषण गरी निषेधाज्ञा जारी गर्ने र आवश्यक परे कर्फ्यु लगाउने अधिकार प्रमुख […]

२०७७ भाद्र २ गते, मंगलवार

आज सहिद रामवृक्ष स्मृति दिवस

काठमाडौँ । आज भदौ २ सहिद रामवृक्ष यादवको २७ औँ स्मृति दिवस । धनुषाको बर्मझियामा जन्मिएका यादवलाई तत्कालीन देउवा सरकारको संरक्षणमा रामवृक्ष यादवको हत्या भएको थियो । २०५१ साल भदौ १ गते नेपाल बन्दको कार्यक्रम सकेर भोलिपल्ट भदौ २ गते वीरेन्द्रबजारबाट घर फर्कंदै गर्दा सादा पोसाकमा रहेका प्रहरी र नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले घरेलु हतियार प्रयोग […]

२०७७ भाद्र २ गते, मंगलवार

नेकपाले मनायो १८ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रामेछापले १८ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस रामेछापमा सहिद परिवार र जनसमुदायका बीचमा भव्य रूपमा मनाएको छ । सहिद परिवार जिल्ला समिति सदस्य तथा खाँडादेवी गापा सेक्रेटरी ज्वालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला सेक्रेटरी विवेकले गरेका थिए भने तामाङ मुक्ति मोर्चा खाँडादेवी गापाका संयोजक गगलाल तामाङले स्वागत मन्तव्य व्यक्त गरेका […]

२०७७ श्रावण ३२ गते, आईतवार

काठमाडौं उपत्यकामा विशेष कडाई : भदौं १५ सम्म कायम रहने

काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार बसेको बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम निषेध जारी गर्ने निर्णय गरेको छ । निषेध गएराति १२ बजेदेखि लागू भएको र आगामी भदौं १५ गते राति १२ बजेसम्म कायम रहनेबताइएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालय बबरमहलमा बसेको भक्तपुर जिल्ला प्रशासन कार्यालय र ललितपुर […]

२०७७ श्रावण ३१ गते, शनिबार

अङ्ग्रेजीमा मात्र इम्बोस्ड नम्बर–प्लेट राख्ने सर्वोच्चको फैसलाप्रति आपत्ति

काठमाडौँ । ‘मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल’ले पछिल्लोपटक सवारी साधनमा अङ्ग्रेजी भाषामा मात्र इम्बोस्ड नम्बर–प्लेट राख्ने फैसलाको आपत्ति जनाएको छ । नेपाली भाषामाथि हुँदै आएको अतिक्रमण र भ्रष्टीकरणका विरुद्ध आन्दोलनरत सो सञ्जालका अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विगत केही वर्षदेखि सरकारी र अन्य निकायबाट षड्यन्त्रपूर्ण ढङ्गले मानक नेपाली भाषालाई ध्वस्त पार्न […]

२०७७ श्रावण ३० गते, शुक्रबार

कोरोनाबाट विजय प्राप्त गर्न वैज्ञानिक समाजवाद

काठमाडौं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालका अध्यक्ष हस्तबहादुर केसीले आज एक बिज्ञप्ति जारी गर्दै प्राकृतिक प्रकोपहरु र वर्गीय शोषण तथा उत्पीडनबाट सदाका लागि विजय प्राप्तिका लागि विश्व मानव समुदाय वैज्ञानिक समाजवाद प्राप्तिको लडाइँमा लामबध्द हुनुको विकल्प नभएको बताएका छन । उनले कोरोना भाइरस ( COVID – 19 ) को संक्रमण र महामारीबाट […]

२०७७ श्रावण ३० गते, शुक्रबार

अन्तर्राष्ट्रिय युवा दिवस मनाइदै

काठमाडौं । आज अगस्ट १२ अर्थात अन्तर्राष्ट्रिय युवा दिवस । आज नेपाललगायत विश्वमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइदै छ । यस वर्ष कोरोना भाइरसका कारणले दिवस भर्चुअल रूपमा कार्यक्रम गरी मनाउन थालिएको छ । दिवसकै अवसरमा युवा नेतृत्वमा विकास गर्नका लागि राष्ट्रिय परिषद्ले एक हप्तादेखि विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त […]

२०७७ श्रावण २८ गते, बुधबार

‘प्रशान्तलाई बिनासर्त तत्काल रिहा गर’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी काभ्रेले यही २२ गते जिल्लाको रोशी गाउँपालिका ५ बाट पार्टीका काभ्रे जिल्ला सदस्य प्रशान्तलाई प्रहरीले बिनाकारण गिरफ्तार गरेकोमा खेद तथा भत्र्सना गर्दै उनलाई तत्काल बिनासर्त तत्काल रिहा गर्न माग गरेको छ । सो पार्टीका सेक्रेटरी प्रकाशले जारी गरेको विज्ञप्तिमा निर्दोष कार्यकर्ताको रिहाइका लागि पहल गरिदिन कानुन व्यवसायी, सञ्चारकर्मी, मानवअधिकारकर्मीलगायतलाई आग्रह […]

२०७७ श्रावण २७ गते, मंगलवार