राजनीति

नेपाल–चीनबीच विभिन्न समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, २६ असोज । नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता केहीबेरअघि राजधानीमा सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्नो मुलुकको प्रतिनिधित्व गरेको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचारविमर्श भएको थियो । वार्ता समाप्तभएसँगै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र […]

२०७६ आश्विन २६ गते, आईतवार

सांसद अफताव आलम पक्राउ

काठमाडौं, २६ असोज । नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । ०६४ चैतमा भएको बम काण्डमा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटमै राखिएको छ । आलम रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

२०७६ आश्विन २६ गते, आईतवार

राईलाई तत्काल रिहा नगरे प्रतिरोध संघर्ष

काठमाडौं, २३ असोज । नेपाल कम्युनिस्ट पार्टी जनकपुर व्युरोले व्युरो सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज शशी राईलाई पार्टी संगठनको कामको सिलसिलामा रहेको बेला बिहीबार बिहान विनाकारण सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकास्थित पिपलमाडीबाट अमानवीय र गैरकानुनी ढङ्गलबाट अपहरणशैलीमा गिरफ्तार गरेकोप्रति घोर निन्दा एवंम भत्र्सना गरेको छ । जनकपुर व्युरो इन्चार्ज अरुणले बिहीबार प्रेस विज्ञप्ति निकाली राईलाई गैरकानुनी […]

२०७६ आश्विन २३ गते, बिहीबार

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तालिका सार्वजनिक

काठमाडौं, २२ असोज । चिनियाँ विदेशमन्त्रालयले बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रपति सी जिनपिङको नेपाल र भारत भ्रमणको मिति सार्वजनिक गरेको छ । चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हुव चुनिङका अनुसार राष्ट्रपति सीले अक्टोम्बर ११ देखि १३ सम्म भारत र नेपालको भ्रमण गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्रालयले समेत प्रेस विज्ञप्ती जारी गर्दै चिनियाँ राष्ट्रपति सी को नेपाल […]

२०७६ आश्विन २२ गते, बुधबार

प्रधानमन्त्रीद्वारा पूर्व-प्रधानमन्त्रीहरुको बैठक आव्हान

काठमाडौं, २३ असाेज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ९ बजे पूर्वप्रधानमन्त्रीहरुको बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीको हैसियतमा नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख विपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा, डा बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल र लोकेन्द्रबहादुर चन्दलगायतलाई बोलाइएको बताइएको छ । शनिबार नेपाल भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति […]

२०७६ आश्विन २३ गते, बिहीबार

अरिंगाल’को सट्टा ‘मौरी’ र ‘सिंह’को सट्टा ‘गोरु/गधा’ भने के हुन्छ ?

काठमाडौं, १३ असोज । समाजवादी नेपाल पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पछिल्लो समय नेपाली राजनीतिमा विम्बका रुममा प्रयोग गर्न थालिएका अरिंगाल, सिंह, शिकारीजस्ता शब्दलाई प्रयोगमा ल्याउने केही नेताको नामै लिएर उनले ती शब्दको विकल्प सुझाउँदै उनले प्रश्न गरेका छन् । सोमबार ट्वीट गर्दै उनले लेखेका छन्, ‘ओली : अरिंगाल.. बघिनी, प्रचण्ड : सिंह, […]

२०७६ आश्विन १३ गते, सोमबार

संसदीय समितिको निर्णयप्रति सर्वोच्च अदालत असन्तुस्ट

काठमाडौं, १० असोज । संसदीय समिति र नेपाल बार एसोसिएसनको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको लाभकरसम्बन्धी फैसलाको अध्ययन गर्ने निर्णयप्रति सर्वोच्च अदालतले असन्तुष्टि जनाएको छ । दसैं–तिहारको शुभकामना आदान–प्रदानका लागि शुक्रबार सर्वोच्च अदालत परिसरमा गरिएको कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले घुमाउरो तरिकाले एनसेलको लाभकर फैसला अध्ययन गर्ने निर्णयप्रति असन्तुष्टि जनाएका हुन् । उनले स्वतन्त्र, निष्पक्ष र […]

२०७६ आश्विन ११ गते, शनिबार

नेकपाद्वारा गिरफ्तारी र गैरराजनीतिक व्यवहारप्रति आपत्ति

काठमाडौं, १० असोज । नेपाल कम्युनिस्ट पार्टी बाजुराले पार्टीका आठ जना जिल्ला नेताहरुको गिरफ्तारी र उनीहरुमाथिको गैरराजनीतिक व्यवहारप्रति पार्टीले गम्भीर आपत्ति प्रकट गरेको छ । जिल्ला इन्चार्ज विनोदले विज्ञप्ति जारी गरी राज्यपक्षबाट दिइएको धाकधम्की र आतङ्कजन्य व्यवहारप्रति भत्र्सना पनि गरेका छन् । विज्ञप्तिमा भनिएको छ, स्थानीय तहदेखि केन्द्रसम्म भ्रष्ट, जनघाती र राष्ट्रघातीको पहिचान बनाइसकेको केपी […]

२०७६ आश्विन १० गते, शुक्रबार

युवा संगठनद्वारा परिवर्तनकारी महाअभियानमा लामबद्द हुन अपिल

काठमाडौं, ८ असाेज । एकीकृत जनक्रान्तीमार्फत दलाल पुजीवादी ब्यबस्थाको अन्त्य र बैज्ञानिक समाजबादी ब्यबस्था स्थापनाको लागि युवा संगठन, नेपालले सुरु गरेको अभियान ऐतिहासिक र कोसेढुङ्गा साबित भएको जनाएको छ । युवा संगठन, नेपाल राप्ती ब्युरोका इन्चार्ज अनिलले एक विज्ञप्ति जारी गरि परिबर्तनकारी यो महाअभियानमा लामबद्ध हुन अपिल गर्दै अाम जनसमुदायमा राजनैतिक, आर्थिक, भौतिक, नैतिक हर […]

२०७६ आश्विन ९ गते, बिहीबार

युवा सङ्गठन नेपालको तीनमहिने साङ्गठनिक अभियान सुरु

काठमाडौं, ८ असाेज । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा सङ्गठन नेपालको तीनमहिने साङ्गठनिक अभियान देशैभर सुरु भएको छ । सङ्गठनको हालै बसेको केन्द्रीय समितिको बैठकको निर्णयअनुसार देशैभर सङ्गठन सुदृढ तथा विस्तार अभियान उद्घाटन भएको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा आमयुवाहरू एक हौँ ! वैज्ञानिक समाजवादका लागि सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा अघि बढौँ !! […]

२०७६ आश्विन ८ गते, बुधबार