राजनीति

शिक्षक संगठनका जिल्ला अध्यक्ष बयकको पार्टी सदस्यता खारेज

काठमाडौं , १ असार । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल शिक्षक संगठनको जिल्ला अध्यक्षको जिम्मेवारीमा रहि काम गर्दै आएका मनबहादुर बयकको पार्टी सदस्यता खारेज भएको छ। अछाम जिल्ला सेक्रेटरी जयसिंहले विज्ञप्तिमार्फत दलाल सरकारको मतियार बन्दै वर्गघात गरेको हुँदा मनबहादुर बयकलाई साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्काशन गरेको बताएका छन । सेक्रेटरी जयसिंहले विज्ञप्तिमा भनेछन्, ‘हाम्रो महान् […]

२०७६ असार १ गते, आईतवार

महेन्द्र राजमार्ग सडक अवरोध हटाउन चेतावनी

काठमाडौं, ३२ जेठ । नेपाल कम्युनिस्ट पार्टीका जिल्ला जनपरिषद् नेपाल कपिलवस्तुले जनतालाई निर्वाध रुपले आवागमन गर्ने बातावरण मिलाउन अपिल गरेको छ । जनपरिषद् कपिलवस्तुको प्रमुख सोमै थारुले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राज्य जनताप्रति उत्तरदायी नभएको कारण जनपरिषदले जनतालाई निर्वाध रुपले आवागमन गर्ने बातावरण मिलाउन सो अपिल गरेका हुन् । जनपरिषद् प्रमुख थारुद्वारा जारी विज्ञप्तिमा […]

२०७६ जेष्ठ ३२ गते, शनिबार

गुठी विधेयकविरुद्ध मसाल जुलुस

काठमाडौं, ३१ जेठ । ललितपुरका स्थानीय बासिन्दाले गुठी विधेयक खारेजीको माग गर्दै मसाल जुलुस प्रदर्शन गरेका छन् । पाटन दरबार स्क्वायरबाट सुरु भएको मसाल जुलुस नगर परिक्रमा गर्दै भीमसेन मन्दिरमा पुगेर सम्पन्न भएको थियो । मसाल जुलुसमा कीर्तिपुर, काठमाडौं र भक्तपुरबाट गएका सरोकारवालासहित स्थानीय बासिन्दा सहभागी थिए । मसाल जुलुुसपछि आयोजित विरोधसभामा बोल्ने वक्ताहरुले गुठी […]

२०७६ जेष्ठ ३२ गते, शनिबार

नेकपाका नेता पुष्करलाई पितृशोक

काठमाडौं, ३१ जेठ । नेपाल कम्युनिस्ट पार्टीका निवर्तमान कोसी ब्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुष्कर’लाई पितृशोक परेको छ । लिखु गाउँपालिका ५ ओखलढुङ्गा निवासी उनका ७४ वर्षीय बुबा गिरीबहादुर श्रेष्ठको क्यान्सर रोगका कारण उपचार गराउँदा गराउँदै आज शुक्रबार बिहान काठमाडौँको पिपुल्स मेडिकल कलेज नयाँबजारमा निधन भएको हो । पुष्करका बुबा गिरीबहादुर श्रेष्ठको निधनले पार्टीलाई अत्यन्त मर्माहत […]

२०७६ जेष्ठ ३१ गते, शुक्रबार

संविधान संशोधन नभए सडक संघर्ष

काठमाडौं, ३० जेठ । राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन नभए सडक संघर्षमा उत्रने चेतावनी दिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राजपाका सांसद लक्ष्मणलाल कर्णले संविधान संसोधन र संविधान कार्यान्वयनमा सरकार प्रतिवद्ध नभए सडक संघर्ष गर्ने चेतावनी दिए । उनले सरकारसँग विगतको प्रतिवद्धतालाई नभुल्न चेतावनी समेत दिए । उनले सरकार र संबैधानिक निकायले संसदको मर्यादा […]

२०७६ जेष्ठ ३० गते, बिहीबार

ने.क.पा.द्वारा इलाम जिल्ला इन्चार्ज दर्नालसहित चार जनाको सदस्यता खारेज

काठमाडौं, ३० जेठ । नेपाल कम्युनिस्ट पार्टीले इलाम जिल्ला इन्चार्ज विजय दर्नाल, एरिया सदस्य गणेशकुमार विश्वकर्मा, फुर्वा शेर्मा र विदुर शेर्पालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ । सो पार्टीको मेची–कोशी व्युरो इन्चार्ज शिशाले बुधबार प्रेस विज्ञप्ति जारी गरी इलाम जिल्ला इन्चार्ज विजय दर्नाल, एरिया सदस्य गणेशकुमार विश्वकर्मा, फुर्वा शेर्मा र विदुर शेर्पाले […]

२०७६ जेष्ठ ३० गते, बिहीबार

युवा संगठन नवलपरासीका अध्यक्ष गिरफ्तार

काठमाडौं, २९ जेठ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नवलपरासीका अध्यक्ष कृष्ण गिरी गिरफ्तार भएका छन । गिरीलाई आज बिहान १०:३० बजे आफ्नै घर भुताहामा बसिरहेको बेला प्रहरीले गिरफ्तार गरेको बताइएको छ । उनलाई गिरफ्तार गरि जिल्ला प्रहरी कार्यालय परासी राखिएको प्रहरीले जनाएको छ ।

२०७६ जेष्ठ २९ गते, बुधबार

संसद अवरुद्ध !

काठमाडौं, २८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । गुठी विधेयकको विषयलाई लिएर कांग्रेसले बैठक अवरुद्ध गरेको हो । प्रतिनिधिसभाको आज बसेको बैठक आरम्भ हुँदै गर्दा नेपाली कांग्रसका सांसद्हरुले उभिएर बैठक अबरुद्ध गरेका हुन् । यसै बिषयलाई लिएर कांग्रेसले बैठक अवरुद्ध गरेको दोस्रोपटक हो । सोमबार गुठीसम्बन्धी विधेयकमाथि […]

२०७६ जेष्ठ २८ गते, मंगलवार

प्रधानमन्त्रीको विदेश मोह : १५ महिनामा ९ पटक विदेश भ्रमण

काठमाडौं, २६ जेठ । केपी शर्मा ओलीले प्रधानमन्त्रीको बागडोर सम्हालेको १५ महिना पार भएको छ । यसबीचमा उनले ९ पटक विदेश भ्रमण गरिसकेका छन् । यसै क्रममा प्रधानमन्त्री ओली शनिबार युरोप यात्राको लागि निस्किएका छन् । ओलीको युरोप यात्रा जेठ ३२ गतेसम्म चल्ने छ । युरोप यात्राको क्रममा ओली २६ र २७ गते स्वीट्जरल्याण्डमा रहने […]

२०७६ जेष्ठ २६ गते, आईतवार

युवा भेलामा प्रहरी हस्तक्षेप

काठमाडौं, २५ जेठ । नेपाल कम्युनिष्ट पार्टी समर्थित युवाहरु र प्रहरीका बीच आज सिन्धुलीको दुधौलि नगरपालिकाको अरुदमारमा झडप भएको छ । सिन्धुलीको दक्षिणपुर्व र उदयपुरको कटारी बजार नजिकै अरुदमारमा युवा संघ नेपालको दोस्रो भेला चलिरहेका बेला प्रहरीले हस्तक्षेप् गरेपछि युवाहरु र प्रहरीका बीच झडप भएको हो । प्राप्त समाचार अनुसार उक्त जिल्ला भेलामा २ सय […]

२०७६ जेष्ठ २५ गते, शनिबार