राजनीति

दुई दर्जन अधिकारकर्मी पक्राउ

काठमाडौं, २६ असार । प्रहरीले मानवअधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीसहित २५ जना अधिकारकर्मीलाई पक्राउ गरेको छ । उनीहरुलाई सिंहदरबारको दक्षिण गेटअगाडि धर्ना र प्रदर्शन गर्न खोज्दा पक्राउ गरिएको हो । धर्ना सुरु हुनासाथ प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाइँलगायत २५ जनालाई गिरफ्तार गरी महानगरीय प्रहरी […]

२०७५ असार २६ गते, मंगलवार

डा. केसीको जीवन रक्षा गर्न माग

काठमाडौं, २५ असार । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले अनसनरत ड़ा, गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । वैद्यले बिज्ञाप्ती जारी गर्दै अनसनरत डा. केसीको स्वास्थ्य स्थिति खस्केको जनाउँदै उनको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । ओली सरकारले विगतमा आफूसँग भएको सम्झौताविपरीत चिकित्सा विधेयक ल्याएको भन्दै […]

२०७५ असार २५ गते, सोमबार

इसाइ धर्म प्रचारमा संलग्न दम्पतीलाई देश निकाला

काठमाडौँ, २५ असार । गृह मन्त्रालयले व्यावासायिक प्रवेशाज्ञाको आडमा धर्म प्रचार गरेको आरोपमा फिलिपिनी दम्पतीलाई एक वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्काशन गरेको छ। इसाइ धर्म प्रचारमा संलग्न भएका आरोपमा कुनै विदेशीलाई गृह मन्त्रालयले निष्काशन गरेको यो सम्भवतः पहिलो घटना हो। व्यावसायिक भिसा लिएका केही विदेशी चर्च चलाएर धर्म प्रचारमा संलग्न भएको उजुरी आएपछि गृह […]

२०७५ असार २५ गते, सोमबार

राजपाको बैठक निष्कर्षविहिन

काठमाडौं ,२४ असार । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको बबरमहलस्थित पार्टी कार्यालयमा तीन दिनसम्म चलेको बैठक बिना निर्णय सकिएको छ । बैठकमा ११ वटा कार्यसूचीमा सबै सदस्यले पालैपालो आफ्ना धारणा राखेका थिए । बैठकमा आफुले भनेजस्तो नभएपछि ठाकुर र महतो बीच पार्टी बैठकमै हानाहान भएको छ । बैठकलाई निर्णायक बनाउनुपर्ने भन्दै महाधिवेशन तथा अन्य विषयमा […]

२०७५ असार २४ गते, आईतवार

२९ न्यायाधीशलाई जरिवाना !

काठमाडौं ,२३ असार । कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले २९ न्यायाधीसलाई जरिवाना कारवाही गरिएको जानकारी दिएका छन् । शुक्रबार नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाद्वारा ‘सूचनाको हक संरक्षण, प्रवर्द्धन र प्रचलन’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री तामाङले सो जानकारी दिएका हुन् । सार्वजनिक पद धारण गरेका सरकारका उच्च अधिकारीहरुलाई भ्रष्टचारी हुनबाट रोक्न […]

२०७५ असार २३ गते, शनिबार

नेपाली राजदूत फेर्ने तयारी

काठमाडौँ, २२ असार । सरकारले राजनीतिक नियुक्ति खारेज गरे लगतै विभिन्न मुलुकमा रहेका नेपाली राजदूत फेर्ने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयले राजदूत फेर्ने आन्तरिक तयारी थालेको बताइएको छ । केही मुलुकमा रहेका नेपाली राजदूतहरु समयावधि सकिएर फिर्ता भएसँगै केपी ओली नेतृत्वको सरकारले खालि भएका र थप मुलुकमा राजदूत नियुक्ति गर्ने भएको हो । तत्कालिन […]

२०७५ असार २२ गते, शुक्रबार

कांग्रेसले सडक र सदनमा विरोध गर्ने

काठमाडौं, २१ असार । बुधबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वकालमा भएका राजनीतिक नियुक्ति खारेज गरेपछि नेपाली कांग्रेसले सडक र सदनमा विरोध गर्ने जनाएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तात्कालीन सरकारले आफ्ना नियमित कार्यक्रम अनुसार नै विभिन्न पदमा नियुक्ति गरेको दावी गरे । अघिल्लो सरकारले गरेको निर्णय उल्टाउँदै जाने हो भने मुलुक […]

२०७५ असार २१ गते, बिहीबार

देउवा सरकारले गरेका सबै राजनीतिक नियुक्ति बदर गर्ने निर्णय

काठमाडौं, २१ असार । प्रधानमन्त्री निवास बालुवाटारमा गएराति अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आचारसंहिता लागू भएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका सबै राजनीतिक नियुक्ति बदर गरेको छ । सरकारले भदौ १४ गतेदेखि फागुन २ सम्म भएका सबै राजनीतिक नियुक्ति बदर गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिलसिलामा निर्वाचन आचारसंहिता लागू भएको मिति […]

२०७५ असार २१ गते, बिहीबार

कांग्रेसद्वारा प्रतिरोधमा उत्रिने चेतावनी

काठमाडौं, २० असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको आज बसेको बैठकले अनशनरत् डाक्टर गोविन्द केसी र गंगामाया अधिकारीका मागमा ऐक्यबद्धता जनाएको छ । कांग्रेसले डा. गोविन्द केसीका मागप्रति ऐक्यबद्धता जनाउन र उनको स्वास्थ्य अवस्था बुझ्न तीनजना सांसदलाई जुम्ला पठाउने निर्णय गरेको छ । त्यसैगरी, गंगामाया अधिकारीका मागप्रति ऐक्यबद्धता जनाउन र स्वास्थ्य अवस्था […]

२०७५ असार २० गते, बुधबार

‘ओली सरकार शोषक र सामन्तको पक्षपाती ‘

काठमाडौं, १९ असार । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार शोषक सामन्तीको पक्षमा उभिएको बताएकी छन् । कार्कीले मंगलबार काठमाडौँका आयोजित एक कार्यक्रममा बोल्दै केदारभक्त माथेमा आयोगको प्रतिवेदन विपरीत चिकित्सा शिक्षा विधेयक ल्याएर सरकारले शोषक सामन्ती व्यापारीहरुलाई सहयोग गरेको बताइन् । सरकारले माइतीघर मण्डलालगायतका ठाउँमा विरोध प्रदर्शन गर्न […]

२०७५ असार १९ गते, मंगलवार