राजनीति

२०७५ सालको बिदा सार्वजनिक

काठमाडौं, १९ चैत । सरकारले २०७५ सालको बिदाको सूची प्रकाशित गरेको हो । २०७५ मा शनिबार बाहेक नयाँ वर्ष, शिवरात्री र फागु पूणिर्मामा देशभर बिदा हुनेछ । संविधान जारी भएको दिन असोज ३ गते राष्ट्रिय दिवसको बिदा, मजदुर र अन्तराष्ट्रिय महिला दिवस, बुद्ध जयन्तीको दिन देशभर विदा हुनेछ । दशैँ विदा असोज ३० देखि कात्तिक […]

२०७४ चैत्र १९ गते, सोमबार

बैद्य पनि जनसरकारको पक्षमा

काठमाडौँ , १८ चैत्र । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले जनसरकार स्थापना गर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेको जनसरकार र जनअदालतबारे आफूलाई औपचारिक रुपमा केही जानकारी नभएको बताए । महासचिव वैद्यले बुझेर कार्यगत एकता अगाडि बढ्ने बताए । एक अनलाइनलाई दिएको अन्तरवार्तामा महासचिव वैद्यले जनसरकार ब्यूँताउने नभएर स्थापना गर्ने बताए […]

२०७४ चैत्र १९ गते, सोमबार

ओलीलाई भारतसँग कूटनीतिक पहल गर्न सुझाव

राजविराज, चैत १८ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीलाई भारत भ्रमणको क्रममा नेपालको समस्या समाधानका लागि कूटनीतिक पहल गर्न सुझाव दिएका छन् । सप्तरीको राजविराजमा आइतबार भएको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले मुलुकलाई आर्थिक उन्नतितर्फ उन्मुख बनाउन भारतसँग कूटनीतिक पहल आवश्यक रहेको बताए । अध्यक्ष यादवले नेपालको गरिबी हटाउन र आर्थिक […]

२०७४ चैत्र १८ गते, आईतवार

भारतको दादागिरी : प्रतिट्रक १० हजार घुस माग्दै

काठमाडौं,१८ चैत । सुरक्षा जाँचका नाममा भारतीय पक्षले कडाइ गर्दा बेलहिया-सुनौलीमा आयात तथा निर्यात प्रभावित बन्दै गएको छ । प्रधानमन्त्री केपी ओलीले चैतको २३ गतेदेखि भारत भ्रमण गर्ने तयारी गरिरहेका बेला भारतीय पक्षले सिमानामा विभिन्न बहाना बनाएर अवरोध गरिरहेको हो । कडाइ गरिएपछि अहिले नेपालतर्फ प्रवेश गर्ने मालवाहक ट्रकको लाम २५ किलोमिटरसम्म पुग्ने गरेको छ […]

२०७४ चैत्र १८ गते, आईतवार

गलत सूचना दिंनेलाई १ लाख जरीवाना र ६ महिना कैद

काठमाडौं, १७ चैत । विपदको बारेमा कहिलेकाहीं भ्रम छर्दा जनजीवन अस्तब्यस्त हुने गर्दछ । यसले समाजमा नकरात्मक असर पार्ने गरेको छ । अब कुनै विपतको घटनामा हुनक्ने अफवाह फैलाए १ लाख रुपैंयाँ जरीवानादेखि ६ महिनासम्म कैद सजाय हुने ब्यवस्था गरिएको छ । गृह मन्त्रालयले बनाएको ‘विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४’ले यस्तो कारवाहीको ब्यवस्था […]

२०७४ चैत्र १७ गते, शनिबार

बेपत्ता पारिएका र सत्य निरुपणसम्बन्धी अध्यादेश स्वीकृत

काठमाडौँ, १६ चैत । प्रतिनिधिसभाले “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४” लाई स्वीकृत गरेको छ । संसद्को आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले प्रस्तुत गरेको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । त्यस्तै बैठकमा आजै गृहमन्त्री रामबहादुर थापाले बैठकमा “राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७४” […]

२०७४ चैत्र १६ गते, शुक्रबार

आज पत्रकार महासंघको ६३ औँ स्थापना दिवस

काठमाडौं, १६ चैत । आज नेपाल पत्रकार महासंघको ६३ औँ स्थापना दिवस , यस अवसरमा आज विभिन्न कार्यक्रम हुँदैछन् । पत्रकारिताप्रति रुचि बढ्दै गएको पाइए पनि पेशागत सुरक्षा र समयमा तलब नपाउने जस्ता कारणले गुणस्तरीयता बढाउने चुनौती थपिदै गएको छ । अहिले पत्रकारको पारिश्रमिक गुणस्तरीयताको बृद्धिको मुद्दालाई प्राथमिकताका साथ उठान गरिरहेको पत्रकार महासंघका अध्यक्ष गोविन्द […]

२०७४ चैत्र १६ गते, शुक्रबार

राष्ट्रपतिसँगै उपराष्ट्रपति बसेपछि …

काठमाडौं, १६ चैत । संसदीय अभ्यास र परम्पराविपपरीत उपराष्ट्रपतिलाई राष्ट्रपतिसँगै बिहीबार संसदमा आसन गराइएपछि विवाद सुरु भएको छ । विगतमा राष्ट्रपतिले संसदलाई सम्बोधन गर्दा उपराष्ट्रपतिलाई संसदको बाल्कोनीमा विशिष्ट कुर्सीमा आसन गराइन्थ्यो । बिहीबार संघीय संसदका दुबै सदनको संयुक्र बैठकमा उपराष्ट्रपति नन्दबहादुर पुनलाई भने राष्ट्रपति भण्डारीसँगै कुर्सी राखेर आसन ग्रहण गराइएको थियो । संसदीय अभ्यास र […]

२०७४ चैत्र १६ गते, शुक्रबार

सार्वजनिक जग्गा खोज्न शुरु

काठमाडौं, १५ चैत । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ३२ वटै वडा अध्यक्षलाई सार्वजनिक जग्गाको जानकारी गराउन निर्देशन दिएका छन । कामपाले करीव दुई हप्तादेखि प्रमुख शाक्यकै अगुवाईमा सार्वजनिक जग्गाको जानकारी लिन थालेको हो । विसं २०७२ मा गएको विनाशकारी भूकम्पका बेला सार्वजनिक जग्गाको पहिचान हुन नसक्दा समस्या भएकाले अनुगमनलाई तीव्रता दिएको कामपाले जनाएको छ […]

२०७४ चैत्र १५ गते, बिहीबार

सडक विस्तारबिरुद्ध प्रदर्शन

काठमाडौं, १४ चैत । काठमाडौं उपत्यकामा भइरहेको सडक विस्तारको विरोध गर्दै माइतीघरमन्डलामा सभासहित प्रदर्शन गरिएको छ । प्रदर्शनकारीहरुले सडक विस्तार र निर्माणका नाममा आफूहरुको बिचल्ली बनाउन लागिएको आरोप लगाएका छन् । उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिको आह्वानमा भएको विरोधसभामा काठमाडौं, ललितपुर र भक्तपुरका नागरिकको सहभागिता थियो । विरोधसभा अनियन्त्रित भएपछि प्रहरीले लाठीचार्जसमेत गरेको छ […]

२०७४ चैत्र १४ गते, बुधबार