राजनीति

राज्यमन्त्री श्रेष्ठको घरमा बम विस्फोट

काठमाडौ, ९ मंसिर । आज बिहान ५ बजेतिर पशुपंक्षी विकास राज्यमन्त्री शम्भुलाल श्रेष्ठको घरमा बम विष्फोट भएको छ । मन्त्री श्रेष्ठको लालबन्दी नगरपालिका–१७ स्थित रानीगञ्जमा रहेको घरमा बम बिष्फोट भएको हो । विष्फोटमा मानवीय क्षति नभएको र ५ फिटजति पर्खाल भत्किएको मन्त्री श्रेष्ठका प्रेस संयोजक कृष्ण प्रसाद थपलियाले जानकारी दिए । घर पछाडी पट्टी थोत्रा […]

२०७४ मंसिर ९ गते, शनिबार

रसुवामा हवाइ फायरिङ

काठमाडौं, ८ मंसिर । गएराति ११ बजे दक्षिणी रसुवाको कालिकास्थान क्षेत्रमा हवाइ फायरिङ भएको छ । लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका कार्यकर्ताबीच एकआपसमा भिडन्त हुन थालेपछि १३ राउण्ड हवाइ फायरिङ गरिएको र अहिले त्यस क्षेत्रको स्थिति सामान्य रहेको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए । मतदातालाई सुरक्षाको प्रत्याभूति दिलाउन थप सुरक्षा गस्तीलाई तीव्रता दिइएको पनि […]

२०७४ मंसिर ८ गते, शुक्रबार

निर्वाचन कार्यालयमा बम

काठमाडौं, ७ मंसिर । जिल्ला निर्वाचन कार्यालय नुवाकोट अगाडि बम भेटिएको छ । कार्यालयको गेट नजिकै बम भेटिएपछि कर्मचारी र स्थानीयले खबर गरेपछि प्रहरीलाई खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेर बम निष्कृय पार्ने तयारी गरेको बताइएको छ । बम भेटिएपछि मुख्य सडक अवरुद्ध भएको छ । बम कस्ले किन किन राखेको भन्ने बारे खुलिसकेको छैन् […]

२०७४ मंसिर ७ गते, बिहीबार

उपत्यकाबाट थप १३९ जना पक्राउ

काठमाडौं, ७ मंसिर । प्रहरीले उपत्यकाका तीन जिल्लाबाट एक सय ३९ जनालाई नियन्त्रणमा लिएको छ । विगत २४ घण्टामा विभिन्न शंकास्पद गतिविधिमा संलग्न, झगडा, मादक पदार्थ सेवन गर्ने तथा शान्ति सुरक्षामा प्रभाव पार्न सक्ने भूमिकामा देखिएका उनीहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ । सो कार्यालयका अनुसार काठमाडौं जिल्लाबाट एक सय १८ पुरुष […]

२०७४ मंसिर ७ गते, बिहीबार

चार जिल्लाका सीडीओ सरुवा

काठमाडौं, ६ मंसिर । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पाँच दिनअघि गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी(सीडीओ)को सरुवा गरेको छ । चुनावी सुरक्षा कायम राख्न नसकेको भन्दै गृहले भोजपुर, रसुवा, सोलखुम्बु र नुवाकोटका सीडीओ परिवर्तन गरेको हो । भदौ १४ गते भोजपुरको सीडीओ भएर गएका चेतराज बराल साढे तीन महिना पनि नपुग्दै सरुवामा […]

२०७४ मंसिर ६ गते, बुधबार

‘सरकारले संविधानलाई कागजी खोस्टामा परिणत गर्‍यो’

काठमाडौँ , ५ मंसिर । क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष प्रभात चलाउनेले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वका सरकारले मौलिक आधिकारको ठाडो उल्लंघन गरेर संविधानलाई कागजी खोस्टामा परिणत गरेको बताएका छन् । अध्यक्ष चलाउनेले मंगलबार विज्ञप्ति जारी गर्दै देशका विभिन्न ठाउँबाट पत्रकारहरुमाथि भइरहेको धरपकड, मानसिक यातना र गिरफ्तारप्रति आपत्ति जनाउँदै सरकारले संविधानमा व्यवस्था गरिएको मौलिक […]

२०७४ मंसिर ६ गते, बुधबार

सहिद परिवारको निर्णयः सूर्यमा भोट हाल्दैनौं

काठमाडौँ, ५ मंसिर । सल्यान जिल्लाका सहिद परिवारहरुले एमालेसँगको एकताको नाममा माओवादी केन्द्रले सहिदको रगतको अपमान हुने गरी टिकट भागबण्डा गरेको भन्दै विरोध गरेका छन् । सल्यानको बागचौर नगरपालिकाका सहिद परिवारको भेलाले माओवादी केन्द्रले बलिदानीको अपमान हुने गरी प्रदेश सभाका दुबै क्षेत्र एमालेलाई दिएको भन्दै आधिकारिक उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको छ । सहिद परिवारको […]

२०७४ मंसिर ५ गते, मंगलवार

राज्यमन्त्री खड्काको घरमा बम विस्फोट

काठमाडौँ, ५ मंसिर । सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका–२ स्थित घरमा गएराति बम विस्फोट भएको छ ।राति ११ बजे भएको विस्फोटबाट कुनै मानवीय क्षति भएको छैन । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवारसमेत रहुेकी राज्यमन्त्री खड्का घरमै रहेको समयमा एक्कासि ठूलो आवाजसहित बम विस्फोट भएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान […]

२०७४ मंसिर ५ गते, मंगलवार

एमाले-माओवादीको गठबन्धन ठगहरुको झुण्ड

काठमाण्डौ , ४ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले र माओवादीको गठबन्धन ठगहरुको झुण्ड भएको बताएका छन् । निर्वाचन क्षेत्र २ को छिन्नमस्ता गाउँपालिका-३ गोविन्दपुरमा फोरम नेपाल र राजपाको संयुक्त सभालाई सम्बोधन गर्दै यादवले एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धन मधेशसहित पूरै देशको लागि घातक भएको बताए । उनले ढोगको खोल […]

२०७४ मंसिर ४ गते, सोमबार

थपलियालाई तत्काल रिर्हा गर्न माग

काठमाण्डौ , २ मंसिर । क्रान्तिकारी पत्रकार संगठन नेपालले नेपाल पत्रकार महासंघका सदस्य समेत रहेका अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय महासचिव एवम् प्रगतिशील लेखक संघ प्रलेसका उपाध्यक्ष खेम थपलियालाई प्रहरीले विनाकारण पक्राउ भन्दै विरोध जनाएको छ । संगठनका केन्द्रीय अध्यक्ष प्रभात चलाउनेले एक विज्ञप्ती जारी गर्दै पत्रकार तथा साहित्यकार थपलियालाई तत्काल बिनाशर्त रिर्हा गर्न माग […]

२०७४ मंसिर २ गते, शनिबार