राजनीति

जोन जिङकाे अभिव्यक्तिप्रति पत्रकार महासंघको कडा अापत्ति

काठमाडौं १८ असार । संयुक्त राष्ट्रसंघअन्तर्गत मानवीय मामिला संयोजन प्रमुख जोन जिङकाे अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले कडा अापत्ति जनाएकाे छ । शुक्रबार एक विज्ञाप्ति जारी गर्दै महासंघ जोन जिङकाे अभिव्यक्तिले नेपाली राष्ट्रियता र स्वाधिनतामाथि हस्तक्षेप भएको भन्दै महासंघले जोनलाई कारवाही गर्न संयुक्त राष्ट्रसंघसँग माग गरेको छ । विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले भूकम्प पीडितलाई अखाद्य […]

२०७२ असार १८ गते, शुक्रबार

विपी राजमार्ग हस्तान्त्रण गरिँदै

काठमाडौ, १८ असार । जापानले विपी राजमार्ग आज नेपाल सरकारलाई हस्तान्त्रण गर्ने भएको छ । निर्माण सुरु भएको १७ वर्षपछि १ सय ६० किलोमिटर लामो राजमार्ग सञ्चालनमा केही समय अघि नै आइसके पनि जापान सरकारका तर्फबाट आज हस्तान्त्रण हुन लागेको हो । जापान सरकरको सहयोगमा निर्माणाधिन राजमार्ग अनौपचारीक रुपमा सञ्चालनमा आएसँगै पूर्वी नेपालको तराईका जिल्ला […]

२०७२ असार १८ गते, शुक्रबार

‘आमाका नाममा नागरिकता देउ ‘

काठमाडौ, १७ असार । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा महिला नेतृ र अधिकारकर्मीहरुले नयाँ संविधानमा बुबा वा आमा मध्ये जो कोहीको नामबाट पनि बंशजको आधारमा नागरिकता पाउनु पर्ने ब्यवस्था गर्न माग गरेका छन । नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले संविधानको पहिलो मस्यौदाले महिलाको भूमिकाको अवहेलना गरेको भन्दै आफैले जन्म दिएका छोरा छोरीलाई आमाले […]

२०७२ असार १७ गते, बिहीबार

कृषिमन्त्रीद्वारा राजिनामा

काठमाडौं, १७ असार । राष्ट्रिय धान दिवसका अवसरमा काठमाडौंको मूलपानीमा भएको कार्यक्रममा सहभागी हुँदा महिलाहरुमाथि अभद्र व्यवहार गरेको भन्दै सर्वत्र आलोचना भएपछि कृषिमन्त्री हरिप्रसाद पराजुलीले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशील कोइरालालाई बालुवाटारमा पुगि भेटेर राजीनामा दिएका हुन् । मन्त्री पराजुलीले असार १५ गते काठमाडौंको मूलपानीमा भएको धान रोपाईंमा सहभागी हुँदै त्यहाँका महिलाहरुमाथि अभद्र […]

२०७२ असार १७ गते, बिहीबार

कृषिमन्त्रीलाई कारबाहीको माग

काठमाडौ, १६ असार । असार १५ को अवसरमा आयोजित रोपाइँ कार्यक्रममा कृषिमन्त्री हरिप्रसाद पराजुलीले हिलो खेल्ने बाहनामा महिलालाई गरेको ‘दुरब्यबहार’को संसदमा आलोचना भएको छ । बुधबारको बैठकमा बोल्ने सभासदहरुले ‘कृषिमन्त्रीको क्रियाकलाप खेदजनक हो’–भनेका छन् ।बैठकमा बोल्दै एकीकृत माओवादीका सभासद जनार्दन शर्माले ‘कृषिमन्त्रीले महिलामाथि गरेको अपमानलाई सबै जनताले प्रश्न उठाएको बताए । उनले मन्त्री पराजुलीलाई कारबाही […]

२०७२ असार १६ गते, बुधबार

असारभित्रै संविधान ल्याउन गृहकार्य

काठमाडौ, १६ असार । दलहरुबीच असारभित्रै संविधान जारी गर्ने गृहकार्य सुरु भएको छ । संविधानको मस्यौदा संविधानसभामा पेश भएपछि अब त्यसको प्रक्रियामा प्रवेश गर्ने भएका हुन् । कार्यतालिका बनाउने विषयमा दलहरुबीच आज अनौपचारिक छलफल हुनेछ । असार मसान्तभित्र संविधान ल्याउने गरी सबैभन्दा छोटो बाटो खोज्ने वा लम्ब्याउने भन्नेमा दलहरुबीच केही मतभेद छ । दलहरुबीच सहमति […]

२०७२ असार १६ गते, बुधबार

संसदीय व्यवस्था अस्वीकार्य :वैद्य

काठमाडौँ, १५ असार । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले संसदीय व्यवस्था भएको संविधान जारी गरिए त्यो आफूहरूलाई स्वीकार्य नहुने बताउनुभएको छ । जाजरकोटमा २०५६ असार १५ गते सुरक्षाकर्मीद्वारा पक्राउपछि हत्या गरिएका छ माओवादी कार्यकर्ताको स्मृतिमा माओवादी उपत्यका ब्युरोले आज यहाँ आयोजना गरेको ‘जाजरकोट कुसतारा हत्याकाण्ड १६औं स्मृति दिवस’मा अध्यक्ष वैद्यले संसदीय व्यवस्था नेपालको सन्दर्भमा असफलसिद्ध भइसकेको […]

२०७२ असार १५ गते, मंगलवार

पहिरोको उच्च जोखिममा परेका बस्तीहरु हटाइने

काठमाडौं, १५असार । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पका कारण पहिरोको उच्च जोखिममा परेका वस्तीलाई १५ दिनभित्र हटाउने निर्णय गरेको छ ।त्यसका लागि गृहमन्त्री वामदेव गौतमको संयोजकत्वमा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह र शहरी विकास मन्त्री डाक्टर नारायण खड्का सदस्य रहेको समिति गठन गरेको छ । खानी तथा भू–गर्भ विभागका साथै सभासद र […]

२०७२ असार १५ गते, मंगलवार

आज राष्ट्रिय धान दिवस

काठमाडौ, १५ असार । १२ औं राष्ट्रिय धान दिवस आज देशभरमा बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा राष्ट्रिय धान दिवस तथा रोपाई कार्यक्रम २०७२ मूल समारोह समितिको आयोजनामा कागेश्वरी मनहरा १० काठमाडौंमा बिहान विशेष कार्यक्रम गरिदैछ । बिहान साढे ११ बजे हुने कार्यक्रममा सरकारी अधिकारी, गैरसरकारी निकायका प्रतिनिधि र किसानहरुको उपस्थिति रहने कृषि विभागले […]

२०७२ असार १५ गते, मंगलवार

एमाओवादीद्वारा संविधानको मस्यौदा अस्वीकार

काठमाडौं, १४ असार । एमाओवादीले नयाँ संविधान जारी गर्नको लागि संविधानसभा मस्यौदा समितिले तयार पारेको मस्यौदामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ । एमाओवादीले विगतमा भएका सहमति र सम्झौता विपरीत कांग्रेस–एमालेले मस्यौदा तयार पारेको भन्दै हस्ताक्षर गर्न नमानेको हो ।मस्यौदाको प्रतिवेदनमा एमाओवादीले हस्ताक्षर गर्न नमान्दा संविधानसभाको बैठक बेलुकी ७ बजेसम्मको लागि स्थगित गरिएको छ । जनयुद्ध, […]

२०७२ असार १४ गते, सोमबार