राजनीति

सिमरामा आन्दोलन जारी

काठमाडौं । बाराको सिमरामा मालपोत र नापी कार्यालयको थप सेवा केन्द्र स्थापना गर्ने पुरानो सरकारी निर्णय उल्टिएको विरोधमा जारी आन्दोलन आज सातौं दिनमा प्रवेश गरेको छ ।आज पनि बिहानैदेखि प्रदर्शनकारीले राजमार्ग ठप्प पारेका छन् भने सिमराको १२ गाविसमा बजार पूर्ण रुपमा ठप्प बनाएका छन् ।हिजो गृह मन्त्रालयका सहसचिव कृष्ण प्रसाद देवकोटाले बिज्ञप्ति मार्फत तत्काल बिरोधका […]

२०७१ फाल्गुन ९ गते, शनिबार

बैद्य नेतृत्वको मोर्चा सडकमा ओर्लदै

काठमाडौँ । बैद्य माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले जनतन्त्र र जनजीविकाका विषयलाई लिएर यही फागुन २५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ ।बैद्य माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको मोर्चाको बैठकले संविधानसभाबाट जनताको अपेक्षाको संविधान निर्माण हुन नसक्ने ठहर गर्दै जनप्रदर्शन गर्ने निर्णय गरेको हो । बैठकले ३३ दलीय मोर्चालाई निरन्तरताका साथ अझ सक्रिय बनाउने निर्णय […]

२०७१ फाल्गुन ८ गते, शुक्रबार

आज ६५ औं राष्ट्रिय प्रजातन्त्र दिवस

काठमाडौ, ७ फागुन। आज फागुन ७ अर्थात ६५ औं राष्ट्रिय प्रजातन्त्र दिवस। आज ६५ औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाईदैछ। २००७ सालको प्रजातान्त्रिक आन्दोलनको फलस्वरुप १०४ वर्षे लामो निरङ्कुश जहानीया राणाशासन अन्त्य भएको स्मृतिमा हरेक वर्ष फागुन ७ लाई प्रजातन्त्र दिवसको रुपमा मनाउने गरिएको छ। दिवसको अवसरमा सैनिकमन्च टुँडिखेलमा बिहीबार विहान बिशेष […]

२०७१ फाल्गुन ७ गते, बिहीबार

कांग्रेस–एमालेको दम्भलाई निस्तेज पार्छौ : दाहाल

काठमाडौँ, ५ फागुन । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस–एमालेको अहम् र दम्भलाई आन्दोलनले निस्तेज पार्ने दाबी गरेका छन् । पोखरामा मंगलबार सन्चारकर्मीहरुसँग अध्यक्ष दाहालले फाल्गुन १६ गते काठमाडौंमा हुने प्रदर्शनपछि कांग्रेस–एमाले आफ्नो ‘साइज’मा आउने पनि बताए । १६ गते अगावै कांग्रेस–एमालेले सहमतीय आधारमै संविधान बनाउने प्रतिबद्धता जनाए उक्त सभा उत्सवमा परिणत गरिने उनले बताए […]

२०७१ फाल्गुन ५ गते, मंगलवार

आज सेना दिवस, टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौँ, ५ फागुन ।नेपाली सेनाले आज सेना दिविस मनाउँदै छ । नेपाली सेनाले हरेक बर्ष आजैको दिन टुँडिखेलमा विशेष कार्यक्रम र सेनाका सबै पृतना, बाहिनी, गण र गुल्महरुमा पनि सेनाले दिवस मनाउँदै आएको छ ।आजपनि सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । सैनिक मुख्यालय जङ्गी अड्डाद्वारा आयोजना हुने उक्त विशेष समारोहमा नेपाली सेनाका […]

२०७१ फाल्गुन ५ गते, मंगलवार

अजय सुमार्गीको ९ अर्ब ८० करोड रोक्का

काठमाडौ, ५ फाल्गुन । प्रक्रिया पूरा नगरेको भन्दै सरकारले व्यापारी अजय सुमार्गीको कम्पनीको नाममा दुई देशबाट पछिल्लो समय आएको ९ अर्ब ८० करोड रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रस्ताव रोकेको छ । छुट्टाछुट्टै कम्पनीका लागि साइप्रस र ब्रिटिस भर्जिन आइल्यान्डबाट ल्याउन लागिएको सुमार्गीको एफडीआई प्रस्ताव उद्योग विभागमा रोकिएको हो । राष्ट्र बैंकले विदेशबाट ऋण ल्याउनुपर्ने […]

२०७१ फाल्गुन ५ गते, मंगलवार

भाजपाको राजनीतिक टोली काठमाडौमा

काठमाडौ ४ फागुन । सत्तारुढ भारतीय जनता पार्टीका केन्द्रिय उपाध्यक्ष श्रीमती रेणुदेवीको नेतत्वमा एक उच्च स्तरीय भारतीय राजनितिक टोली काठमाडौ आइपुगेको छ ।नेपाल भारत सहयोग मञ्चको निमन्त्रणमा सत्तारुढ भारतीय जनता पार्टी ( बिजेपी ) का वरिष्ठ नेताहरु, भारतका विभिन्न प्रदेशका विद्यायकहरु, साँसद लगायतका उच्चस्तरीय भारतीय राजतिनतिक टोली काठमाडौ आइपुगेको हो । आज सोमवार पशुपति क्षेत्रस्थित […]

२०७१ फाल्गुन ४ गते, सोमबार

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन बैसाख १३देखि

काठमाडौँ । नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको काठमाडौँमा केन्द्रीय समितिको पूर्ण बैँठक सम्पन्न भएको छ । सङ्गठनका सविच दिपेन्द्र चलाउनेले दिएको जानकारी अनुसार बैँठकले सङ्गठनको राष्ट्रिय सम्मेलन अगामी बैसाख १३, १४ र १५ गते गर्ने निर्णय गरेको छ । यो उसको २० औँ राष्ट्रिय सम्मेलन हो । बैँठकले पार्टी विभाजनपछि रिक्त रहेको महसचिव […]

२०७१ फाल्गुन ४ गते, सोमबार

कोइराला–प्रचण्ड भेटवार्ता

काठमाडौ, २ फागुन । प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान बालुवाटारमा भेटवार्ता भएको छ ।करिब एक घण्टासम्म भएको वार्ताालार्इ दुबै नेताले सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।प्रधानमन्त्रीसँगको भेटवार्तापछि बाहिरिने क्रममा प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले आजको वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । उनले आजको वार्ता सकारात्मक भएकाले चाँडै अर्को संवादमा […]

२०७१ फाल्गुन २ गते, शनिबार

आज जनयुद्ध दिवस, विप्लवले नाचघरमा सम्वोधन गर्ने

काठमाडौं, १ फागुन । नेकपा माओवादीले आज विविध कार्यक्रम गरी जनयुद्ध दिवस मनाउँदैछ । नेपालमा नयाँ जनवादी व्यवस्था स्थापना गर्ने उद्देश्यका साथ २०५२ साल फागुन १ गते आजकै दिन माओवादीले जनयुद्ध सुरु गरेको थियो । सोही दिनलाई सम्झदै माओवादीले आज विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछ । जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादीले शुभकामना आदानप्रदान तथा […]

२०७१ फाल्गुन १ गते, शुक्रबार