राजनीति

संघीय समाजवादीले सिठी जुलुस निकाल्ने

काठमाडौ, २२ चैत । संघीय समाजवादी पार्टीको केन्द्रीय आन्दोलन संघर्ष समितिले आज काठमाडौंमा सिठी दौड जुलुस निकाल्दैछ । दिउँसो २ बजे सुन्धाराबाट सिठी दौड सुरु गरिने समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले जानकारी दिए । सिठी दौड एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाको आन्दोलनलाई प्रभावकारी बनाउन गर्न लागिएको उनको भनाई छ । ३० दलीय मोर्चाले भोलि […]

२०७१ चैत्र २२ गते, आईतवार

गौरमा लगाइएको कफ्यू हट्यो

काठमाडौ, २२ चैत । रौतहट सदरमुकाम गौरमा हिजो दिउँंसो २ बजेबाट स्थानीय प्रशासनले लगाएको कफ्र्यु आज बिहान चार बजेबाट हटाइएको छ । विरोध प्रदर्शनका कारण स्थिति तनावपूर्ण बनेपछि कफ्र्यु आदेश जारी गरेको थियो । हिजो नेपाल रेडक्रस सोसाइटी रौतहटको मध्यस्तकर्तामा सरकारको तर्फबाट स्थानीय प्रशासनका प्रमुख जिल्ला अधिकारी मदन भुजेल र आन्दोलनकारीको तर्फबाट उद्योग बाणिज्य संघका […]

२०७१ चैत्र २२ गते, आईतवार

प्रचण्डका प्रवक्तालाई पार्टीबाटै कारबाहीको माग

काठमाडौँ । एमाओवादी बागलुङ जिल्ला कमिटीले पार्टी प्रवक्ता दीनानाथ शर्मालाई कारबाही गर्न सिफारिस गरेको छ । बागलुङ क्षेत्र नम्बर १ मा संविधानसभाको उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी पाएर अन्तिम समयमा छाडेकाले कारबाही सिफारिस गर्नुपरेको बागलुङ एमाओवादीका जिल्ला इन्चार्ज लीलाबहादुर थापाले बताए । केन्द्रले सर्वसम्मत रूपमा पारित गरेको उम्मेदवारीलाई जिल्लाले पनि स्वागत गर्दागर्दै शर्माले अन्तिम समयमा फिर्ता […]

२०७१ चैत्र २१ गते, शनिबार

डा. केसी र सरकारबीच सहमति, अनसन समाप्त

काठमाडौँ, १९ चैत । त्रिवि शिक्षण अस्पतालमा १२ दिनदेखि अनशनरत प्रा डा गोविन्द केसी र सरकार बीच एघारबुँदे सम्झौता भएको छ । सरकारी वार्ता टोलीका तर्फबाट मुख्य सचिव लीलामणि पौड्याल र प्रा डा गोविन्दराज पोखरेल तथा प्रा डा केसी र नेपाल चिकित्सक सङ्घका तर्फबाट डा अञ्जनीकुमार झाले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका छन ।चिकित्सा शिक्षा र […]

२०७१ चैत्र १९ गते, बिहीबार

माओवादी घटक प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै

काठमाडौ, १९ चैत । एमाओवादी नेतृत्वको ६ माओवादी घटकले प्रधानमन्त्री सुशील कोइरालासँग वार्ता गर्ने भएको छ। सशस्त्र द्वन्दकालीन मुद्दाका बारेमा सर्वोच्च अदालतको फैसलाको विरोध गर्दै ६ माओवादी घटकले प्रधानमन्त्री सुशील कोइरालालाई शुक्रबार भेटेर ज्ञापनपत्र बुझाउने योजना बनाएका छन्। एमाओवादी केन्द्रीय कार्यालयमा बुधबार बसेको ६ माओवादी घटक दलको बैठकले सर्वोच्च अदालतको फैसलाले विस्तृत शान्तिसम्झौता र अन्तरिम […]

२०७१ चैत्र १९ गते, बिहीबार

भारतीय विदेश सचिव सुब्रमन्यम् नेपाल आउँदै

काठमाडौ, १९ चैत । भारतका विदेश सचिव डा एस (सुब्रमन्यम्) जयशंकर दुईदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन । नेपालमा रहँदा उनले राष्ट्रपति, प्रधानमन्त्री, संविधानसभाका अध्यक्ष, परराष्ट्र मन्त्र ितथा वरिष्ठ सरकारी अधिकारी तथा राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । नेपाली समकक्षी शंकरदास वैरागीसँग भने प्रतिनिधि मण्डल स्तरीय भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र […]

२०७१ चैत्र १९ गते, बिहीबार

प्रधानमन्त्रीलाइ पाइलटले नटेरे पछि …

काठमाडौ, १८ चैत । त्रिभुवन विमानस्थल पुगेका प्रधानमन्त्री सुशील कोइराला नेपाली सेनाका पाइलटले उडान गर्न अस्वीकार गरेपछि फर्केका छन्। प्रधानमन्त्री कोइराला मंगलबार साँझ ५ बजे भेरी-बबई डाइभर्सन आयोजनाको शिलान्यासका लागि सुर्खेत जान विमानस्थल पुगेका थिए। कार्यक्रममा भाग लिन उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतम पनि उनीसँगै सुर्खेत उड्न विमानस्थल पुगेका थिए। दिनभरको मौसम सुर्खेत उडानका लागि […]

२०७१ चैत्र १८ गते, बुधबार

३० दलियमोर्चा आन्तरिक छलफलमा

काठमाडौ, १७ चैत । एमाओवादी नेतृत्वको ३० दलियमोर्चाले आजपनि आन्दोलनको स्वरुप र रणनीतिको बारेमा आन्तरिक छलफल गर्दैछन । बिपक्षी मोर्चाले यस अघि घोषणा गरेको पर्सिको नेपाल बन्द कार्यक्रम फिर्ता लिएपनि अरु रणनीतिको बारेमा छलफल गर्न लागेको जनाएको छ । बैठक दिउँसो १ बजेपछि एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ ।

२०७१ चैत्र १७ गते, मंगलवार

ठग ज्योतिष माओवादीको फन्दामा

काठमाडौँ । नेकपा माओवादी निकट अखिल क्रान्तिकारी पाल्पाले भारतीय महाराष्ट्रका ज्योतिष अशोक मण्डललाइ नियन्त्रणमा लिएका छन । अखिल क्रान्तिकारीले पाल्पाको होटल इन्द्रेणी एण्ड रेष्टुरेन्टको कोठा नं. २०२ मा भारत महाराष्ट्रका ज्योतिष पण्डित स्वामी जि महाराज अशोक मण्डल तथा उनका सहयोगी उमेश र कैलाशलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको हो । उनीहरुले खुलेआम रुपमा विगत ४ दिनदेखी […]

२०७१ चैत्र १६ गते, सोमबार

३० दलीय मोर्चाको बैठक बस्दै

काठमाडौ, १६ चैत । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाको बैठक आज दिउँसो ३ बजे बस्दैछ । बैठकमा अहिलेसम्म भएको वार्ता र छलफलको समीक्षा गर्दै आगामी कार्यक्रम बनाइने तयारीस्वरुप बैठक बस्न लागेको नेताहरुले बताएका छन् । विपक्षी मोर्चाले हिजोसम्म गरिएका वार्ताहरु सकारात्मक नभएको निष्कर्ष हिजै साँझ बसेको बैठकले पनि निकाल्दै थप आन्दोलनका कार्यक्रम सार्वजनिक […]

२०७१ चैत्र १६ गते, सोमबार