राजनीति

समाजवादी मोर्चाले चैत २० गते गर्ने बृहत अन्तरक्रियाको तयारी पुरा

काठमाडौँ । समाजवादी मोर्चा नेपालको सचिवालयले मोर्चाले चैत २० गते गर्न लागेको बृहत अन्तरक्रिया कार्यक्रमको तयारी पुरा भएको जनाएको छ । आज नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यालय बुद्धनगरमा बसेको मोर्चाको सचिवालयको बैठकपछि नेकपाका प्रवक्ता प्रकाण्ड सीले बृहत अन्तरक्रिया कार्यक्रमको तयारीको पुरा भएको जानकारी दिएका हुन् ।उक्त बैठकले अन्तरक्रिया कार्यक्रमका वक्ताहरुसमेत ठोस गरेको बताइएको छ । […]

२०८० चैत्र १८ गते, आईतवार

महालेखा परीक्षकमा तोयम राया सिफारिस

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा रायालाई सिफारिस गरेको हो । संवैधानिक परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको बैठकले महालेखापरीक्षकमा रायालाई सिफारिस गर्ने निर्णय गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए । महालेखापरीक्षकमा सिफारिस भएका राया यसअघि राष्ट्रिय तथ्याङ्क कार्यालयको सचिव थिए ।

२०८० चैत्र १८ गते, आईतवार

युवा संगठन नेपाल सुनसरीको अध्यक्षमा मिलन

काठमाडौँ । युवा संगठन नेपाल सुनसरीको जिल्ला सम्मेलनले मिलन राना (मिलन सी) को अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । संगठनको उपाध्यक्षमा मनकुमार देवान, सचिवमा विश्वहाङ्ग लिम्बु, कोषाध्यक्षमा शोभा सिवा र सहसचिवमा एलेक्स सापकोटा निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरुमा संदिप मगर, समशेर बि.क., उज्वल पासवान, जीवन कुरुङ, राम राई, साहिल राई, आशिष […]

२०८० चैत्र १८ गते, आईतवार

नेकपाले सहिद परिवारलाई सम्मान गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी, केन्द्रीय कार्यालयले साेमबार काठमाडौंमा एकीकृत जनक्रान्ति कार्यदिशा लागू गर्ने क्रममा सहिद भएका १५ जना सहिदका परिवारहरुलाई सम्मान गर्ने भएकाे छ ।त्यसक्रममा सहिदहरुकाे जीवनीलाई पार्टी महासचिव विप्लव सीले लाेकार्पण गर्ने भएका छन् । साेमबार मध्यान्ह १२ बजे कमलादीस्थित प्रज्ञा भवनकाे पारिजात सभाकक्षमा हुने साे कार्यक्रममा सहभागी हुन पार्टी केन्द्रीय कार्ययालयले सबैमा […]

२०८० चैत्र १८ गते, आईतवार

‘महिला सशक्तीकरणमा अझै काम गर्न बाँकी छ’

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले महिला सशक्तीकरणको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् । नेपाली महिला उद्यमी महासंघले हेटौंडामा आयोजना गरेको सातौँ अन्तर्राष्ट्रिय व्यापार मेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।प्रधानमन्त्री प्रचण्डले विगतको तुलनामा महिलाहरुको अवस्था सुदृढ हुँदै गए पनि सन्तोषजनक नरहेको बताउदै भने- ‘विगतसँग तुलना गर्ने हो भने नेपाली महिलाको अवस्था […]

२०८० चैत्र १६ गते, शुक्रबार

अपांगता भएका व्यक्तिको समस्या समाधान गर्न कार्यदल गठन

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अपांगता भएका व्यक्तिहरुको समस्या समाधानका लागि ५ सदस्यीय कार्यदल बनाएको छ । मन्त्रालयले सहसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा पीडितहरुको समेत प्रतिनिधित्व हुनेगरी सो कार्यदल गठन गरेको हो ।कार्य दललाई अपांगता भएका व्यक्तिहरुको समस्या समाधानका लागि आवश्यक मापदण्ड बनाउन दुई हप्ताको समयावधि दिइएको महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले […]

२०८० चैत्र १६ गते, शुक्रबार

जेलव्रेक दिवस मनाइदैं

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी, नेकपा माओवादी केन्द्रसहितका दलले संयुक्तरुपमा जेलव्रेक दिवस मनाउने भएका छन। नेकपाका स्थायी समिति सदस्य तथा जनप्रचार तथा प्रकाशन विभागका इञ्चार्ज अनिल सीका अनुसार चैत १७ गते मध्यान्ह १२ बजे प्रज्ञा भवन, कमलादीमा एक कार्यक्रम गरी ‘जेलव्रेक दिवस’ मनाउन लागिएको छ । उक्त कार्यक्रममा नेपाल सरकारका प्रधानमन्त्री तथा नेकपा ।माओवादी केन्द्र)का […]

२०८० चैत्र १६ गते, शुक्रबार

‘काम गर्न नसके पदमा बस्नु हुँदैन भन्ने मान्यतामा दृढ छु’

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले काम गर्न नसके पदमा बस्नुहुँदैन भन्ने मान्यतामा आफू दृढ रहेको बताएका छन । राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।प्रधानमन्त्री प्रचण्डले विकास निर्माणको कामलाई गतिदिने, सुशासन कायम गर्नेलगायतका कामहरु गर्ने भनेर आफूले नयाँ सत्ता समिकरण बनाएको उल्लेख गर्दै ती काम पनि […]

२०८० चैत्र १५ गते, बिहीबार

समाजवादी मोर्चा सुर्खेतद्वारा जिप्रकालाई ध्यानाकर्षण पत्र

काठमाडौँ । समाजवादी मोर्चा नेपाल सुर्खेतले जिल्लाभित्र विकास निर्माणका काममा ढिला सुस्ती गर्ने निर्माण कंपनी र ठेकेदारलाई जाँचबुझ गरी कारबाहीको दायरामा ल्याउन जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई ध्यानाकर्षण पत्र बुझाएको छ। बिहिबार सो मोर्चाका संयोजक जीतबहादुर रानासहितको टोलीले जिल्ला प्रशासन कार्यालयलाई सो ध्यानाकर्षण पत्र बुझाएको हो।

२०८० चैत्र १५ गते, बिहीबार

विद्युत् आयात सम्झौता असार दोस्रो सातासम्मका लागि नवीकरण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका अनुसार नेपाल र भारतबीच विद्युत् आयात सम्झौता २०८१ असार दोस्रो सातासम्मका लागि नवीकरण भएको छ । सामान्यतया एक वर्षका लागि हुनु पर्ने सम्झौता किन तीन महिनाका लागि मात्र भयो भन्ने बारेमा केही बताइएको छैन । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले सम्झौता अनुसार भारतको एक्सचेन्ज मार्केटबाट आगामी तीन महिनासम्म ५ सय ५४ […]

२०८० चैत्र १५ गते, बिहीबार