समाज

निषेधित क्षेत्रको अवधि पुन: दुुई महिना थप

काठमाडौँ । काठमाडौंका विभिन्न ठाउँमा लगाइएको निषेधित क्षेत्रको अवधि फेरि दुुई महिना थप भएको छ । निषेधित क्षेत्र तोकेको तेस्रो पटक हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले  माइतीघर मण्डलादेखि बानेश्वरसम्म, शीतल निवास, उपराष्ट्रपतिको हरित गृह, प्रधानमन्त्री निवास, संसद् भवन नयाँ बानेश्वर र सिंहदरबार आसपासलाई लक्षित गरी निषेधित क्षेत्र तोकेको हो । यसअघि मंसिर ५ गते […]

२०८० फाल्गुन ५ गते, शनिबार

बोक्सीको आरोपमा महिलालाई मलमूत्र खुवाउने धामी पक्राउ

काठमाडौँ । मोरङको बूढीगंगा गाउँपालिका–७ मा एक महिलामाथि बोक्सीको आरोपमा दुर्व्यवहार गरिएको छ। बोक्सीको आरोपमा छिमेकी ५५ वर्षीय महिलालाई मलमूत्र खुवाएको आरोपमा बूढीगंगा–७ की ५० वर्षीया पारो माझी पक्राउ परेकी छिन्। बिहीबार दिउँसो भएको सो घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकी माझी गाउँकी धामी हुन्। उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। माझीको घरमा […]

२०८० फाल्गुन ४ गते, शुक्रबार

युवा संगठन नेपाल पूर्वी प्यूठानकाे अध्यक्षमा रणबीर सी

काठमाडौँ । युवा संगठन नेपाल पुर्वी प्युठानकाे तेस्राे जिल्ला सम्मेलनले रणबीर सीकाे अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति निर्वाचित गरेकाे छ । जसकाे उपाध्यक्षमा देवा सी, सचिव महेश सी , सहसचिवमा सुनिता सी र काेषाध्यक्ष बुद्व सी लगायत रहेका छन् ।राष्ट्रघात, विभेद, शाेषण र भ्रष्टाचार विरुद्धकाे हाम्रो आन्दाेलन, एकीकृत जनक्रान्ति र सुदृढ संगठनकाे लागि तेस्राे जिल्ला […]

२०८० फाल्गुन ४ गते, शुक्रबार

राष्ट्रिय सभा सदस्यकै घरमा दलित र गैरदलितलाई फरक–फरक भान्सा !

काठमाडौँ । कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नम्वर ८ बाङग्री सिम घर भएका राष्ट्रिय सभा सदस्य नरपति सुनारले दलित र गैरदलितहरुका लागि अलग –अलग भान्सा दिएर जातीय छुवाछुत तथा सामाजिक विभेद बढ्ने काम गरेका छन । नेकपा एमालेबाट निर्वाचित राष्ट्रिय सभा सदस्य सुनारका ८१ बर्षिय स्वर्गीय बुवा दले लुवारको १३ औं दिनको पुण्डतिथिमा विहिवार श्रद्धाञ्जली […]

२०८० फाल्गुन ४ गते, शुक्रबार

अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जनाको उद्धार

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ । परिसरबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई गए राति काठमाडौंको रातोपुल क्षेत्रबाट उद्धार गरेको जिल्ला प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिदै भने, ‘हाम्रो परिसरको टोलीले अमेरिका लैजाने भन्दै […]

२०८० फाल्गुन ३ गते, बिहीबार

२०८१ सालमा शनिबारबाहेक ३५ दिन सार्वजनिक बिदा

काठमाडौँ । सरकारले २०८१ सालका लागि सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ। २०८१ साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि दिइएको सार्वजनिक बिदाको विवरण राजपत्रमा प्रकाशित भएपछि गृहमन्त्रालयले सूचना जारी गर्दै बिदाबारे जानकारी गराएको हो। गृहमन्त्रालयले वर्षभरि ५३ वटा शनिबारबाहेक ३५ दिन सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको […]

२०८० फाल्गुन ३ गते, बिहीबार

कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि

काठमाडौँ । कोरियन भाषा परीक्षा (ईपीएस) फागुन ७ गतेदेखि हुने भएको छ । ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै परीक्षा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान, भैसेपाटीमा हुने जनाएको छ । परीक्षामा मोबाइल फोन, इलेक्ट्रेनिक डिस्नरी, स्मार्ट वाच लगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरू परीक्षा हलभित्र पूर्णतः निषेध गरिएको छ ।परीक्षामा चिट, कपि गरेको तथा अन्य […]

२०८० फाल्गुन ३ गते, बिहीबार

५९४ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ । ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटा साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ९४ किलोसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत अररिया वतना गाँउ-१ बस्ने ४४ वर्षीय नईम खान, भारत अररिया विहार बस्ने १८ वर्षीय किशोर, भारत अररिया कलियागञ्ज बस्ने ७० वर्षीय लखन महत्तो र मोरङ […]

२०८० फाल्गुन २ गते, बुधबार

बस दुर्घटना : १० को मृत्यु, ३० घाइते

काठमाडौँ । कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुनौलो महाकाली यातायातको बस कपिलवस्तुमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन् । शिवराज नगरपालिका–१ सुरही पुल नजिकै सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।हालसम्म मृतकहरुको सनाखत हुन सकिरहेको छैन । प्रहरीका अनुसार घाइतेमध्ये […]

२०८० फाल्गुन ३ गते, बिहीबार

आज वसन्त पञ्चमी

काठमाडौँ । आज माघ शुक्ल पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा अर्चना गर्ने दिन । आजको दिनमा विशेष गरि विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकारहरुले देवी सरस्वतीको पूजा गर्दैछन् । श्रीपञ्चमी, बसन्तपञ्चमी पनि भनिने आजको दिनमा बालबालिकालाई अक्षर चिनाउन शुरु गर्ने पनि गरिन्छ । सृष्टिकर्ता ब्रह्माले आफ्नो शरीरको आधा भाग (मुख)बाट सरस्वतीको उत्पत्ति गरेको पुराणमा उल्लेख छ । […]

२०८० फाल्गुन २ गते, बुधबार