समाज

उखु किसान पुनः आन्दोलनमा !

काठमाडौं । सरकारले फेरि धाेका दिएकाे भन्दै उखु किसानले पुनः आन्दोलनकाे घोषणा गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अब ८ करोड रुपैयाँ मात्रै बक्यौता रहेको विवरण जारी गरेपछि उखु किसानले पुनः आन्दोलनकाे घोषणा गरेका हुन् ।उनीहरुले यही माघ १० गतेदेखि फागुन ७ गतेसम्म किसान जागरण अभियान चलाउने बताएका छन् । त्यस्तै फागुन ८ […]

२०७७ माघ ९ गते, शुक्रबार

बस दुर्घटना : दुई जनाको मृत्यु, १९ घाइते

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिकै दाङबाट काँकडभिट्टातर्फ जान लागेको बस दुर्घटना हुदा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । दुर्घटनामा घटनास्थलमै एक जनाको र उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह […]

२०७७ माघ ८ गते, बिहीबार

डा. बाबुराम भट्टराईद्वारा संघीय राजधानी काठमाडौं बाहिर सार्न प्रस्ताव

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टरार्यले संघीय राजधानी काठमाडौं बाहिर सार्नु पर्ने प्रस्ताव अघि सारेका छन । आज सामाजिक सञ्जालमा ट्वीट गर्दै डा. भट्टराईले विकास र संरक्षणबीचको अन्तर सम्बन्ध कायम गर्न नसक्दा र भूमाफियालाई छाडा छाड्दा केही दशकमै काठमाडौँ उपत्यका कंक्रिटको जंगल बनेर बस्नै अयोग्य […]

२०७७ माघ ६ गते, मंगलवार

विद्युत प्राधिकरणद्वारा लोडसेडिङको तालिका सार्वजनिक !

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । विद्युत प्राधिकरणको जुम्ला वितरण केन्द्रले मागअनुसार आपूर्ति गर्न नसकेको भन्दै लोडसेडिङको तालिका सार्वजनिक गरेको हाे । टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि दिउँसो साढे १२ बजेसम्म र राति साढे नौ बजेदेखि मध्यरात १२ बजेसम्म लोडसेडिङ हुने जुम्ला वितरण केन्द्रले […]

२०७७ माघ ५ गते, सोमबार

फुटवेयर विजनेश एक्स्पो २०७७ सुरु

काठमाडौं । ‘फुटवेयर विजनेश एक्स्पो २०७७ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । कोरोना पछि पहिलो पटक लागेको एक्स्पोमा ८ वटा ब्राण्डका नयाँ नयाँ डिजाइनका जुत्ताहरु राखिएको छ । नेपाली उत्पादन र प्रयोगलाई प्राथमिकता दिन जुक्ता चप्पल मेला सुरु गरीएको हो । मेलामा नेपालका प्रख्यात ब्राण्डहरुका एक हजारभन्दा बढी डिजाइनका जुत्ता चप्पल राखिएका छन् । स्वास्थ्य […]

२०७७ माघ ५ गते, सोमबार

राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौं । आज माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस । मुलुकमा विभिन्न समयमा आएका भूकम्प र यसले पु¥याएको क्षतिको सम्झना तथा सुरक्षाका उपायहरुमाथि छलफल र बहस गर्दै यो दिवस मनाउने गरिएको छ । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे गएको त्रासदीपूर्ण महाभूकम्पको सम्झनामा वर्षेनी माघ २ मा भूकम्प दिवस मनाउने गरिको हो […]

२०७७ माघ २ गते, शुक्रबार

आज माघे संक्रान्ति

काठमाडौं । आज माघ महिनाको पहिलो दिन अर्थात माघे (मकर) संक्रान्ति पर्व। आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई माघे(मकर) संक्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण […]

२०७७ माघ १ गते, बिहीबार

हुम्लामा भारी हिमपात

काठमाडौँ । हिउँले बाटो छेकेपछि हुम्लाको नाम्खा गाउँपालिका वडा नम्वर छ को लिमि गाउँ पाँच महिनाका लागि बन्द भएको छ । पछिल्लो हिमपात भएसँगै हिमालीपारीको गाउँ लिमी पाँच महिनाका लागि बन्द भएको हो । वडा अध्यक्ष पाल्जोर तामाङका अनुसार लिमी छिर्ने दुईवटै नाका हिमपातपछि बन्द हुँदा लिमी उपत्यका लकडाउनमा परेको हो । हिमपातले लिमी प्रवेश […]

२०७७ पुष २९ गते, बुधबार

भुटानी शरणर्थी शिविरमा आगालगी

काठमाडौँ । झापा दमक– ३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागीमा जलेर एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति अचानक आगलागीमा परेर मृत्यु हुनेमा शिविरको सेक्टर नं डि ४, छाप्रा नं ३२५ बस्ने ६० वर्षीय देशमान राई रहेका छन् । मृतक पक्षघातका बिरामी हुनुहुन्थ्यो । बाँसको टाटीले बारेको टिनको छाना भएको एकतले छाप्रामा […]

२०७७ पुष २८ गते, मंगलवार

माघ १ गते सार्वजनिक विदा

काठमाडौं । सरकारले माघी तथा माघे संक्रान्तिको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयको सिफारिसमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय भएको हो । माघ १ गते थारु समुदायले माघी तथ अन्य समुदायले माघे संक्रान्तिका रुपमा मनाउने गरेका छन् ।

२०७७ पुष २६ गते, आईतवार