समाज

‘होम डेलिभरि अत्यावश्यक सेवा होइन’

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौले सार्वजनिक गरेको निषेधाज्ञाको आदेशअनुसार खाद्य सामग्री घर घरमा ढुवानी गर्ने अत्यावश्यक सेवामा नपरेको भन्दै प्रहरीले त्यसमा रोक लगाएको छ । खाद्यान्न तथा तयारी खाद्यान्न घर–घरमा पुर्‍याउने डेलिभरी सेवा बढेको भन्दै प्रहरीले अत्यावश्यकबाहेकका सेवा सञ्चालन गर्न रोक लगाएको हो । जिल्ला प्रशासनले पानी, औषधि र स्वास्थ्य सामग्री बिक्री गर्ने पसल […]

२०७७ भाद्र १२ गते, शुक्रबार

अत्यावश्यकका नाममा अनावश्यक घुमफिर !

काठमाडौं । कोरोना (कोभिड–१९) रोक्न मुलुकका विभिन्न जिल्लामा अत्यावश्यकबाहेक गतिविधि सञ्चालनमा निषेध गरिए पनि पूर्णतः कार्यान्वयन हुन सकिरहेको छैन । मानिसका लापरवाहीले सङ्क्रमण रोक्ने सरकारी अभियानमा नकारात्मक असर परिरहेको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंका अनुसार जानकारीमा हुँदाहुँदै पनि मानिसले सरकारी आदेश र स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लङ्घन गर्ने गरेको पाइएको छ । जथाभाबी हिँडडुल गर्नेदेखि अनावश्यकरुपमा […]

२०७७ भाद्र ११ गते, बिहीबार

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका २२ जना प्रहरीमा कोरोना संक्रमण

काठमाडौं । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा कार्यरत २२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । मनमैजु हत्या प्रकरणका आरोपितलाई कोरोना भाइरसको संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा प्रहरी अधिकारीहरुको स्वाब संकलन गरिएको थियो ।त्यसमा २२ जना प्रहरी अधिकारीको रिपोर्ट पोजेटिभ आएको हो । घटनाको अनुसन्धानमा खटिएका महानगरीय अपराध महाशाखाका अधिकारीहरुको पनि स्वाब संकलन गरिए पनि […]

२०७७ भाद्र ११ गते, बिहीबार

क्षतिपुर्ति र जिम्मेवारी दिए ७ दिनमै निर्मलालाई न्याय दिन्छु : एसपी बिष्ट [भिडियोसहित]

काठमाडौ । कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ बर्षिया बालिका निर्मला पन्त ह”त्या प्रकरणभित्रको पर्दा झनै खुल्दै गएको छ । प्रमाण लुकाएको मुद्धामा तत्कालीन कञ्चनपुर प्रहरीका प्रमुख एसपी डिल्लीराज विष्ट, डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउँदलाई अदालतले सफाई दिएसँगै थप भित्रि […]

२०७७ भाद्र १० गते, बुधबार

भरतपुर अस्पतालवाट भागेका कोरोना संक्रमित नुवाकोटमा भेटिए

काठमाडौ । चितवनको भरतपुर अस्पतालवाट भागेका कोरोना संक्रमित व्यक्ति नुवाकोटमा भेटिएका छन् । प्रहरीको चेकजाँचका क्रममा संक्रमित १९ बर्षे युवक नुवाकोट बेलकोटगढी-५ स्थित भेटिएका हुन् । साइकलमा जाँदै गर्दा भेटिएका उनलाई नुवाकोटमा नै आइसोलेसनमा राख्न समन्वय भइरहको छ ।चोरीको आरोपमा पक्राउ परेका उनलाइ कोरोना संक्रमण पुष्टि भएको थियो । भरतपुर अस्पतालको आइसोलेसनमा बस्दै आएका उनी […]

२०७७ भाद्र १० गते, बुधबार

काठमाडौं उपत्यकाको निषेधाज्ञा भदौ १७ गतेसम्म लम्बियो

काठमाडौं । काठमाडौं उपत्यकामा गत भदौ ३ गते बुधबार राति १२ बजेबाट जारी गरिएको निषेधाज्ञा भदौ १७ गतेसम्म थप गरिएको छ । उपत्यकाका तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले एकसाता निषेधाज्ञा थप्ने निर्णय गरेको हो । काठमाडौं उपत्यकामा अब भदौ १७ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा ठप्प रहनेछन् । यद्यपि बिहान सवा […]

२०७७ भाद्र १० गते, बुधबार

बीपी प्रतिष्ठानका सबै नर्सहरु आन्दोलित

काठमाडाैँ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफ नर्सहरु आन्दोलित भएका छन् । सुनसरीको धरानस्थित सो प्रतिष्ठान व्यवस्थापन पक्षले बिरामीको उपचारमा खटिएका नर्सहरुलाई स्वास्थ्य सामग्री र भत्तासमेत नदिएको भन्दै सबै नर्सहरु आन्दोलित भएका हुन् । आन्दोलनमा उत्रिएका नर्सहरुले प्रतिष्ठान व्यवस्थापनविरुद्ध नाराबाजी गर्दै आफ्नो जीवनरक्षाकोसमेत माग गरेका छन् ।डिउटीमा खटिएका नर्सहरुलाई पीपीई, मास्क, पञ्जा नदिएको, वर्ष […]

२०७७ भाद्र ९ गते, मंगलवार

जन्मकैदको फैसला भएको २० वर्षपछि पक्राउ !

काठमाडौँ । बीस वर्षअघिको कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएका म्याग्दीका एक व्यक्ति पक्राउ परेका छन् । धवलागिरि गाउँपालिका–३(साविक मुना गाविस–७) दरका ४४ वर्षीय चन्द्रबल घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।उनलाई म्याग्दी जिल्ला अदालतको आदेशमा कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले जानकारी दिए ।घर्तीसमेतले २०५७ कात्तिक २१ गते दरका […]

२०७७ भाद्र ९ गते, मंगलवार

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सम्मानजनक व्यवहार गर्न अपील

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई दुर्व्यवहार नगर्न सबैमा अपील गरेको छ । आयोगले आज विज्ञप्ति निकाली जनस्वास्थ्य संकटको अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकलाई सहयोग र प्रोत्साहन गर्नुपर्नेमा अभद्र र अमानवीय व्यवहार प्रदर्शन गरिनु अत्यन्त दुःखद् भएको जनाएको हो । यसप्रकारका दुर्व्यवहार तथा अमानवीय कार्यले जनस्वास्थ्यमा समेत नकारात्मक […]

२०७७ भाद्र ८ गते, सोमबार

१,१४२ प्रहरीमा कोरोना संक्रमण

काठमाडौं । प्रहरी प्रधान कार्यालयका अनुसार आज विहानसम्म देशभर १ हजार १ सय ४२ प्रहरीमा संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी प्रहरी प्रहरी प्रधान कार्यालय नक्सालमा संक्रमित भएका छन् । नक्सालमा कार्यरत दुई सय एक प्रहरीमा हालसम्म कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै उपत्यकामा कार्यरत ७९ जना प्रहरीमा संक्रमण भेटिएको छ । प्रहरीको […]

२०७७ भाद्र ८ गते, सोमबार