प्रदेशसभा सदस्य एवं सभापति सिंहको गाडीमा आगजनी
काठमाडाैं । जाजरकोटबाट निर्वाचित प्रदेशसभा सदस्य एवं सभापति गणेशप्रसाद सिंहले चढ्दै आएको कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको गाडीमा बिहीबार राति करिब १० बजे पेट्रोल छर्केर आगजनी भएको छ । गाडी पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । सभापति सिंह प्रदेशको योजना अनुगमन गर्न जाजरकोट पुगेका थिए ।
२०७७ पुष १७ गते, शुक्रबार