समाज

भागरथी घटनाको अनुसन्धानमा खटिएका प्रहरीको बढुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका दुई जना प्रहरीलाई एक तह बढुवा गरेको छ । बलात्कारपछि हत्याको अनुसन्धानमा प्रहरी सहायक निरीक्षक पदमबहादुर थापा र जवान नरबहादुर थापाले महत्वपूर्र्ण भूमिका निर्वाह गरेको भन्दै उनीहरुको एक तह बढुवा गरेको हो। बढुवा भएका थापाद्वयलाई बिहीबार सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी […]

२०७७ फाल्गुन १३ गते, बिहीबार

अनेमसंघ (क्रान्तिकारी) गुल्मीको अध्यक्षतामा अस्मिता

काठमाडौं । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गुल्मीको दोस्रो भेलाले अस्मिताको अध्यक्षतामा १५ सदस्यीय गुल्मी जिल्ला कमिटी निर्वाचित गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संघको भेलालाई सम्बोधन गर्दै नेकपा जिल्ला सेक्रेटरी माहुरीले महिला मुक्तिका लागि संसदीय व्यवस्था विरुद्ध संघर्ष गर्नुपर्ने बताउँदै वैज्ञानिक समाजवादमा मात्र महिला अधिकार प्राप्त हुने बताए । उनले महिलाहरु चुलोचौकोमा मात्र […]

२०७७ फाल्गुन १२ गते, बुधबार

युवा संगठन सुर्खेतको जिल्ला सम्मेलन सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपाल सुर्खेतको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि पार्टी जिल्ला इञ्चार्ज ध्रुबले देशमा संकट आएको बेला युवाहरु जागेर देशको समस्याको समाधान दिन अग्रसर हुनुपर्ने बताए । त्यसैगरी जिल्ला सेक्रेटरी यामराजले युवाहरु सचेत हुँदै देश र जनताको मुक्तिका लागि एकीकृत जनक्रान्तिको बाटोमा अगाडि […]

२०७७ फाल्गुन ११ गते, मंगलवार

मेलम्ची खानेपानीको सुरुङमा पानी भरिदै

काठमाडाैँ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी हालेर परीक्षण गरिन लागिएको छ । आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न शुरु गरिने छ । खानेपानी मन्त्री मणि थापाको उपस्थितिमा सुरूङमा पानी हालेर परीक्षण गरिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता […]

२०७७ फाल्गुन १० गते, सोमबार

महिला हिंसाका विरुद्ध प्रदर्शन र विरोधसभा

काठमाडौँ । अखिल नेपाल महिला संघ, अखिल नेपाल महिला संघ(क्रान्तिकारी), अखिल नेपाल महिला संघ क्रान्तिकारी, वैज्ञानिक समाजवादी महिला संगठन नेपाल, अखिल नेपाल महिला युनियन र नेपाल महिला फेडरेशनको संयुक्त महिला संघर्ष समितिको आयोजनामा आज काठमान्डौको शान्तिबाटिका रत्नपार्कबाट सुरु भएको विरोध जुलुर्स भोटाहिटी, असन, इन्द्रचोक हुंदै हनुमान ढोका अगाडिको डवलीमा पुगी आमसभामा परिणत भएको थियो ।अखिल […]

२०७७ फाल्गुन ९ गते, आईतवार

खुलामञ्च ‘खुला’ गरिँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री र त्यहाँ भएका अस्थायी भौतिक संरचना हटाउने कार्य थालेको छ । २०७२ काे भूकम्पका कारण पूर्णरूपमा भत्किएको दरबार हाइस्कुल सञ्चालनका लागि अस्थायी टहरा, स्कुल निर्माणका सामग्री र वीर अस्पताल निर्माणका लागि सामग्री राखिएको थियो । अहिले स्कुल निर्माण सम्पन्न भइसकेको छ भने अस्पताल पनि निर्माणको अन्तिम चरणमा […]

२०७७ फाल्गुन ६ गते, बिहीबार

भागरथी हत्याका अभियुक्तलाई सार्वजनिक गरिदै

काठमाडौं । प्रहरीले बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार तथा हत्याका अभियुक्तलाई आज सार्वजनिक गर्दैछ । पक्राउ पर्ने व्यक्ति भागरथी पढ्ने सनातन माविमै अध्ययनरत विद्यार्थी दिनेश भट्ट हुन् । कक्षा ११ मा अध्ययनरत ती युवक भागरथीको छिमेकीसमेत रहेका छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । प्रहरीले शंकाको घेरामा राखेको ती युवक भागरथीको बलात्कार तथा […]

२०७७ फाल्गुन ५ गते, बुधबार

आज बसन्त पञ्चमी

काठमाडौं । आज माघ महिनाको शुक्लपक्षको पञ्चमी अर्थात बसन्त पञ्चमी । आज ज्ञानको देवी, देवी सरस्वतीको पर्व धूमधामका साथ मनाइने गरिन्छ। ग्रेगोरियन क्यालेन्डरका अनुसार यो चाड जनवरी वा फेब्रुअरी महिनामा पर्दछ। बसन्त पञ्चामी ज्ञानको देवी माता सरस्वतीलाई समर्पित छ। यस दिन माता सरस्वतीको पूजा गर्ने चलन छ । सरस्वती मातालाई ज्ञान, कला र संगीतको देवी […]

२०७७ फाल्गुन ४ गते, मंगलवार

आज ‘प्रणय दिवस’

काठमाडौं । फेब्रुअरी १४ तारिख अर्थात प्रणय दिवस (भ्यालेन्टाइन्स् डे) । प्रणय दिवस विश्वभर मनाईंदै छ । विशेष गरी युवा युवतीले आजको दिनलाई विशेष अवसरका रुपमा मनाउने गरेका छन् । नेपालमा पनि पछिल्ला केही वर्षदेखि प्रेम दिवस विशेष रुपले मनाउने गरिन्छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन […]

२०७७ फाल्गुन २ गते, आईतवार

आज सोनाम ल्होसार

काठमाडौं । आज माघ शुक्ल प्रतिपदा सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व तामाङ समुदायले आज विविध कार्यक्रम आयोजना गरी मनाउदै छन । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, […]

२०७७ माघ ३० गते, शुक्रबार