समाज

दशैंमा ट्याक्सी चढेर घर जाने भए…

काठमाडौं । इजी ट्याक्सी नेपालले ट्याक्सी मार्फत घरजानेहरुका लागि बुकिङ खुल्ला गरेको छ । इजी ट्याक्सी नेपाल एपले ‘चाडवाड अफर, ट्याक्सी चढि दशैंमा गाउँघर’ नारासहित ट्याक्सीमार्फत घरजानेको लागि बुकिङ्ग खुला गरेको छ । एप डाउनलोड गरी काठमाडौंबाट कुन स्थानसम्म जाने र कुन दिन जाने भन्ने सुनिश्चित गरी यात्रा अग्रिम बुकिङ्ग गरि दर्ता गर्न सकिनेछ ।कम्पनीले […]

२०७७ आश्विन ६ गते, मंगलवार

पुनर्निर्माण प्राधिकरणको कार्यावधि एक वर्ष थप्न सिफारिस

काठमाडौं । प्रधानमन्त्री एवं राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको बैठकले प्राधिकरणको कार्यावधि एक वर्षले थप गर्न मन्त्रीपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पाँच वर्षमा पुनर्निर्माणमा महत्वपूर्ण कार्यहरु हुँदाहुँदै पनि कोभिड–१९ महामारीका कारण प्रभावित निजी आवास पुनर्निर्माण, धरहरा लगायतका महत्वपूर्ण संरचनाहरुको पुनर्निर्माण […]

२०७७ आश्विन ६ गते, मंगलवार

हराएको लाईसेन्सको सिफारिस अनलाईनबाटै !

काठमाडौ । हराएको सवारी चालक अनुमति पत्र (लाईसेन्स), सवारी दर्ता किताव र सवारी ईजाजत पत्रको सिफारिस लिनका लागि ट्राफिक कार्यालय धाउनुपर्ने बाध्यताको ट्राफिक महाशाखाले अन्त्य गरेको छ । अब घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले उक्त सिफारिस बनाउन सक्नेछन् ।ट्राफिक महाशाखाबाट दिने सेवालाई थप प्रविधिमैत्री बनाउन, सेवाग्राहीलाई थप सहज र सरल बनाउन तथा कोभिड १९ माहामारीको […]

२०७७ आश्विन ६ गते, मंगलवार

एमसीसी खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) निकट जनगणतान्त्रिक जिल्ला सम्पर्क समन्वय समितिको आयोजनामा आइतबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । अमेरिकी साम्राज्यवाद, भारतीय साम्राज्यवाद र दलाल केपी वली नेतृत्वको सरकारका विरुद्ध चर्को नाराबाजीसहित गरिएको विरोध प्रदर्शनसँगै विरोधसभासमेत आयोजना गरिएको हो ।विरोधसभालाई क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका महासचिव परि थापा, पार्टी […]

२०७७ आश्विन ५ गते, सोमबार

निजी विद्यालयका शिक्षक , कर्मचारी आन्दोलित

काठमाडौं । निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले आइतबार घोषणा गरेको कार्यक्रम अनुसार ९ असोजमा सम्बन्धित पालिकाहरूमा ज्ञापनपत्र दिने, निजी तथा संस्थागत विद्यालय संगठन (प्याब्सन) र निजी तथा आवासीय विद्यालय एसोसियसन (एनप्याब्सन)का सबै तहमा स्मरण पत्र दिने भएका छन भने ११–१३ असोजसम्म शिक्षा, विज्ञान […]

२०७७ आश्विन ४ गते, आईतवार

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ८५९ कोरोना संक्रमित थपिए

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ६९८ , ललितपुरमा ७९ भक्तपुरमा ८२ जना कोरोना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौमा २ , ललितपुर र भक्तपुरमा […]

२०७७ आश्विन २ गते, शुक्रबार

आज विश्वकर्मा दिवस

काठमाडौं । आज आश्विन संक्रान्ति अर्थात विश्वकर्मा दिवस । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । आजकै दिन नेपालमा अमृत क्याम्पस(अस्कल)का संस्थापक अमृतप्रसाद प्रधानको सम्झनामा विज्ञान प्रविधि दिवस मनाइने गरेको छ ।यस वर्ष […]

२०७७ आश्विन १ गते, बिहीबार

नक्साल र कमलपोखरीमा ट्राफिक लाईट सञ्चालन

काठमाडौँ । काडमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाई सहज, व्यवस्थित र चुस्त बनाउन कमलपोखरीको २ स्थानका ट्राफिक लाईट आजदेखि सञ्चालनमा आएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्य र कामनपा वडा नं. १ को सक्रियतामा कमलपोखरी ल्होत्से चोकको र कामनपा वडा नं. ५ को सहकार्यमा हाडीगाउँ (भाटभटेनी अगाडी) को ट्राफिक लाईट नयाँ जडान गरी सञ्चालनमा […]

२०७७ भाद्र ३१ गते, बुधबार

प्याजमा कालोबजारी गर्ने पक्राउ

काठमाडौं । प्याजमा कालोबजारी गर्ने सुनिल केसी बल्खु बजारबाट पक्राउ परेका छन् । काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले केसीलाई बढी मूल्यमा प्याज विक्री गरेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको हो । टोलीले कानुनी कारबाहीका लागि केसीलाई महानगरीय प्रहरी वृत्त, कालिमाटीको जिम्मा लगाएको छ । उनको पसलबाट दुई सय ४० बोरा प्याज पनि बरामद गरिएको छ । […]

२०७७ भाद्र ३१ गते, बुधबार

पछिल्लो २४ घन्टामा १,४५९ जना कोरोना सङ्क्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर १,४५९ जना कोरोना भाइरस सङ्क्रमित थपिएको जनाएको छ । आज काठमाडौँ उपत्यकामा ६७६ जना नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौँ जिल्लाका ५५५, ललितपुरका ३५, र भक्तपुरका ८६ जना नयाँ सङ्क्रमित थपिएका हुन् । देशभरका प्रयोगशालामा १० हजार ३७५ नमुना परीक्षण भएको थियो । योसँगै नेपालमा […]

२०७७ भाद्र ३० गते, मंगलवार